×

NMB BANK
NIC ASIA

चीनप्रति विकसित देशहरूमा नकारात्मक धारणा

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विकसित देशहरूमा विगत एक वर्षमा चीनप्रति नकारात्मक धारणा बढेको एक नयाँ सर्वेक्षणले देखाएको छ । 

Muktinath Bank

पिउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा चीनले अमेरिकाको भन्दा राम्रोसँग कोभिड महामारी व्यवस्थापन गरेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वेक्षण १४ वटा देशमा गरिएको हो । 


Advertisment
Nabil box
Kumari

जुन १० देखि अगस्ट ३ सम्म गरिएको सर्वेक्षणमा सर्वेक्षण गरिएका सबै देशमा बहुसंख्यक जनताले चीनप्रति नकारात्मक धारणा राखेको पाइयो । 

Vianet communication
Laxmi Bank

कुल १४ हजार २७६ जना वयस्कलाई टेलिफोनबाट सर्वेक्षण गरिएको थियो ।

कोभिड–१९ को पृष्ठभूमिमा सर्वेक्षणको यस्तो परिणाम आएको हो । महामारी बन्नुअघि यो रोग चीनमा पहिलोपटक देखिएको थियो । 

अनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नोेभेम्बर ३ मा हुने निर्वाचन पुनः जित्नका लागि चीनको कठोर आलोचना गरिरहेकाले पनि मानिसहरूको धारणालाई प्रभावित पारेको देखिन्छ । 
 

पिउको प्रतिवेदनमा सर्वेक्षण गरिएका मुलुकहरूमा ६१ प्रतिशतले महामारी व्यवस्थापनमा चीनले राम्रो काम नगरेको बताए भने ३७ प्रतिशतले राम्रो काम गरेको धारणा राखे । 

अमेरिकाले गरेको कोरोना व्यवस्थापनको चीनको भन्दा बढी खराब रहेको सर्वेक्षणले देखाएको छ । ८४ प्रतिशत व्यक्तिले अमेरिकाको व्यवस्थापनप्रति नकारात्मक धारणा राखे । 

चीनका राष्ट्रपति सी चिनफिङमा मानिसको विश्वासका सम्बन्धमा पनि यही कुरा लागू भयो । १४ देशमा औसत ७८ प्रतिशत व्यक्तिहरूले विश्व मामिलामा सीले सही काम गर्नेछन् भन्नेमा खासै विश्वास नगरेको पाइयो । 

चीनले कोरोना व्यवस्थापन राम्रो गरेको भनी प्रतिक्रिया जनाउनेहरूमध्ये पनि १० मा चारले मात्र सीलाई विश्वास गर्ने बताए । 

तर सीको उदयका सम्बन्धमा चिन्ता व्यक्त भइरहेपनि सर्वेक्षणमा धेरै मानिसले ट्रम्पभन्दा सीमै विश्वास गरेको बताए । जर्मनीमा ७८ प्रतिशतले सीमा विश्वास नरहेको बताउँदा ८९ प्रतिशतले ट्रम्पमाथि विश्वास नगर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x