मंसिर १८, २०८०
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
मलाई ज्योती मगर पहिल्यैदेखि मनपर्थ्यो, भन्न मात्र सकेको थिइनँ । भनौंला भन्दाभन्दै मेरो दुईवटा बच्चा भयो। उमेर ढल्किन लाग्यो। दिमाग पहिलाको जस्तो तेज हुन छाड्यो। शरीरको फुर्तीफार्ती पनि कम हुँदै गयो। ज्योती मगर मेरा लागि केवल कथाकी पात्र जस्ती भइन् । उनी आकाशको सूर्य भइन्, म धर्तीको धुलो भएँ।
अब त कहीँ कतै उनले गीत गाउँदा टाढैबाट चिच्याएर वरिपरि उभिएकाहरूलाई डिस्टर्ब गर्ने मात्र मेरो काम हो। तर अब मैले त्यो काम पनि त्यागिदिएँ, किनकी दर्शक चिच्याएर कलाकारसँग लभ परेको, उनीहरूको बिहे भएको मैले अहिलेसम्म सुनेको छैन ।
यद्यपि मनमुटुको रानी प्रिय ज्योती मगरलाई हातले छुन नपाए पनि आँखा बेस्सरी सेक्न पाइन्छ कि भन्ने आशाका साथ मैले आजको मितिसम्म मरणोपरान्त आँखा दान गरेको छैन। मैले संसारका धेरै देश घुमिसकें, तर ज्योती मगर जस्तो राम्री कतै देखिनँ । पशुपतिनाथको कमस उनीजस्तो प्यारी मैले कतै भेटिनँ । यसकारण एक बारको जुनीमा म सार्वजनिक रुपमै ज्योती मगरलाई 'आई लभ यू ज्योती' भन्न चाहान्छु।
मलाई आजीवन जेल हाले पनि हाल, पिटे पनि पिट, आमा समूहलाई बोलाउने भए पनि बोलाऊ, कहीँकतै तिम्रा बाउ समूह छन् भने त्यो पनि बोलाऊ, सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर, मेरो पुत्लादहन गर, मलाई हिरासतमा थुनाएर महिना दिन राख, अदालतमा लैजाऊ, मलाई फाँसी नै किन नदेऊ तर मेलै ज्योती मगरलाई आई लभ यू भनिसकें, र भनिरहने छु । बरु बन्दुकको गोली फिर्ता होला, यो मर्दको बोली हो, कदापी यो फिर्ता हुँदैन ।
हुन् त विश्लेषक दिलनिशानी मगर सरले कुन ज्योती मगरलाई आई लभ यू भन्यो भनेर तपाईंहरू कन्फ्युज हुनुभयो होला । मैले पाल्पाको ज्योती मगरलाई आई लभ यू भनेको हैन, तनहुँको ज्योती मगरलाई आई लभ यू भनेको हैन, रामेछापको ज्योती मगरलाई आई लभ यू भनेको पनि हैन । मैले त गायिका ज्योती मगरलाई आई लभ यू भनेको हो।
किनकी तपाईं हामी सबैको प्रिय गायिका ज्योती मगरलाई आई लभ यू भन्नु कुन ठूलो कुरा भयो र ? कुन काण्ड भयो र ? यसकारण मसक्क मसक्क मस्किएर, कहिलेकाहीँ ठसक्क बसेर, बुरुक्क उफ्रेर, दायाँबायाँ फर्केर गीत गाउने प्रिय गायिका ज्योती मगरलाई फेरि पनि पटक-पटक आई लभ यू भन्न चाहन्छु ।
तर पीडाको कुरा पनि छ । सम्झेर ल्याउँदा क्वाँक्वाँ गरेर रुन पनि मन लाग्छ । एउटा अन्तर्वार्तामा उनी खै एकजना गुरुङ थरका दाइसँग उपस्थित भएकी थिइन् । हाम्रो केमेस्ट्री मिल्छ भन्दै त्यो गुरुङ दाइको काँधमा हात राखेकी खिइन् । अनि पाखुरामा प्याट्ट पिटेकी थिइन् । नशालु तरिकाले हाँसेकी पनि थिइन् । त्यो दिनमा मलाई सय डिग्रीको ज्वरो आएको थियो । कम्तिमा आधी किलो औषधि सेवन गर्नुपरेको थियो।
जब-जब उनको प्रेम सम्बन्धका बारेमा मिडियामा चर्चा हुन थाल्छ, मलाई ह्वात्तै ज्वरो आउँछ, रिंगटा लाग्छ, वाकवाकी लाग्छ, पेट दुख्छ, खान मन लाग्दैन । त्यसपछि जिम्मल बाकी छोरी जस्ता उनका गीतहरू बजाउँछु । उनका गीतहरूसँगै प्रेम गर्छु । बाटोमा उनको गीत बजेको सुन्दा गीत नसकिँदासम्म बाटोमा नै उभिन्छु । यस्तो लाग्छ, यो गीत हैन, यो त ज्योती मगरको प्राण हो । अनि मन भित्रभित्रै भन्छु- 'आई लभ यू ज्योती मगर ।'
डल्ली डल्ली, मोटी मोटी, गाला पुक्क उठेकी, मुसुक्क हाँस्दा हिमाल जस्तै मिलेको दन्त लहर लस्करै देखिने मेरो सपनाकी राजकुमारी ज्योती मगरलाई मन नपराउने यो धर्तीमा को होला? सबैले मन पराउँछन्, सबैले आई लभ यू भन्छन् । उनको भौतिक शरीरलाई मात्र हैन उनको गायकी, उनको कला, उनको अभिनय, उनको क्षमतालाई पनि सबैले आई लभ यू भन्छन् ।
कस्तो झुटो कुरा लेख्यो भन्नुहोला, मलाई त ज्योती मगर बलिउड नायिका प्रिन्टी जिन्टा जस्तो लाग्छ ।
केहीदिन अगाडि डान्सिङ विथ स्टार नामको एक टेलिभिजन कार्यक्रममा उनी नाँचेको देख्दा मलाई धेरै मज्जा आयो। धेरै आनन्द आयो। उनका हरेक स्टेपहरू मनमोहक थिए। आँखा नझिम्क्याइकन हेरिरहें । फेरि पनि त्यही पशुपतिनाथ कै कसम खान्छु, यत्तिको अभिनय गर्न सक्ने नेपालमा अर्को गायिका नै छैन । कम्मर र नितम्ब हल्लाउने त धेरै छन्, तर यसरी शरीरको टुक्काटुक्रा अंग हल्लाउने ज्योती मगर मात्र रहेछिन् ।
उनी यसरी नाँचिन्, मानौं कि उनको शरीरबाट हड्डी नै गायब भएको छ । हड्डी हराएको छ, र हड्डीको सट्टामा तन्कने रबर राखिएको छ । उनको शरीरमा मासु हैन इलास्टिक छ, जता हल्लियो उतै हल्लिने, उतै तन्किने । वाह! क्या दृश्य थियो त्यो। त्यो मञ्चमा उनले आफ्नो क्षमता प्रदर्शन गरिन्, र त्यो अझै जारी छ । पक्कै पनि उनी शिखरमा नपुगेसम्म उनको यो यात्रा जारी रहनेछ । शुभकामना रानी तिमीलाई, तिम्रो हुन् नसकेपनि, तिमीलाई छुन नसकेपनि- म हेर्न त सक्छु। अनुभव गर्न त सक्छु नि !
केही मान्छे तिम्रो कामको प्रशंसा गर्न छाडेर, तिम्रो गीतको समीक्षा गर्न छाडेर, तिम्रो अभिनय कलाको चर्चा गर्न छाडेर तिम्रो भौतिक शरीरको कुरा गर्छन् । तिम्रो कलाको आकार तिनीहरू देख्दैनन् । उनीहरूलाई तिम्रो सुन्दरताको तारिफ गर्न छुट छ, तर घृणा गर्न कुनै हालतमा छुट छैन।
तिम्रो भौतिक शरीर त सुन्दर छ नै, ओठ कस्तो मिलेको छ । तिम्रो गायकी पनि उत्तिकै सुन्दर छ । अभिनय बेजोड छ। स्वरमा कति धेरै मिठास छ । तिमी त हलिउड, बलिउडमा हुनुपर्ने मान्छे हो। तिमीलाई त संसारले चिन्नु पर्ने हो। तिमी त विश्वकै लागि एक उदाहरणीय कलाकार बन्नुपर्ने हो । त्यस्तो क्षमता छ तिमीसँग । एञ्जेलिना जोली बराबरको क्षमता बोकेर तिमी बालाजु, अनामनगरतिर हिँडिरहेकी छौं, चित्त नै बुझ्दैन मेरी रानी।
मेरी रानीको आलोचकहरूलाई यही भन्न चाहन्छु-
साकिराको पनि गीतभन्दा कम्मरको धेरै चर्चा हुने गर्छ। कलाकार सुन्दर देखिनु दर्शकका लागि खुशीकै कुरा हो। तर हाम्रो देशमा सुन्दरताको चर्चा किन घृणाको दृष्टिकोणबाट हुने गर्छ ? मलाई लाग्दैन कि ज्योती मगरले प्लास्टिक सर्जरी गरेकी हुन् ।
अर्काथरी भलाद्मी पनि छन्, यो लोकमा। उनीहरू घुमाउरो तरिकाले ज्योती मगरले लगाएको लुगा ठीक नभएको चर्चा गर्ने गर्छन् । मेला महोत्सवमा प्रतिबन्धको घोषणा गर्छन्। कस्तो लुगा ठीक हो कस्तो लुगा ठीक हैन भनेर निर्णय गर्ने को हो? मानिसहरूलाई जुन लुगा कम्फर्टेबल फील हुन्छ, त्यही लगाउने हो। यो वा त्यो भन्ने कुरा नै हुँदैन । लगाउने लुगाको ठेकेदार केही पनि हुनुहुँदैन।
अनि के नेपालमा छोटो लुगा लगाएको ज्योती मगरले मात्र हो? प्रियंका कार्की र रेखा थापाहरूले के लगाएका थिए, र छन्। कयौं मोडलहरू छन्, सिनेकर्मीहरू छन्, उनीहरूले पनि छोटा पहिरन नै लगाएका देखिन्छन्, र यसो गर्न उनीहरू स्वतन्त्र पनि छन्।
शारीरिक बनावटको आधारमा, पहिरनको आधारमा कुनैपनि महिला वा युवती अपमानित हुनुहुँदैन । उनीहरूलाई गालीगलौज र घृणा गर्नुहुँदैन । सकरात्मक सोच्यो भने सबै कुरा राम्रो हुन्छ । हो, यहाँ ज्योती मगर जस्ता अन्य धेरै गायिकाहरू छन्, तिनीहरूले मञ्चमा साडी लगाएर, खुट्टासम्मै थपिने कपडा लगाएर गीत गाएका छन् । त्यो उनीहरूको शैली होला, रुचि होला । उनीहरूले त्यसो गरे भनेर नोबेल पुरस्कार त पाएका छैनन् ।
सबै कलाकारहरूको कर्म एउटै हो, संगीत कर्म । तर ती कलाकारहरूले आफ्नो पहिचान फरक–फरक बनाएका हुन सक्छन् । ज्योती मगरको आफ्नै पहिचान छ, त्यो पहिचानसँग उनलाई गर्व छ । उनका फ्यानहरूलाई झन् धेरै गर्व छ। पहिचान फरक–फरक हुनु आवश्यक छ। सबै नारायण गोपाल बन्यो भने नारायण गोपालको केही महत्त्व हुँदैन । कोही केही त दुर्गेश थापाजस्तो पनि बन्नुपर्छ।
ज्योती मगरको प्रतिभालाई नचिनेर वा हेपेर विगतमा सामाजिक सञ्जालमा उनलाई घृणा गरेर कमेन्ट गर्नेहरूका लागि टेलिभिजन कार्यक्रमको त्यो कारुणिक प्रस्तुति राम्रै झापडको रूपमा रह्यो। झापडहरू अझै बाँकी छन्, तिम्रो मेहनत अझै बाँकी छन्। तिम्रो प्रस्तुति हेरिरहेका जज सबै आफ्नो सिटबाट जुरुक्क उठेका थिए । बधाई छ, मेरी रानी तिमीलाई । तिमीलाई मैले मात्र हैन करोडौं दर्शकहरूले बधाई दिएका छन्, किनकी तिमी मेरा लागि मात्र हैन सबैका प्रिय छौ।
'उही मुलाको सिन्की उही मुलाको चाना’देखि ‘जिम्मल बा की छोरी’सम्म आइपुग्दा ज्योती मगरले के कस्ता संघर्ष गरिन्, त्यो संघर्षको मैदामा खटिनेलाई नै थाहा हुन्छ । हामीले त लडाईंको कथा मात्र पढ्ने हो, लड्ने त सिपाही हो ।
उनको संघर्ष आम कलाकारको भन्दा कमी छैन। उनले देशविदेशमा करोडौं दर्शकहरूको मन जितेका छिन्, नचाएकी छिन् । र सबैले उनलाई प्रेम गरिरहेका छन्। समाजको केही तत्व र तप्का जो अरूको प्रगति देख्न सक्दैनन्, उनीहरूले मात्रै ज्योती मगरको आलोचना गरेका हुन्, जसलाई औंलामा गन्न पनि जरुरी छैन ।
आलोचनाको बीचबाट प्रिय कलाकार ज्योती मगरलाई मेरो माया त केही पनि हैन। करोडौंको माया उनीमाथि छ । मेलै जस्तै करोडौंले उनलाई माया गरिरहनेछन् । आई लभ यू भनिरहनेछन् ।
यहाँ भन्दा धेरै त के लेखौं र प्रिय ज्योती, फेरि तिम्रो ब्वाइ फ्रेण्ड रिसाउलान् ।
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...