भारतः उत्तर प्रदेश प्रहरीले पक्राउ गर्‍यो राहुल गान्धीलाई

भारतको उत्तर प्रदेशस्थित हाथरसमा सामूहिक बलात्कारपछि हत्या गरिएकी दलित किशोरीको परिवारलाई भेट्न गएका विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडित परिवारलाई भेट्न जाने क्रममा राहुललाई प्रहरीले धकेलाधकेल गरेर दुर्व्यवहारसमेत गरेको थियो । 


Advertisement

धकेलाधकेल हुँदा राहुलको हातमा चोट लागेको बताइएको छ । 

संक्रामक रोग ऐन तोडेर भीडभाड गरिएकाले राहुललाई पक्राउ गरेको उत्तर प्रदेश प्रहरीको कथन छ ।  


Advertisement

दलित परिवारलाई न्याय दिलाउनका लागि राहुल गान्धीले प्रयास गरिरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्