अन्यअन्तर्गतका ७ आयोगमा तत्काल प्रमुख र पदाधिकारी नियुक्ति गर्न राष्ट्रिय सरोकार समितिको निर्देशन

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधानले अन्य भनी परिभाषित गरेका ७ वटा आयोगमा अविलम्ब प्रमुख तथा पदाधिकारी नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधवार बसेको बैठकले नेपालको स‌ंविधानको भाग २७ मा उल्लेखित अन्य आयोगअन्तर्गत ७ वटा आयोगमा तत्काल प्रमुख तथा पादधिकारी नियुक्ति गर्न निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले लोकान्तरलाई जानकारी दिइन् । 


Advertisement

सं‌विधान जारी भएको ५ वर्ष बितिसक्दा पनि प्रमुख तथा पदाधिकारी नियुक्ति हुन नसक्दा स‌ंविधानको मर्म तथा भावनाअनुसार काम हुन नसकेको समितिले उल्लेख गरेको छ ।

समितिले आयोगका लागि आवश्यक पूर्वाधार, जनशक्ति र बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।


Advertisement

साथै समितिले उपलब्ध स्रोत, साधन तथा जनशक्तिको समुचित प्रयोग र व्यवस्थापनमार्फत आफ्नो कार्यक्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न र सबै वर्ग, क्षेत्र र सम्प्रदायका नागरिकलाई मूलधारमा ल्याउन सशक्त भूमिका निर्वाह गर्न सातवटै आयोगलाई निर्देशन समेत दिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्