२७ जेठ २०८३, बुधबार

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

असोज २२, २०७७
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ निवासी ८३ वर्षीय पुरुष हुन् । 

गत असोज १३ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरी उपचार भइरहेकोमा उनको बिहीवार बिहान १० बजेर ४३ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो । 

ती वृद्ध उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी समेत थिए । कोभिड–१९ पोजेटिभ भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको अस्पतालका प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।   

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्