चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु

चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज  मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिए ।

उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका  ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो ।


Advertisement

मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै  चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्