यूएईले चन्द्रमामा रकेट पठाउने

संयुक्त अरब अमिरात (यूएई) ले रकेट पठाएर सन् २०२४ मा चन्द्रमामा एक रोभर उतार्ने भएको छ । पहिलेका मिसनहरूले हेर्न नभ्याएका क्षेत्रको अवलोकन गर्न त्यसको उपयोग गरिने त्यहाँको सरकारले पुष्टि गरेको छ । 

चन्द्रमाको सतहमा यूएईले रोभर अवतरण गराउन सफल भएमा अमेरिका, सोभियत संघ र चीनपछिको चौथो मुलुक हुनेछ । 


Advertisement

दुबई मिडिया अफिसले बताएअनुसार, २२ पाउन्ड तौल भएको रोभर सन् २११७ सम्ममा मानव बस्ती बसाल्ने यूएईको योजनाको अभिन्न अंग हो । 

दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूमका पिताको नाममा रोभरको नाम राशिद राखिएको छ । 


Advertisement

यूएईले अन्तरिक्ष कार्यक्रम द्रुत गतिमा विस्तार गरिरहेको छ । उसले मंगलग्रहतर्फ एक रकेट पठाएको छ भने पोहोर साल उसले पहिलो अन्तरिक्षयात्रीलाई इन्टरनेसनल स्पेस स्टेसन पठाएको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्