×

NMB BANK
NIC ASIA

पूजनीय बुबाआमा, ढोग छ ।
कुशल छु, कुशलताको कामना गर्दछु ।
.
काठमाडौ उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको छ । जहाँ टेस्ट गर्यो, जसलाई टेस्ट गर्यो अधिकांशको पोजिटिभ देखिएको छ । हाम्रो सुर्के पाटोभन्दा साँघुरो छ, परीक्षणको दायरा । त्यसैले हामीलाई पनि संक्रमण भएको छ कि छैन ? थाहा छैन । कमिलाको गोलोजस्तो काठमाडौ कोरोना महामारीको केन्द्रबिन्दु बनेको छ । यो गोलोमा संक्रमण फैलियो भने के अवस्था हुन्छ, हजुरहरूलाई बिदितै छ । काठमाडौजस्तो शिक्षित, सुबिधायुक्त तथा संचार साधनले भरपूर ठाउँमा कोरोना फैलिँदैन भन्नुहुन्थ्यो हजुरहरूले । त्यो सत्य होइन रहेछ ।

Muktinath Bank

यहाँका धेरै मान्छेले सहि तरिकाले मास्क लगाउँदैनन्, व्यक्तिगत दुरी कायम गर्दैनन्, भीडभाड गर्छन्, बिना कारण लखरलखर हिंड्छन् । सबैले सोच्छन् – ‘ कोरोना मलाई सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन ... यो त अरुले गर्नुपर्छ ।’ सरकार पनि गजबको छ । अनिबार्य र सहि तरिकाले मास्क लगाएको / नलगाएको सरकारलाई थाहा छैन, दुरी तथा भीडभाडको पनि मतलब छैन । अरु देशमा जस्तै अनुगमन, निगरानी र जरिवानाको ब्यवस्था गरेको भए अहिले यो स्थिति आउने थिएन । अरु देशमा कसरी महामारी नियन्त्रण भयो ?  कसरी कडाइ गरे  ? जनता कति अनुशासित छन् ? सरकारले जनतालाई राहत र सहुलियत कसरी प्रदान गर्यो ? यी कुरा कसैले पनि बुझेन । हजुरलाई किन झुट बोल्नु, भान्सामा काम गर्नेलाई सपासप खाएको बात लागेको छ । भान्सामा बात लागेकालाई खेतबारीमा खटाए हुन्थ्यो नि !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो दशैँमा रातिको नाइट बस चढेर घर आउने, हजुरहरूसँग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने, बाल्यकालमा आफु दौडिएका / पौडिएका ठाउँमा पुग्ने, साथीभाइलाई भेट्ने, कोटहरूमा मेला हेर्ने, मान्यजनको हातबाट टिका आशिवार्द लिने, जिब्रोको भित्रि तहमा बसेको स्वादलाई अर्गानिक खानेकुराले ब्युँताउने .... धेरै सपना थिए ।


Advertisment
Nabil box
Kumari

यसपटक कोरोनाले बाटो छेक्यो । बसमा कोरोना सर्ने खतरा मोलेर त्यहाँ आउँदा हजुरहरू, अन्य मान्यजनलाई कोरोना सार्ने काम हुन्छ कि भनेर म नआउने बिचार गरेको छु । भिडियो कलमा टिका लगाइ दिनुहोला, कान थाप भन्दै जमरा लगाइदिनुहोला, आशिर्वाद सुन् भन्दै आशिर्बाद दिनुहोला । यो यो खा भन्नुहोला, हामी त्यहि खानेछौँ । इन्टरनेटले धोका दिए मोबाइल फोन छदैछ, त्यसले टावर टिप्न सकेन भने मनमनै आशिर्बाद दिनुहोला ।

Vianet communication
Laxmi Bank

आज हो कि भोलि भन्ने जगजगीमा यहाँ बस्न एकदम डरमर्दो छ । १ बर्ष ढुक्क गाउँ बस्न पाए त यो कोरोनाको टेन्सन नै हुने थिएन । आफ्नो काम, घर, हजुरका नातिनातिनाका पढाइ आदिले गर्दा आगोभित्र बस्नुपर्ने बाध्यता भयो । अर्को साल पहिले खोप लगाउँला अनि दशैंको टिका लगाउँला ।
.
खै ! म लेख्छु भन्नुभयो दाइले –
.
पूजनीय बुबाआमा, ढोग छ ।
म जेठो छोरो ।
.
बुबाआमा, भाइले  लेखेको कुरामा मेरो पनि सहिछाप छ । हजुरहरूलाई थाहा छ, मलाई प्रेसर, सुगर, कोलेस्टेरोल छ । कोरोनाले छोयो भने गाह्रो पार्ला जस्तो छ । अहिल्यै यहाँका अस्पताल भरिभराउ भए । अस्पतालमा खुट्टो राख्न नपाउने अवस्था आयो । मेरो ब्यापार पनि चलेको छैन । लकडाउन र कोरोनाको डरले गर्दा मान्छेसँग पैसा नै छैन । 

ज्यानभन्दा ठूलो केहि होइन । मेरो परिवार १ बर्ष बस्ने गरि आउछौं । केटाकेटी ठूला भए, आफ्नो मेसो गर्न सक्छन् । म र हजुरहरूकी बुहारी आउने निर्लय गर्यौं । चिन्ता नगर्नुहोला, बसमा राम्रो मास्क लगाएर, फेस शिल्ड लगाएर, हातमा पंजा लगाएर, स्यानिटाइजर प्रयोग गर्दै, पानी र खानेकुरा घरबाटै लिएर तथा बस रोकेको ठाउँमा अलिपर गएर खानपिन गर्दै आउनेछौं ।

बाहिरका असुरक्षित खाजा पसल र खाना पसलमा केहि खाने छैनौं । बसभित्र सकेको धेरै दुरी कायम गर्नेछौं । उस्तै परे प्लास्टिकले छेकेर हाम्रो सिटलाई क्याबिन बनाउनेछौं । घरमा आएपछि हामी छुट्टै कोठामा बस्नेछौं । हजुरहरूसँग ४ हात टाढा बसेर मास्क लगाएर गफ चुट्नेछौं । २ हप्तापछि मात्र गाउँमा डुल्नेछौँ तथा हजुरहरूसँग अगेनामा बसेर बात मार्नेछौँ । केहि लक्षण देखिएमा पालिकामा गएर टेस्ट गर्नेछौं । बिजनेस, ब्यापार, पैसो भन्ने कुरा पनि त्यस्तै रहेछ । ज्यान रहे न सबै आफ्नो हो । त्यसैले हामीले ज्यान रोजेर गाउँमा आउने भयौं । के थाहा, आधुनिक खेतीपाती, कुखुरा तथा बाख्रापालन गरेर त्यहिं पो मालामाल हुन्छ कि ? त्यसो भयो भने यो कमिलाको गोलोमा फर्किने बिचार छैन ।
.
मलाई ले त ! अब दिदीको पालो – 
.
पूजनीय बुबाआमा, दर्शन ।
.
कोरभन्दा कोरोना खतरा रहेछ । यो खाल्डे काठमाडौमा जेनतेन ज्यान पालेका थियौं । भाडा, लोन र स्टाफ खर्चले हामी पुरै डुबेका छौं । धेरै घाटा लाग्यो । एक दुईबर्ष यस्तै हुन्छ । हामीले मिल्ने कुरा बेचबिखन गर्दैछौं । हजुरका ज्वाईंले तराइको आफ्नै घरमा बस्ने, ब्यापार गर्ने र केटाकेटीलाई उतै पढाउने ब्यबस्था गर्दै हुनुहुन्छ । ट्रक भाडामा लिएर खेतखेतका तरकारी, फलफुल, अण्डा, दुध आदि सहरमा पुर्याएर बेच्ने काम गर्ने रे ! 

 १५ बर्ष काठमाडौ बस्यौं, सधैको धुलो, धुँवा, पानीको अभाव, ट्राफिक जाम र अस्तव्यस्त देखेर वाक्क लागेको थियो । अब आफ्नै ठाउँमा बस्ने, शुद्ध हावा, पानी, खाना खाने निर्णय गर्यौं । दशैँ तराइमा मनाउछौं, तिहारमा त्यहाँ आउनेछु । तिहार पनि मास्क लगाएर, दुरी कायम गरेर तथा सरसफाईको ख्याल गरेर मनाउने छौं । केटाकेटीले देउसीभैलो खेल्ने छैनन् । उहाँले यसपटकको छठमा पनि यस्तै सुरक्षा सतर्कता अपनाएर मात्र मनाउने योजना गर्नुभएको छ । सहरबाट आएका मान्छेसँग जोगिएर बस्नुहोला । कोरोना छ कि छैन भनेर निधारमा लेखेको हुँदैन ।
.
बहिनीले पनि लेख्ने रे !
.
पूजनीय बुबाआमा, दर्शन ।
.
कोठामा बस्दा बस्दा वाक्क लाग्यो । बाहिर निस्किन डर लाग्छ । नाकमुनी, च्युँडोमा तथा घांटीमा मास्क लगाएर हिंड्छन्, यताका मान्छे । व्यक्तिगत दुरीको मतलब छैन । तरकारी बजारमा बसेर एउटा एउटा छाम्दै गोलभेंडा किन्दै गर्छन् । जहाँ गयो, त्यहि भीड छ । न जनतालाई मतलब छ, न सरकारलाई । हाम्रो टोलमा धेरैलाई कोरोना लागिसक्यो । यति मात्र हो र ? कोरोना लागेका मान्छे २ हप्ता कोठाभित्र अनिबार्य बस्नुपर्नेमा पसल जाने, मार्निंग वाक गर्ने, दोकानमा बसेर सामान बेच्ने, रोग लुकाउने, सार्वजनिक यातायातमा चढ्ने .. बेथिति छ । कसैलाई कसैको डर छैन । सरकारले हरेक ठाउँमा कडाइ गर्ने, सुरक्षाकर्मीको गस्ती खटाउने, जरिवाना गर्ने .. काम गरेको छैन । हाम्रो टोलमा सुरक्षाकर्मी नदेखेको २ महिना भयो । यस्तो तालले कोरोना नियन्त्रण हुँदैन । नेताहरूको पनि के दोष ? पदको लागि झगडा गर्ने, जे कुरामा पनि राजनीति गर्ने, मौका पाए कप्ल्याक्क खाने अनि चुनावको बेला जनतासँग जाने उनीहरूको नानीदेखि लागेको बानी हो । अब आफ्नो ज्यान आफै बचाऊ को नारा लगाउंदै गाउँ आउनुको बिकल्प छैन । ठूलो दादासँग म पनि आउंछु । अनलाईन क्लास गाउँमा बसेर लिनु र यहाँबाट लिनु उस्तै हो । रोग लाग्यो भने गाउँमा बरु उपचार पाइएला, यहाँ त चान्सै छैन ।

खसी, लोकल कुखुरा, अम्बा, काँक्रा, सुन्तला, कागती, अमिलो, सख्खरखण्ड खान छोडेर बिषादी खाना खान किन यहाँ बस्नु ?  यहाँ तरकारीको भाउ सुन्यो भने हार्ट एट्याक हुन बेर छैन । यहाँ कालाबजारीलाई दशैँ आएको छ, जनतालाई दशा ।

कोरोना नियन्त्रणमा आएपछि वा खोप आएपछि काठमाडौ फर्किनुपर्ला । फुलैफुलको बगैचा छोडेर यो आगाको मुस्लोभित्र किन बस्नु ? 
.
अब मेरो पालो –
.
घटीमा ४-६ महिना बस्ने गरि गाउँ जाँदा राम्रो हुन्छ । म जस्तो टिका लगाएर फर्किनुपर्नेलाई जोखिम किन लिने ? जो जहाँ छ, त्यहिं बस्दा राम्रो । हाम्रो चिन्ता नलिनुहोला, हामी घरभित्र बस्छौं । दशैंलाई पुग्ने सामान एकैपटक किनेर राख्छौं । बाहिर निस्किनुपरे म मात्र मास्क सहि तरिकाले लगाएर, दुरी कायम गरेर निस्किन्छु । सरसफाईमा एकदम ध्यान दिएका छौं । यो पटक सपिंग गर्न जाँदा जोखिम हुने भएकोले मैले केहि पठाउन असमर्थ भएँ ।

आवश्यक कुरा उतै किन्नुहोला । १००० वटा कपडाका ३ पत्रे मास्क, १००० वटा साबुन र १००० वटा ह्याण्ड स्यानिटाइजर दाइसँग पठाउनेछु । दशैंमा टिका लगाइदिएर परिवार संख्या अनुसार प्रसादको रुपमा ती सामान दिनुहोला । चिया, खाजा वा खानाको प्रसाद अर्कोसालदेखि निरन्तर गरौंला । यसपटक निधारमा अक्षता लगाउँदा संक्रमण सर्ने डर हुन्छ । तसर्थ मास्क लगाएर, ६ फिटको दुरी कायम गरेर टिका, जमरा हातमा दिनुहोला । मेलामा नजानुहोला ।
.
अन्त्यमा छोरीको पालो –
.
हजुरबुवा, हजुरआमा, दर्शन ।
.
यहाँ एकदम ठिक छ तर कोरोनाको डर छ । यहाँ एकदम ठिक छ तर कोठामै बस्नुपर्छ । यहाँ सबै ठिक छ तर स्कुलका साथीलाई भेट्न पाएको छैन । यहाँ एकदम ठिक छ तर अनलाईन क्लास पढ्दा वाक्क लाग्यो । यहाँ एकदम राम्रो छ तर मास्क लगाउन नजान्ने मान्छे धेरै छन् । यहाँ एकदम ठिक छ हेर्नु न ६ फिटको नजिक जान्छन् मान्छेहरू । अरु सबै राम्रो छ, कोरोनाको डर छ । यहाँ सबै ठिक छ, पिज्जा खान रेस्टुरेन्ट जान हुँदैन रे ! 
गाउँमा त कस्तो रमाइलो हुन्छ । लकडाउन हुँदैन । खेल्ने ठाउँ धेरै छ, खानेकुरा धेरै छन्, भैंसी र मुनेमुने छन् । पिङ खेल्न पाइन्छ । टिका लगाएपछि पैसा पाइन्छ । गाउँको आकासमा जुन हुन्छ, ताराहरूको नाम हुन्छ । बाबा मामुले मानिस्यो भने म र भाइ आउने हो ।

छ नि हजुरबुवा ! एउटा ६ फिटको लठ्ठी बनाएर त्यसको टुप्पोमा टिका, जमरा राखेर टिका लगाइदिनुहोला । दक्षिणा र खानेकुरा पनि त्यहि लठ्ठीमा झुन्डाएर दिनुहोला । हजुरलाई ढोग्ने बेला लठ्ठीको एउटा टुप्पो हजुरको खुट्टामा र अर्को टुप्पो ढोग्ने मान्छेको निधारमा राख्नुहोला ।
.
हजुरलाई दिनदिनै सम्झिने 
नातिनी 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x