×

NMB BANK
NIC ASIA

निजी स्कूलका शिक्षक–कर्मचारीले पाएनन् तलब

असोज २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरू भएयता ६ महिनाको तलब पाएका छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

मुनाफा हुँदा सञ्चालकले मात्र पाउने तर संकट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनुपर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले अडान लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय सञ्चालकको नेतृत्व गरिरहेका प्याब्सन र एनप्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

दुवै पक्षबीच पटक–पटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा बिहीवार भएको औपचारिक वार्ता विना निष्कर्ष टुंगियो । इस्टुका झापा अध्यक्ष होमराज खतिवडाले दशैं संघारमा आइसक्दा पनि श्रम गरिरहेको विद्यालयबाट आधा वर्षकै तलब नपाउनु त्यसबाटै परिवारको भरणपोषण गरिरहेका शिक्षक तथा कर्मचारीका लागि मार्मिक समस्या भएको बताए ।

Vianet communication
Laxmi Bank

झापामा ४०० निजी विद्यालय र त्यसमा करीब ५ हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् । ती सबै विद्यालयले कोभिड–१९ का कारण चैतमा बन्दाबन्दी शुरू भएयता ६ महिनाको तलब दिएका छैनन् । जम्मा ११४ वटा विद्यालयले फागुन र माघ महिनाको समेत तलब नदिएको खतिवडाले बताए ।

इस्टुका जिल्ला अध्यक्ष खतिवडाले ६ महिनाको तलब अहिले एकै पटकमा दिन नसक्ने भए १ महिनाको तलब र दशैं खर्च तत्काल दिन र बाँकी तलब क्रमशः दिँदै जान आग्रह गर्दा समेत विद्यालय सञ्चालक नमानेको बताए । ‘हाम्रा जायज माग बेवास्ता गरिए विद्यालय ठप्प पार्ने आन्दोलन गर्नुको विकल्प अब बाँकी रहेन,’ इस्टुका जिल्ला अध्यक्ष खतिवडाले भने, ‘स्कूलका भवन रहने, गाडी रहने, अनलाइन कक्षा चल्ने, बिहान ६ देखि बेलुका ६ बजेसम्म शिक्षकले अनलाइनका लागि खट्नुपर्ने तर शिक्षक कर्मचारीले तलब चाहिँ नपाउने कुरा मान्य हुँदैन ।’

परिवारको भरणपोषण गर्नैका लागि शिक्षक तथा कर्मचारीले निजी विद्यालयमा घोटिएर जागिर खाएको जनाउँदै उनले चाडबाडको मुखमा भोकभोकै बस्नुपर्ने दयनीय अवस्थाप्रति सरकारको ध्यान जानुपर्ने बताए । प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले ६ महिनासम्म विद्यालय बन्द भएका कारण सबै तलब एकैचोटी भुक्तानी गर्न नसकिने बताए ।

‘हामीले तलब दिँदैनौं भनेका छैनौं,’ उप्रेतीले भने, ‘खाली हात नहुने गरी कुन मोडालिटीमा तलब दिन सकिन्छ भनेर कसरत गरिरहेका छौं ।’ 

कोभिड–१९ को महामारीले शिक्षक र कर्मचारीलाई मात्र नभएर विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थी सबैलाई मारमा पारेको हुँदा बन्दाबन्दी अवधिको तलबका विषयमा लचकदार भएर निकास निकाल्नुपर्ने उनको धारणा छ ।

लामो अवधिदेखि तलब नपाउँदा शिक्षक र कर्मचारीको चुल्हो निभ्ने अवस्था आएको इस्टु भद्रपुरका अध्यक्ष द्रोण अधिकारीले बताए । हजारौं श्रमजीवीले तलब नपाएर समस्या भोगिरहनु परेको अवस्थाप्रति सरकारले पनि बेवास्ता दर्शाएको उनको गुनासो थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x