माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
असोज १५, २०७७
स्थायी कमिटी बैठकले गरेको निर्णयविपरीत पार्टीसँग सल्लाह नगरी महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरिएको भन्दै नेकपाभित्र विवाद शुरू भएको छ । सरकारले बिहीवार अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिको सिफारिश गरेको थियो ।
सरकारका महत्त्वपूर्ण नियुक्तिबारे पार्टीमा सल्लाह गर्ने स्थायी कमिटी बैठकको निर्णय र सचिवालय बैठकमा भएको सहमतिविपरीत राजदूतहरू नियुक्त गरिएकोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट बनेका छन् । नियुक्तिबारे कुनै परामर्श नगरिएको प्रचण्ड निकट स्रोतले बतायो ।
सरकारले गरेका पछिल्ला निर्णयलाई लिएर ओलीइतर खेमाका शीर्षस्थ नेताहरूबीच टेलिफोनमा कुराकानी भएको स्रोतको दाबी छ ।
‘पार्टी निर्णयलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै लत्याउने काम भयो, यसले सहमतिको वातावरण बिथोल्छ,’ प्रचण्ड निकट स्रोतले लोकान्तरसँग भन्यो । वरिष्ठ
नेता झलनाथ खनाल लगायत नेताहरू पनि पछिल्लो निर्णयप्रति असन्तुष्ट देखिएका छन् । ‘यो पार्टी निर्णयको सरासर उल्लघंन हो,’ खनाल निकट स्रोतले भन्यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिश गरेको थियो । सरकारले बिहीवार नै मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्ति गरेको थियो ।
पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महत्त्वपूर्ण काम गर्दा पार्टीमा सल्लाह गर्ने सहितको प्रतिवेदन दिएको थियो ।
भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले कार्यदलले तयार गरेको प्रतिवेदन पारित गरेको थियो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...