२६ जेठ २०८३, मंगलबार

कपडामा चुइङ्गम टाँसियो भने यसरी सजिलै हटाउन सकिन्छ

कात्तिक ६, २०७८
कपडामा चुइङ्गम टाँसियो भने यसरी सजिलै हटाउन सकिन्छ

चुइङ्गम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्न त्यति नै झन्झटिलो मानिन्छ । धेरैले चुइङ्गमको रस सकिएपछि बाँकी रहेको छोक्रा जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् ।

यस्तो चुइङ्गम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । जसले गर्दा महँगो मूल्यमा खरिद गरेको पहिरन लगाउनै नपाउने अवस्था उत्पन्न हुन सक्छ । चुइङ्गमलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा झनै यस्तो समस्या हुने हो । टाँसिएको चुइङ्गमलाई कपडामा असर नपर्ने गरी हटाउने केही तरिका यस्ता छन् -  

हेयर ड्रायरको प्रयोग
चुइङ्गम टाँसिएको कपडालाई हेयर ड्रायरको मद्दतले सजिलै हटाउन सकिन्छ । ड्रायरबाट निस्कने तातो हावाले चुइङ्गमको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइङ्गम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ ।

लन्ड्री साबुनको प्रयोग
चुइङ्गम लागेको स्थानमा लन्ड्री साबुन प्रयोग गरेर पनि हटाउन सकिन्छ । चुइङ्गम टाँसिएको स्थानमा लन्ड्री साबुन लगाएपछि टुथब्रसको मद्दतले चुइङ्गम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइङ्गमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ ।

आइरनको प्रयोग
चुइङ्गम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइङ्गमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइङ्गम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ ।

आइस प्याकको प्रयोग
कपडामा लागेको चुइङ्गम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइङ्गम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइङ्गम आफैँ कपडाबाट छुट्टिएर खस्छ ।

भिनेगरको प्रयोग
सफा भिनेगरलाई तातो बनाएर चुइङ्गम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइङ्गम हटाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्