भर्चुअल माध्यमबाट तेक्वान्दोः सेनाले जित्यो १ स्वर्णसहित ४ पदक

कोरोनाभाइरसको कहरका कारण बंगलादेश तेक्वान्दो फेडेरेशनको आयोजनामा असोज १७ र १८ गते अर्चुअल माध्यममार्फत नै पहिलो पटक तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। 
पहिलो बंगलादेश तेक्वान्दो (पुम्से) इन्टरनेशनल लाइभ च्याम्पियनसिप–२०२०’ मा सहभागी भएको नेपाली सेनाका खेलाडीले समेत ४ पदक जित्न सफल भएका छन् । 

त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आयशा शाक्यले स्वर्ण पदक जितिन् भने सिना मादेन र नीता गुरुङले रजत तथा कृष्ण बहादुर तामाङले रजत पदक जिते । 


Advertisement

प्रतियोगितामा विभिन्न १९ देश बाट ३४४ खेलाडीहरु सहभागी भएका थिए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्