
भक्तपुरमा मिनीबसमा सामूहिक बलात्कार गर्ने २ जनालाई महानगरीय प्रहरी वृत जगातीले पक्राउ गरेको छ ।
काठमाडौंमा डेरा गरी बस्ने १७ बर्षीया युवतीलाई लठ्ठिने औषधी खुवाएर पटक–पटक बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१० का २२ बर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ का २१ बर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशब कुमार थेवेले जानकारी दिए ।
बा ३ ख २६१२ नम्बरको मिनीबसका चालक र सहचालकले लठ्ठिने औषधी खुवाएर बलत्कार गरेको युवतीले बयान दिएको डीएसपी थेवेले जनाकारी दिए ।
भक्तपुरको मिनीबस राख्ने ग्यारेजमा युवतीमाथि बलात्कार भएको भन्ने जानकारी आएपछि जगातीको प्रहरी टोलीले २ वटालाई नियन्त्रणमा लिइ युवतीको उद्धार गरेको हो ।
२ दिन अगाडि एक अर्का युवाले ती युवतीलाई लिएर पटक–पटक बलात्कार गरेपछि चालक र सहचालकलाई जिम्मा लगाइ फरार भएको र उनको खोजी कार्य जारी रहेको डीएसपी थेवेले लोकान्तरलाई बताए ।