×

NMB BANK
NIC ASIA

थपिँदो संक्रमण, बढ्दो जोखिम

कोरोना संक्रमण बढ्दा नेपालको स्वास्थ्य प्रणालीले नधान्ने खतरा, अहिले नै बेड पाउन मुस्किल !

असोज १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभरि नै महामारीको रूप लिएको कोभिड– १९ संक्रमणको ग्राफ नेपालमा पनि यतिबेला माथि चढिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो १४ दिनमा नेपालमा २१ हजार ७ सय ७३ कोरोना संक्रमित थपिएका छन् भने हालसम्म ५ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८६ हजार ८ सय संक्रमितमध्ये ७३ प्रतिशत संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । आइतवार सार्वजनिक पछिल्लो तथ्यांकअनुसार हाल नेपाल सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।


Advertisment
Nabil box
Kumari

सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ संक्रमित यतिबेला घरमै छन् । बाँकीमध्ये आईसीयूमा २ सय २६ जनाले उपचार गराइरहेका छन् भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या ३४ रहेको छ ।

Vianet communication
Laxmi Bank

शनिवार सार्वजनिक तथ्यांकको तुलनामा आईसीयूमा ७ जना थपिएका छन् भने भेन्टिलेटरमा ३ जना थपिएका छन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा उपचारका लागि बेड उपलब्ध नभएका समाचारहरू सार्वजनिक हुने गरेका छन् । कमजोर स्वास्थ्य पूर्वाधार भएको नेपालमा संक्रमितको संख्या बढ्नु परिस्थिति झनै भयावह हुनु हो ।

गत मेमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक तथ्यांकमा नेपालभरि अस्पताल बेडको संख्या २६ हजार ९ सय ३० रहेको उल्लेख थियो । तीमध्ये १५ सय ९५ आईसीयू बेड थिए भने भेन्टिलेटरको संख्या ८ सय ४० थियो ।

तथ्यांक सार्वजनिक भएको ४ महिनामा नेपालको स्वास्थ्य पूर्वाधार बलियो भएको छैन ।

त्यसयता केही सय आईसीयू बेड थपिएका छन् भने केही दर्जन भेन्टिलेटर थपिएका छन् । स्थानीय निकाय, प्रादेशिक सरकार र संघीय सरकारले आ-आफ्नो गच्छेअनुसार बेड थप्ने निर्णय गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौंमा बेडको अवस्था कस्तो छ ?

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३ दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा ४ सय ३५ आईसीयू र १ सय ९८ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेका छन् । काठमाडौंमा संख्या १ सय २०, ललितपुरमा १ सय २ र भक्तपुरमा २० आईसीयू रहेका छन् । यीमध्ये अधिकांश बेडहरू भरिभराउ छन् । सघन उपचार आवश्यक हुने नयाँ संक्रमितले बेड नपाएको अवस्था छ ।

वीर अस्पतालमा जम्मा ४ सय २२ बेड रहेका छन् । वीर अस्पताललाई कोभिड– १९ अस्पतालका रूपमा संचालन गर्ने र त्यहाँ दिइने अन्य सेवाहरू ट्रमा सेन्टरबाट दिने निर्णय सरकारले गरिसकेको छ । अस्पतालमा अहिले जम्मा बेड संख्याको ९० प्रतिशत भरिएको अस्पताल स्रोतले बताएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ सय २० बेड कोरोनाका लागि भनेर छुट्याइएको छ । त्यहाँ पनि लगभग सबै बेड भरिएका छन् । अहिलेसम्म २ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेको दाबी गर्ने पाटन अस्पतालमा पनि बेड पाउन गाह्रो छ । पाटन अस्पतालमा अहिले १ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि बेड भरिएको छ । त्यहाँ आउने संक्रमितहरूलाई अस्पतालले अन्त पठाउने गरेको अस्पताल स्रोतले बतायो ।

बलम्बुस्थित सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालमा १ सय ४८ बेड छन् । तर ती बेडहरू अहिले भरिइसकेको बताइएको छ । अस्पताल स्रोतले केही बेड खाली रहेको तर त्यो भीआईपीहरूका लागि छुट्याएर राखिएको जानकारी दियो । केही दिनयता अस्पतालमा नयाँ संक्रमितलाई भर्ना लिइएको छैन ।

उपत्यकामा रहेका अन्य अस्पतालमध्ये कीर्तिपुर आयुर्वेद अस्पतालको क्षमता १०० बेड हो भने काठमाडौं मेडिकल कलेजको क्षमता ९० हो । नेपाल पुलिस अस्पतालमा कोरोना संक्रमितका लागि ५० बेड छुट्याइएको छ, तर त्यहाँ अहिले १ सय ५० को हाराहारीमा संक्रमित रहेका छन् ।

निजी अस्पतालको स्थिति के छ ?

निजी अस्पतालमा पैसा तिर्छुभन्दा पनि बेड उपलब्ध छैनन् । बेड पाए पनि निजी अस्पतालहरू छोइसाध्ये छैनन् । केही दिन उपचार गरेको बिल लाखौंमा आउने गरेको छ ।

आमजनताको पहुँचमा निजी अस्पताल छैनन् । पछिल्लो समयमा त पैसा नै तिर्छुभन्दा पनि निजी अस्पतालमा बेड उपलब्ध हुन सकेको छैन ।

निजी क्षेत्रका अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटच्यूसन अफ नेपाल (अफिन)का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारको निर्देशनअनुसार उपलब्ध बेडको २० प्रतिशत कोरोना संक्रमितलाई छुट्याइएको दाबी गरे ।

थापाले भने, 'निजी अस्पतालसँग १६ हजार बेड छन्, तीमध्ये सरकारको निर्देशनअनुसार २० प्रतिशत कोरोना संक्रमितलाई छुट्याइएको छ । लगभग ३२ सय बेडमा अहिले कोरोना संक्रमितलाई राखेर निजी अस्पतालहरूले उपचार गरिरहेका छन् । २० प्रतिशतको प्रावधान भएपनि कहीँ अलि बढी नै बेड छुट्याइएको छ भने कहीँ अलिकति कम पनि होला ।'

उनले निजी अस्पतालले बेड संख्या बढाउन कानून बाधा बन्ने तर्क गरे ।

'संक्रमितको संख्या बढिरहेको छ, हामीले चाहेर पनि बेडको संख्या बढाउन सकिरहेका छैनौं,' थापाले भने, 'सेवा सुविधा बढ्न सक्छ तर पूर्वाधार नै बढाउन गाह्रो छ ।'

पैसा बढी लिने गरेकाले आम जनताको पहुँचमा निजी अस्पताल छैनन् नि भन्ने प्रश्नमा थापाले भने, 'हामीले दिने सेवा सुविधाको हकमा पैसा निकै कम लिइरहेका छौं । अमेरिका, बेलायत जस्ता देशहरूमा पनि उपचार कहाँ सस्तो छ र ? त्यहाँ स्वास्थ्य बीमा हुन्छ त्यसैले त्यहाँका नागरिकका लागि उपचार सस्तो हुने हो । यहाँ सरकारले जनताका लागि केही व्यवस्था गरेको छैन । त्यसैले महंगो देखिएको हो ।'

सरकारी स्वास्थ्य अधिकारीहरू नै भन्छन् - परिस्थिति भयावह हुँदैछ!

कोभिड १९ को राष्ट्रव्यापी फोकल पर्सनका रूपमा काम गरिरहेका स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. महेन्द्र श्रेष्ठले संक्रमितको संख्या बढ्दै जाँदा बेडको समस्या पनि थपिँदै जाने बताए ।

'मैले पहिलेदेखि भन्दै आएको छु, समस्या जटिल हुँदैछ,' उनले भने, 'लक्षणसहितका संक्रमितलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ, जसका लागि पर्याप्त बेड चाहिन्छ । अहिलेसम्म खासै त्यस्तो समस्या नदेखिएपनि अब भने समस्या हुन सक्छ । त्यसका लागि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं ।'

क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनले पनि अस्पतालमा बेड नभएर समस्या भएको आफूले सुनेको बताए ।

'अहिलेदेखि नै अस्पालमा बेड अभाव हुनु राम्रो संकेत होइन,' उनले भने, 'हामीले पर्याप्त समय पाएका थियौं तर त्यसलाई सदुपयोग गर्न सकेनौं ।'

उनले चीन, बेलायत या अमेरिकामा जस्तै केही दिनमा हजारौं बेडको अस्पताल बनाउन सेना परिचालन गर्नुपर्ने मत राखेका छन् ।

'जसरी चीनले केही दिनमै हजारौंको उपचार गर्ने गरी अस्थायी अस्पताल तयार गरेको थियो, त्यस्तै गरेर काठमाडौंमा पनि काम गर्न सकिन्छ । संक्रमितलाई कहाँ लैजाने के गर्ने भन्ने समस्या आउनुभन्दा पहिल्यै त्यो काम गर्न नेपाली सेना पनि सक्षम छ,' उनले भने ।

बेडको समस्या छैन - डा. जागेश्वर गौतम, प्रवक्ता स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितले बेड नपाउने समस्या नरहेको दाबी गरेका छन् ।

उनले लोकान्तरसँग भने, 'अहिले त्यस्तो समस्या आएको छैन । सक्रिय संक्रमितको संख्या यही रेटमा बढ्दै गयो भने समस्या आउनेछ भन्नेमा हामी जानकार छौं । सरकारले त्यसका लागि तयारी गरिरहेको छ ।'

उनले आम नागरिकले जनस्वास्थ्यका मापदण्ड नअपनाएकाले समस्या भयावह हुँदै गएको भन्दै असन्तुष्टि पोखे ।

'कम्तिमा मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने हो भने संक्रमण आफैं हराएर जान्छ,' उनले भने, 'काम नपरी घरबाट बाहिर ननिस्किने, दीर्घरोगी, वृद्धवृद्धाहरूलाई विशेष केयर गर्ने हो भने यो ठूलो समस्या होइन । सबैलाई यसबारेमा जानकारी पनि छ, तर पालना भएको छैन ।'

सरकारलाई जनताको भर, जनतालाई सरकारको !

कोरोना नियन्त्रणका लागि भन्दै गरिएको महिनौं लामो असफल लक-डाउन र निषेधाज्ञापछि सरकारले जनताको थाप्लोमा कोरोना नियन्त्रणको बोझ थोपरेको छ । प्रवक्ता डा. गौतमले त्यही आशयको कुरा गरे । 'यो सबै जनताको थाप्लोमा छ, संक्रमण बढ्न नदिने काम जनताको हो । जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमण केही दिनमै हराएर जाने कुरा विज्ञानले प्रमाणित गरिसकेको कुरा हो । सरकारको मुख ताकेर मात्र केही हुनेवाला छैन,' डा. गौतमले भने । 

संक्रमणको जोखिम भयावह हुने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू नै स्वीकार्ने गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणको जिम्मेवारी अब सरकारले जनताको काँधमा दिएको छ । सरकार अब जनचेतना फैलाउनबाहेक केही गर्न नसक्ने स्थितिमा पुगेको जस्तो देखिन्छ । 

नेपालको हकमा 'लक-डाउन' मोडल पूर्णतः फेलियर सावित भएको छ । चैत ११ देखि साउन ७ गतेसम्म गरिएको लक-डाउनले कतिपय ठाउँमा संक्रमण नियन्त्रणमा ल्याउन सफल पनि भएको थियो ।

साउन ७ गते अघिसम्म काठमाडौं उपत्यकामा संक्रमण खासै फैलिएको थिएन ।

त्यसपछि जब लक-डाउन घोषित रूपमै सरकारले खुला गर्‍यो, तब काठमाडौं उपत्यकामा बढेको संक्रमणको दरले तल झर्ने कुनै नाम लिएको छैन । 

बाध्य भएर उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ३ गतेदेखि लागू हुने गरेर निषेधाज्ञा घोषणा गरेका थिए, निषेधाज्ञाले कुनै काम गरेन ।

२०७६ सालको चैत्र ११ गते देशैभर लक-डाउन हुँदा देशमा जम्मा संक्रमितको संख्या २ थियो भने यो टिप्पणी लेख्दासम्म नेपालमा संक्रमितको संख्या ८५ हजार नाघिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x