×

NMB BANK
NIC ASIA

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

असोज २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल शिक्षक महासंघले ११ र १२ कक्षाको नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सत्ताइसौं विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको बिहीवारको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरू नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहे पनि शिक्षकलाई तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि आग्रह गरे । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्ले २०७६ भदौ २० गते संविधान र संघीयता अनुकूल हुने गरी विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप ल्याएको थियो । नयाँ व्यवस्थानुसार १० कक्षापछि माध्यमिक शिक्षाको निरन्तरतास्वरूप ११ कक्षालाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रदेखि यसको कार्यान्वयन शुरू भएको जनाइसकेको छ ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष थापाले नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन शिक्षा सेवा आयोगको नियमावली परिवर्तन चाँडो गर्न पनि माग गरे । उनले विद्यालय समायोजन (मर्ज) हुँदा शिक्षक कर्मचारीलाई हटाउन नहुने र दरबन्दी मिलान गर्दा प्रधानाध्यापकलाई दरबन्दी कायम नगर्ने सहमति कार्यान्वयन हुनुपर्ने जनाउँदै शिक्षक विद्यार्थी अनुपातको नयाँ मापदण्ड हिमाल, पहाड र तराईमा क्रमशः ३०, ३५ र ४० हुनुपर्ने अडान राखे ।

Vianet communication
Laxmi Bank

छलफलमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक रुपान्तरणका लागि शिक्षक र शिक्षा पत्रकार कुनै न कुनैरुपमा एउटा विन्दुमा उभिनुपर्नेमा जोड दिए भने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक समुदाय र शिक्षा पत्रकारिता क्षेत्रबीचको निरन्तर जागरुकता नभएमा शैक्षिक रुपान्तरण सम्भव नहुने जनाए । 

पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड– १९ पछिको स्थितिमा वैकल्पिक माध्यमबाट भइरहेको सिकाइ प्रक्रियाबारे वस्तुगत अध्ययन र सम्प्रेषणका लागि शिक्षक र पत्रकारिता क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x