गोविन्द केसीको अनसन 'सुहाउँदो' नभएको सरकारको टिप्पणी, फिर्ता लिन माग

अनसनरत डा. गोविन्द केसीको अनसन समय सुहाउँदो नभएको भन्दै फिर्ता लिन माग गरेको छ । बिहीवार मन्त्रिपरिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा. केसीलाई अनसन फिर्ता लिएर कोरोनाविरुद्धको लडाईंमा लाग्न सरकारका तर्फबाट आग्रह गरेका छन् ।

उनले डा. केसीले उठाएका धेरै मागहरू सरकारको स्रोत र साधनले भ्याएसम्म पूरा गरिएको र थप केही विषय भए पछि छलफल गर्ने गरी डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गरेका हुन् ।


Advertisement

'विभिन्न माग राखेर डा. केसीले केही दिनदेखि जुम्ला हुँदै काठमाडौँ आएर अनसन गरिरहनु भएको छ,' ज्ञवालीले भने, 'उहाँका धेरै मागहरू पूरा भइसकेको अवस्था छ । चिकित्साशिक्षा सम्बन्धी ऐन बनायौं, उच्चस्तरीय आयोग बनायौं र नियमावली बनेको छ । गत आर्थिक वर्षदेखि ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमै आएको छ । ७ वटै प्रदेशमा सरकारी तहबाट मेडिकल कलेज खोलियोस भन्ने माग पनि कार्यान्वयन हुँदैछ ।'

उनले सरकारले भ्याएसम्म प्रयास गरिरहेको भन्दै यस्तो असामान्य अवस्थामा सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो कुरा नभएको टिप्पणी गरे । 'यो असामान्य अवस्थामा अनसन सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय हो र ? केही विषय छन् भने पछि छलफल गर्न सकिन्छ । अहिले अनसन फिर्ता लिएर सबै कोरोना विरुद्धमा लागौं ।'


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्