चीन र पाकिस्तानले पीओकेमा खोजिरहेछन् क्षेप्यास्त्र राख्ने ठाउँ

पाकिस्तानअधीनस्थ कश्मीरमा पाकिस्तानले चीनको सहायता लिएर जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरू राख्ने ठाउँ खोजिरहेको एक भारतीय अधिकारीले बताएका छन् । 

भारतसँगको सीमा नजिक नै दुई देशले यस्तो ठाउँको खोजी गरिरहेको उनको भनाइ छ ।


Advertisement

एक शीर्ष अधिकारीले बताए, ‘चीनको जनमुक्ति सेनाका टुकडीहरू पाकिस्तानका १२ वटा स्थलसेना ब्रिगेडका साथ पाकिस्तानअधीनस्थ देओलियन र जुराभन्दा परका क्षेत्रमा खोजी गरिरहेका छन् ।’

त्यसो त पाकिस्तानअधीनस्थ कश्मीरमै लसाडना ढोक नजिक पाउली पीरमा दुई देशका सेनाले मिलेर निर्माण कार्य अघि बढाइरहेका छन् । पाकिस्तानी सेनाका लगभग १२० जवान र २५ देखि ४० नागरिक निर्माणस्थलमा काम गरिरहेका छन् । 


Advertisement

क्षेप्यास्त्र प्रणालीको कन्ट्रोल रूम पीओकेको हेडक्वार्टरमा हुनेछ । तीन अधिकारीहरू सहित दश पीएलए सैनिकहरूलाई नियन्त्रण कक्षमा तैनाथ गरिनेछ । 

यसैबीच भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले पाकिस्तान र चीनको द्विपक्षीय अभ्यास हालैका दिनमा बढेको बताए । यसमा भारतले सूक्ष्म नजर राखिरहेको उनले बताए । 

विवादित सीमाहरूमा एकै समयमा सक्रिय रहेका चीन र पाकिस्तानको सामना गर्न भारतले सशस्त्र बलहरूको अधिकतम क्षमताको उपयोग गरेको उनको भनाइ छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्