×

NMB BANK
NIC ASIA

प्रदेश सभामा सभामुखको बलजफ्ती : यी हुन् कुर्सी–टेबल तोडफोडमै उत्रिएका सांसदहरू

असोज १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशको स्थायी राजधानी दाङ तोक्ने प्रदेश सरकारको प्रस्तावमाथि संसदमा छलफल गर्दा सोमवार प्रदेश सभामा तनाव भएको छ ।

Muktinath Bank

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधबीच संसद अगाडि बढ्यो । सरकारले विना औचित्य बुटवलबाट दाङ राजधानी सार्न लागेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले बैठक अवरुद्ध गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोध र नाराबाजी गर्दै रोस्टममा पुगेका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडि बढाए । पहिलो बैठक शुरू भएको १० मिनेटमै कांग्रेसका सांसदले अवरुद्ध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।


Advertisment
Nabil box
Kumari

दोस्रो बैठक २ बजे बस्ने भनिए पनि ३ बजेपछि बस्यो । विपक्षीको विरोधबीच सभामुखले बैठक सञ्चालन गरे ।
 
बैठक शुरू भएलगत्तै कांग्रेस सांसद फेरि रोस्टममा पुगे । नाराबाजीकै बीचमा सभामुखले संसद बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदले कुर्सी टेबल फोडे । तोडफोडमा संलग्न हुने सांसदमा बैजनाथ कलवार नवलपरासी–२ ‘२’, वसिउद्धिन खा रुपन्देही–४ ‘१’, अष्टभुजा पाठक रुपन्देही–४ ‘२’, रमा अर्याल समानुपातिक, पुष्पा चौधरी समानुपातिक, सन्तोष पाण्डे रुपन्देही–३ ‘२’, फकरुद्धिन खान रुपन्देही–५ ‘२’ रहेका छन् । 

Vianet communication
Laxmi Bank

प्रदेश सभाको तोडफोडले संघीय संसदमा २०७१ सालमा भएको घटना सम्झाएको थियो । तर सभामुखले बैठक अगाडि बढाइरहे । प्रस्तावउपर छलफल गर्न नेकपाका सांसदलाई समेत पर्याप्त समय नदिएपछि हात उठाइरहे । नेकपा सांसद भोजप्रसाद श्रेष्ठ हात उठाइरहे पनि बोल्ने समय थप गरिएन ।

नेकपाकै सांसद कृष्ण न्यौपाने र तुलसी चौधरीले बोल्ने समय दिन अनुरोध गर्दा सभामुखले समय दिएनन् । कांग्रेस सांसद निर्मला क्षेत्रीले संसद निरंकुश शैलीमा अगाडि बढेको आरोप लगाइन् । 

जनताको भावना विपरीत मुख्यमन्त्रीले २ अध्यक्षको बुई चढेर राजधानी सार्न खोज्नुभयो : विपक्षी दलका नेता 

पहिलो बैठक अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका नेता वीरेन्द्र कनौडियालाई आफ्ना धारणा राख्न समय दिएका थिए । सो अवसरमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्र कडौडियाले राजधानी सार्ने औचित्य पुष्टि गर्न आग्रह गरे । उनले सबै प्रदेशका अस्थायी राजधानी स्थायी भएको र प्रदेश ५ राजधानी के कारण सार्नुपर्ने अवस्था आयो त्यसको औचित्य चाहियो भन्दै प्रश्न गरे । 

‘प्रदेश सभामा सहमति र छलफल नगरी पार्टीका अध्यक्षको सहमतिको बलमा राजनीतिक सहमति कायम गर्न हुँदैन । पार्टीका २ अध्यक्षको बुई चढेर मुख्यमन्त्रीले एकलौटी आफ्नो स्वार्थ अनुकूलको प्रस्ताव ल्याउनुभयो । यो कांग्रेसलाई स्वीकार्य छैन,’ कनौडियाले भने । 

उनले नयाँ ठाउँमा राजधानी बनाउन सय अर्ब खर्च र २० वर्ष समय लाग्ने भन्दै नयाँ ठाउँभन्दा पूर्वाधारको हिसाबले सम्पन्न बुटवललाई नै स्थायी राजधानी बनाउन आग्रह गरे ।  

सरकारलाई विपक्षी दलले प्रत्येक पाइलामा सहयोग गरेको भन्दै आफूहरूसँग कुनै छलफल र जानकारी विना प्रस्ताव ल्याइएको भन्दै कनौडियाले दुःख व्यक्त गरे । उनले भने, ‘दुईतिहाइ बहुमतको बलमा पेलेर जान हुँदैन । राजधानी सबैको स्वामित्वको विषय हुनुपर्छ । हाम्रो राजधानी भनेर सबैले गर्व गर्न लायक बनाउनुपर्छ । कोरोनाले मुलुक आक्रान्त भएको बेला आयो ? आफ्नो भोट बैंक हेरेर माहामारीमा बेला आएको दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा कांग्रेस छैन ।’ कनौडियाले राजनीतिक सहमतिको आधारमा राजधानी तय गर्नुपर्ने बताए । 

सांसद कनौडियाले आफ्ना भनाइ राखेसँगै कांग्रेस सांसदहरू नाराबाजी गर्दै रोस्टमतर्फ अगाडि बढेका थिए । कांग्रेस सांसद कनौडिया, फकरुद्धिन खान, अष्टभुजा पाठक लगायतले बैठकभित्र संसदीय मर्यादा कायम गर, राजधानीको प्रस्ताव फिर्ता गर, पक्राउ परेका कांग्रेस कार्यकता रिहाइ गर भन्दै नाराबाजी गरेको थिए । बैठक अवरुद्ध गरेसँगै सभामुखले २ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । 

जनताको अधिकार खोसेर दाङ राजधानी बनाइँदैछ : नेकपा सांसद श्रेष्ठ

प्रस्तावउपर धारणा राख्दै नेकपा सांसद भोजप्रसाद श्रेष्ठले जनताको अधिकार कसैले खोस्न नहुने बताए । प्रदेशको राजधानीको विषयलाई महत्त्व नदिएर एकलौटी रूपमा सरकारले अगाडि बढाएको बताए । उनले भने, ‘राजधानी तोक्ने विषय पुनर्विचार हो । समितिको प्रतिवेदनमाथि छलफल भएन । प्रतिवेदन सभामा पेश गरौ । भालुवाङ राजधानी लैजाने आधार के ?’ उनले लुम्बिनी अञ्चलका सांसदको भावना विपरीत दाङ राजधानी सार्न नहुने बताए । उनले थपे, ‘बुटवलप्रति कुनै सरोकार राखिएन । हामीले भालुवाङ देखेका पनि छैनौं ।’

सबैको साझा विन्दु कपिलवस्तु : नेकपा सांसद पन्थी 

नेकपा सांसद विष्णु पन्थीले कपिलवस्तु राजधानीका लागि सबैभन्दा उपयुक्त रहेको बताए । ‘कपिलवस्तु ऐतिहासिक ठाउँ हो । सबैको मिश्रित बसोबास भएको ठाउँ कपिलवस्तु हो । गलत निर्णय गरेर गलत ठाउँमा राजधानी लगे सर्नेछ । कपिलवस्तु राजधानी बनाए सबैले जित्नेछन् ।’

सबैको पायक पर्ने ठाउँ कपिलवस्तु : यादव

जनता समाजवादी पार्टीका सांसद सहश्रराम यादवले संसदको दुईतिहाइको बलमा राजधानी टुंग्याउने प्रस्तावमाथि सबै राजनीतिक दलहरू बोल्नुपर्ने बताए । उनले दुईतिहाइ नभई सहमतिको आधारमा राजधानीको विषय टुंगो लगाउनुपर्ने धारणा राखे । ‘सहमतिको आधारमा विकल्प खोजौ । १२ जिल्लाको पायक पर्ने ठाउँ कपिलवस्तु राजधानी हुनुपर्छ,’ उनले भने ।

संघीयता आवश्यक छैन, अहिलको विरोध त्यसको ट्रेलर हो : राजमो सांसद

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले नेपालका लागि संघीयता आवश्यक नै नभएको बताइन् । उनले उनले, भनिन्, ‘जनताले संघीयता चाहेकै छैनन् । नेपालमा संघीयता विदेशीको उद्देश्य पूरा गर्ने ल्याइएको विष वृक्ष हो । अहिलो विरोध यसको ट्रेलर हो । एकातिर रुवाबासी अर्कोतिर खुशीयाली देखियो ।’

दाङ उपयुक्त छ : नेकपा सांसद रिजाल

नेकपा प्युठानका सांसद हरि रिजालले प्रदेश सरकारले ल्याएको स्थायी राजधानी र नामकरणको नयाँ ठाउँ उपयुक्त रहेको बताए । उनले भने, ‘अहिलेको तोकिएको ठाउँ ठीक र सुरक्षित छ । वातावरण, खानेपानी र भौगोलिक हिसावसले उपयुक्त छ । देउखुरीलाई नयाँ शहर बनाउन सक्छौं । देउखुरीले सबै जिल्लाका जनतालाई समेट्छ । लुम्बिनीबासीलाई गौरवान्वित बनाउँछ ।’

केन्द्रको आदेशले केन्द्र टुंग्याउने भए किन यति समय अल्झाइयो : यादव

जनता समाजवादी पार्टीका सांसद विजयबहादुर यादवले केन्द्रबाट आदेश ल्याएर राजधानी तोक्ने हो भने किन यति लामो समयसम्म अल्झाइयो भन्दै प्रश्न गरे । उनले प्रदेशको नाम थारुहट राख्नुपर्ने बताए । ‘प्रदेशको सीमांकन मिलेको छैन । अहिलेको विवाद पनि त्यही हो । दाङ राजधानी लैजाने निर्णयको स्वागत गर्छु,’ उनले भने ।  

विशेष समितिले प्रतिवेदनले अनुसार नै दाङ 

नेकपा सांसद दीपेन्द्र पुनले विशेष समितिको प्रतिवेदन अनुसार नै दाङ राजधानीको प्रस्ताव आएको धारणा राखे । ‘हामीले दाङ र रुपन्देहीलाई आधार मानेर प्रतिवेदन बुझाइएको छ । सरकारको प्रस्तावको स्वागत गर्नेछु,’ उनले भने ।

प्रस्ताव उपर संशोधन राख्न १८ घण्टाको समय दिएर बैठक मंगलवारसम्मको लागि स्थगित गरिएको छ । बैठक मंगलवार दिउँसो १२ बजे बस्नेछ । संशोधन प्रस्ताव दर्ता नभए मंगलवार नै मतदान गरी प्रदेश राजधानीको टुंगो लाग्ने जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x