×

NMB BANK
NIC ASIA

कोरोनाले गाँस खोजेका मजदूर

'तपाईंले समाचार लेखेर के हुन्छ र, बरू जागिर खोज्दिनुस् न !'

असोज २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खोटाङकी संगीता राई ललितपुरको महालक्ष्मीस्थान चोकमा बिहान ८ बजे आइपुग्छिन् ।

Muktinath Bank

सबेरै उठेर खाना पकाएर छोराछोरीलाई खुवाएपछि महालक्ष्मीस्थान चोकमा आएर कुर्ने उनको दैनिकी हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी चोकमा काम पाइने आशमा आउँछिन् । दैनिक चोकमा २ देखि ३ सय जना जम्मा हुन्छन्, उनी पनि त्यही भीडमा मिसिन्छिन् । बिहान ८ बजेदेखि १० बजेसम्म बस्छिन् । 


Advertisment
Nabil box
Kumari

कोही ठेकदार वा साहु आएको खण्डमा काम पाउँछिन्, होइन भने निराश भएर फर्किनुको विकल्प छैन । 

Vianet communication
Laxmi Bank

उनी दैनिक ज्यालादारीमा घरमा रङ लगाउने बालुवा/इँट्टा बोक्ने काम गरेर जीवन चलाउँदै आएकी छन् ।

खोटाङबाट ४ वर्ष अगाडि काठमाडौं आएकी संगीताको चोकमा आएर काम खोज्नु र ज्याला गरेर पेट पाल्नु दैनिकी नै हो ।

काम पाएको खण्डमा एक दिनमा ७ सय रुपैयाँ कमाउँछिन् । हप्ता दिनसम्म काम नपाएको खण्डमा ७ सय रुपैयाँले हप्ताभर टार्नुपर्छ ।

कहिलेकाहीँ महिना दिनसम्म पनि काम पाइन्छ त्यो बेलामा उनी ढुक्क हुन्छिन् । खाना खाएर महिनामा २१ हजार रुपैयाँ कमाउँछिन्, त्यसैले घरभाडा तिर्छिन् ।

छोराछोरीको स्कूलको शुल्क तिर्छिन् । कमाइ नहुने महिनामा भने सापटी लिएर चलाउनुपर्छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सरकारले गरेको बन्दाबन्दी यता उनी ऋणमा छिन् ।

पहिलो ३ महिना त कामै चलेन ऋण लिएर छोराछोरीको भोको पेट भरिन् । 

‘लकडाउनको ३ महिना ऋण लिएर चलाएँ, पेट पाल्नै पर्‍यो,’ संगीताले लोकान्तरसँग भनिन्, ‘त्यसपछि अलिअलि काम पाएँ, तर खान मात्रै ठिक्क भो ऋण तिर्न सकेको छैन ।’

अहिले महिनामा सरदर १२/१४ दिन काम पाउँछिन्, तर त्यसले खान त पुग्छ, कोठाभाडा तिर्न र लत्ताकपडा किन्न भने पुग्दैन । 

दशैं आउन लागेको छ तर उनीसँग गोजीमा सय रुपैयाँ पनि छैन । दशैंका लागि केही कमाउन सकिन्छ कि भनेर चोकमा भौँतारिँदै छिन्, उनी ।

‘दशैंमा सबै घर जाने कुरा गर्छन्, तर आफूसँग त खर्च छैन कसरी जाने ? हामीलाई दशैं आएको भन्दा नआएकै ठीक छ,’ संगीताले भनिन्, ‘बिहानबेलुका के खाने त्यो चिन्ता छ, दशैंमा घर जाने मीठो खाने त सपनामा मात्र हो ।’

‘बरु हामीलाई काम चाहिएको छ, काम दिए खान त सकिन्थ्यो,’ संगीताले थपिन् ।

***

संगीतासँगै भेटिएकी माया राईको पीडा पनि उस्तै छ ।

खोटाङकी माया संगीताकी साथी हुन्, तर उनको विवाह भएको भने छैन ।

घरभाडा तिर्न अनि आफ्नो र परिवारको पेट पाल्नका लागि ज्याला मजदुरी गर्न महालक्ष्मीस्थान चोकमा संगीतासँगै आउँछिन्, उनी । 

घर बुढा बा-आमा छन् । कमाएर उनीहरूको पेट पाल्ने दायित्व पनि मायाकै काँधमा छ ।  ‘गिट्टीबालुवा बोकेर बुवाआमालाई पालेकी छु, आजभोलि त पनि काम पाइँदैन,’ मायाले लोकान्तरसँग भनिन् ।

उनले प्रतिप्रश्न गरिन्, ‘तपाईंले फोटो खिच्नुभन्दा हामीलाई काम खोज्दिनुस् न ! कमसेकम हामीले खान पाउँथ्यौं । पत्रिकामा छापेर सरकारले जागिर दिने होइन, बरु तपाईंकै अफिसमा जागिर दिनुस् ।’

मायाले थपिन्, ‘पुलिसले त झन् भीडभाड भयो भन्दै हामीलाई लखेट्छ । काम गर्न दे, ज्याला मजदुरी गर्नेलाई नलखेट भनेर लेख्नुस् न बरू ।’

मायालाई कोरोना भाइरसको भन्दा पनि कामको चिन्ता छ । 

‘मान्छे यहाँ भोकले मरिएला जस्तो छ, भाइरस साइरसले केही गर्दैन,’ मायाले आफ्नो दुःख पोखिन् ।

कोरोनाको डरले साहुहरू काम लिएर नआउँदा उनीहरू मर्कामा छन् ।
***
गोरखाका प्रेमबहादुर राना मगर पनि महालक्ष्मीस्थानमा काम खोज्न आएका मध्ये एक हुन् ।  उनी मिस्त्री हुन् । काम पाएको खण्डमा दैनिक १३ सय रुपैयाँ कमाउँछन्, नभए दिनभरि यत्तिकै बित्छ । 

ललितपुरको महालक्ष्मीस्थान नजिकै डेरा गरी बस्छन्, उनी । दशैंमा बुवाले नयाँ कपडा लिएर आउनुहुन्छ भनेर घरमा छोराछोरी आश गरी बसेका छन्, तर उनको अहिले कमाइ छैन । 

छोराछोरीलाई लत्ताकपडा लाने त परको कुरा भाडा तिर्ने समेत चिन्ता छ उनलाई ।

‘अहिले भाडा मात्रै ८ सय लिन्छ रे, छोराछोरी आश गरेर बसेका छन्,’ प्रेमले लोकान्तरसँग भने, ‘सानी छोरीले लेहेंगा भनेकी छे, मेरो अवस्था यस्तो छ ।’

अहिलेको दशैंमा कोरोनाभाइरसका कारणले आउन नपाएको बताउने योजना रहेको प्रेमले बताए । 

‘खर्च भए पो जाने, कोरोनाभाइरस छ आउँदिनँ भन्छु भन्ने सोचेको छु । अब सापट गरेर दशैं खर्च भनेर १० हजार आईएमई गरिदिनुपर्ला,’ उनले लोकान्तरसँग आफ्नो योजना सुनाए ।

ललितपुरको महालक्ष्मीस्थानमा कामको खोजीमा दैनिक ३ सयसम्म श्रमिक भेला हुन्छन् ।

श्रमिक आवश्यकता पर्दा साहु वा ठेकेदारहरू आएर लैजान्छन्, नत्र कुरेरै समय बित्छ ।

आजभोलि त बिहानभरि कुरेर घाम छिप्पिएपछि घर फर्किनु उनीहरूको दैनिकी नै बनिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x