२७ जेठ २०८३, बुधबार

संसारकै सबभन्दा लामो गोडा भएकी किशोरी

चैत २०, २०७७
संसारकै सबभन्दा लामो गोडा भएकी किशोरी

अमेरिकाको टेक्ससमा बस्ने १७ वर्षीया म्याकी क्युरिनको लामो गोडाले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेको छ । 

६ फीट १० इन्च अग्ली म्याकीले गोडैका कारण कीर्तिमान बनाएकी छन् । 

उनको दाहिने गोडा १३४.३ सेन्टीमिटर छ भने देब्रे गोडा १३५.३ सेन्टीमिटर छ । 
 

गिनिजको वेबसाइटमा लेखिएको छ ः असामान्य शारीरिक विशेषता भएका मानिसले लाज मान्नुपर्दैन भनी म्याकीले बताइन् । आफ्नो रेकर्डले सबै अग्ला महिलालाई प्रेरित गर्ने उनले बताइन् । 
 

म्याकीलाई लामो गोडाका कारण अलिअलि दुःख त हुन्छ तर उनले यसको फाइदा पनि उठाउने गरेकी छन् । 

उनी सामाजिक सञ्जालमा चर्चित छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्