रिया चक्रवर्तीलाई अदालतले गर्‍यो सशर्त जमानतमा रिहा

लागूऔषध मुद्दामा केही समयदेखि कारागारमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे हाईकोर्टले बुधवार सशर्त जमानतमा रिहा गर्ने आदेश दिएको छ । 

तर रियाका भाइ शोभिक र लागूऔषध बेच्ने बासित परिहारको जमानतको निवेदन अदालतले खारेज गरेको छ । 
 


Advertisement

सुशान्तका स्टाफ म्यानेजर स्यामुएल मिरान्डाले पनि जमानत पाएका छन् । 

अदालतले जमानत दिएकोमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले त्यसविरुद्ध पुनरावेदन गर्ने बताएको छ । 
 


Advertisement

रियालाई १ लाख भारुको निजी मुचुल्कामा जमानत प्राप्त भएको छ । उनले पासपोर्ट बुझाउनुपर्नेछ अनि मुम्बईबाहिर जानका लागि स्वीकृति लिनुपर्ने हुन्छ । 
 

रियालाई सेप्टेम्बर ८ मा पक्राउ गरिएको थियो । उनले सुशान्त सिंह राजपूतका लागि लागूऔषध किन्ने गरेको आरोप छ । 
 

रियाले जमानत पाएपछि उनका वकिल सतीश मानशिन्देले भने, ‘बम्बे हाईकोर्टले रियालाई जमानतमा छोड्ने आदेश दिँदा हामी खुशी छौं । सत्य र न्यायको जीत भएको छ । अन्ततोगत्वा न्यायाधीश सारंग कोटवालले तथ्य र कानूनलाई स्वीकारे ।’ 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्