शेयर बजारमा चमक

साताको कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा चमक देखिएको छ ।

 २ बजेर ४० मिनेट जाँदा बजारमा १९. १५ अंकको वृद्धि सहित शेयर सूचक १५६९.५८ विन्दुमा पुगेको छ । 


Advertisement

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत भएसँगै शेयर बजारमा उछाल आएको कतिपय लगानीकर्ताहरूको विश्लेषण छ । 

कुल १ सय ९२ कम्पनीको ८२ लाख ५४ हजार ७ सय २५ कित्ता शेयर २ अर्ब २८ करोड २८ लाख ६६ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । 


Advertisement

बिहीवार हाइड्रपावर र मुचुअल फण्डबाहेक अरू सबैको सूचक हरियाली छन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्