×

NMB BANK
NIC ASIA

यी हुन् दाङको पक्षमा र लुम्बिनीको विपक्षमा मतदान गर्ने सांसदहरू

असोज २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशको प्रदेश सभाले मंगलवार प्रदेशको नाम र राजधानीको टुंगो लगाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभा स्थापना भएको ३१ महिना २९ दिनमा प्रदेशले स्थायी राजधानी दाङ र लुम्बिनी प्रदेश नामकरण प्राप्त गरी बुटवलबाट १०० किलोमिटर टाढा दाङ स्थायी केन्द्र कायम भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रदेश बनाउन प्रदेश सभामा गत शुक्रवार पेश गरेको प्रस्तावको पक्षमा मंगलवार दुईतिहाइभन्दा बढी मतका साथ प्रस्ताव पारित भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभामा भएको मतदानमा दाङ राजधानीको पक्षमा ६९ र विपक्षीमा १३ मत परेका छन् । राजधानी दाङ राख्ने पक्षमा नेकपाका ६०, कांग्रेसका ५ र जनता समाजवादी पार्टीका ४ सांसदले मतदान गरेका छन् । नेकपाले दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो भने कांग्रेसले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । 

Vianet communication
Laxmi Bank

नेकपा सांसदले पार्टीको ह्वीपको विपक्षमा मतदान गरेनन् भने कांग्रेस सांसदका ५ जना सांसदले पार्टी ह्वीप विपरीत दाङको पक्षमा मतदान गरे । कांग्रेसका दाङ, बाँके र बर्दियाका सांसदले दाङ राजधानी बनाउने पक्षमा मतदान गरेका छन् । 

दाङको पक्षमा मतदान गर्ने कांग्रेस सांसदहरू डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, भुवनेश्वर चौधरी, शंकर गिरी, मोहम्मद याकुर अन्सारीले दाङ राजधानी बनाउने पक्षमा मतदान गरे भने कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल बैठकमा सहभागी भएनन् ।

जनता समाजवादीका २ सांसद सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेले मतदानमा भाग लिएनन् भने जसपाकै ४ जना सांसदले राजधानी दाङको पक्षमा मतदान गरे । 

लुम्बिनी प्रदेश नामको पक्षमा ७९ र विपक्षीमा ४ मत खस्यो । लुम्बिनी प्रदेशको विपक्षीमा जनता समाजवादी पार्टीका ४ सांसदहरू सुमन शर्मा रायमाझी, पुर्मती ढेगा, सहसराम यादव र वीरेन्द्रबहादुर चौधरीले विपक्षमा मतदान गरे । यी ४ जनाले दाङ राजधानीको पक्षमा मतदान गरेका थिए । ८७ सदस्यीय प्रदेश सभामा ८२ मत खसेको थियो ।

प्रदेश सभामा नेकपामा ६१, कांग्रेसका १९ र जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x