×

NMB BANK
NIC ASIA

दाङ राजधानीको प्रस्तावमा छलफल हुँदै, यस्तो छ सांसदहरूको अंकगणित

असोज १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशको स्थायी राजधानी दाङ कायम गर्न प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा सोमवारबाट छलफल हुँदैछ ।

Muktinath Bank

प्रदेशसभा बैठक १२ बजेका लागि बोलाइएको छ । प्रस्ताव उपर संशोधन गर्न १८ घण्टाको समय राखिएको छ । सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी र नामाकरणको प्रस्तावमाथि संशोधन गर्न छोटो समय निर्धारण गरिएको छ । प्रस्तावउपर सोमवार संसदमा सबै दलका सांसदले आ–आफ्ना धारणा राख्नेछन् ।


Advertisment
Nabil box
Kumari

राजधानी र नामकरणको प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको आन्तरिक कार्यविधि २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ । छलफल सकिएपछि सयम गणना शुरू हुनेछ ।
 
गत शुक्रवार प्रदेश सरकारको तर्फबाट स्थायी राजधानी दाङको भालुवाङ्ग (देउखुरी) र नाम लुम्बिनी राख्ने गरी प्रदेश सभामा आन्तरिक मामिला कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका छन् । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले निर्धारित समयपछि संशोधन प्रस्ताव आए पनि दर्ता नहुने बताए । ३ दिनभित्र राजधानी र नामकरणको प्रस्ताव टुंग्याउने गरी प्रदेशसभा जुटेको छ ।

Vianet communication
Laxmi Bank

प्रस्ताव पारित गर्न पक्षमा दुईतिहाइ सांसदको मत चाहिन्छ । त्यो भनेको ५८ जना सांसद पक्षमा हुनुपर्छ । प्रदेशसभा ८७ सदस्यीय छ । नेकपा आफ्ना सबै सांसदलाई संशोधन प्रस्ताव नराखी दाङको पक्षमा मतदान गर्ने मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले निर्देशन गरिसकेका छन् । 

प्रदेश सभामा नेकपामा ६१ सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने प्रस्ताव सजिलै पारित हुनेछ । तर साविक लुम्बिनी अञ्चलका नेकपाका १४ सांसदले संसदीय दलको बैठकमा फरक मत राखेका छन् । पार्टीले ह्वीप जारी गर्ने निश्चित जस्तै छ । ह्वीप जारी गरे नेकपामा १४ फरक मत राख्ने सांसदले पनि निर्णय मान्नुपर्ने सम्भावना छ ।

संविधान अनुसार सरकारले पेश गरेको राजधानी र नामकरण सम्बन्धी प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित हुनुपर्ने प्रावधान छ । सभामा नेपाली कांग्रेस १९, संघीय समाजवादी पार्टीका ६ र राजमोका १ सदस्य छन् । कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू पनि विभाजित जस्तै छन् । साविक लुम्बिनी अञ्चलका सांसद बुटवल राजधानी हुनुपर्ने अडानमा छन् भने साविक राप्ती र भेरी अञ्चलका सांसदहरू प्रदेश सभामा प्रस्ताव पेश हुँदाको दिन नै स्वागत गरेर दाङको पक्षमा मतदान गर्ने संकेत दिइसकेका छन् ।

साविक लुम्बिनी अञ्चलबाट प्रदेश सभामा ५१ जना सांसदको प्रतिनिधित्व छ भने साविक राप्ती र भेरीबाट ३६ सांसदको प्रतिनिधित्व छ । स्वतन्त्र रूपमा मतदान गर्न पाउने हो भने लुम्बिनीका सांसदको चाहना दाङको पक्षमा देखिँदैन । प्रदेशसभा सचिवालयले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको छ ।

सोमवार बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालयले १ हजारभन्दा बढी प्रहरी परिचालन गरेको जनाएको छ । बुटवलका संघसंस्थाले राजधानी सार्न नहुने भनेर संसद भवन घेराउ गर्ने तयारी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x