×

NMB BANK
NIC ASIA

आज विश्व शाकाहार दिवस, यसकारण मांसाहार त्याग्नु छ आवश्यक

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले संसार कोरोनाभाइरससँग लडिरहेको छ । सन् २०२० कोरोनासँग डराएरै बितेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसैबीच आज अक्टोबर १ मा विश्व शाकाहार दिवस परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाकाहारी जीवनशैली अपनाउँदा विभिन्न किसिमका महामारीहरूबाट बच्न सकिन्छ । मांसाहारको बानीले गर्दा नै कोरोना महामारी फैलिएको हो । 


Advertisment
Nabil box
Kumari

सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, हामी दिनदिनै अनेकथरी पशुको सम्पर्कमा हुन्छौं । जनावरमा भएका कीटाणुहरूले मानिसलाई बिरामी बनाउँछन् । पशुबाट मानिसमा पुग्ने कीटाणुमा हुने रोगलाई जूनोटिक भनिन्छ । यसले मृत्युुसमेत गराउन सक्छ । 

Vianet communication
Laxmi Bank

वैज्ञानिकहरूको अनुमानअनुसार, १० मध्ये ६ संक्रमण जनावरबाट मानिसमा सर्छ । अनि प्रत्येक ४ नयाँ तथा उदीयमान सरुवा रोगमध्ये तीनवटा पशुबाट आउँछ । 

पशु हितमा काम गर्ने संस्था पेटाका अनुसार, भोजनका लागि पशुपालन गर्ने काम खराब हो किनकि जनावरहरूले ज्यादा अनाज खाएर थोरै मासु, दुग्ध पदार्थ वा अण्डा उपलब्ध गराउँछन् । जनावरको एक किलो मासुका लागि १० किलोसम्म अनाज खुवाउनुपर्ने हुन्छ । 

वर्ल्ड वाच इन्स्टिच्युटका अनुसार, संसारमा प्रत्येक ६ मध्ये एक व्यक्ति राति भोकै सुत्छ । यस्तो विकराल अवस्थामा मांस उत्पादन गर्दा अनाजको दुरुपयोग हुन्छ । अनाज सीधै मानिसले उपयोग गर्ने हो भने बढी असरदार हुन्छ । 
 

पेटाका अनुसार, शाकाहारी भोजनले संसारमा भोकमरी अन्त्य गर्न सक्छ । शाकाहारी जीवनशैली अपनाउँदा सन् २०५० सम्म अनुमानित ९०० करोड मानिसका लागि धर्तीमा पर्याप्त खाद्यान्न हुन्छ । अनाजको ४० प्रतिशत उत्पादन भोजनका लागि पालिने जनावरको साटो सीधै मानिसलाई दिए मात्र यो सम्भव छ । 
 

शुद्ध शाकाहारी भोजनका लागि दिनको ११ सय ३० लिटर पानी आवश्यक पर्छ भने मांसाहारी भोजनका लागि दिनदिनै १५ हजार लिटरभन्दा बढी पानी आवश्यक हुन्छ । 

विश्व स्वास्थ्य संगठनको आकलन अनुसार, प्रत्येक वर्ष जुनोसिसका कारण लगभग एक अर्ब मानिस अनेकथरी रोगको शिकार बन्छन् र लाखौंले ज्यान गुमाउँछन् । मासु, दुग्ध पदार्थ तथा अण्डाका कारण मोटोपन, क्यान्सर, मधुमेह तथा नपुंसक बन्ने समस्या आउँछन् भने शाकाहारीहरूमा यस्ता समस्या ५० प्रतिशत कम हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x