मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला ।
धृतराष्ट्रका पाच पाण्डवका काका हुन् । जो जन्मदै आँखा नदेख्ने भएका कारण कुलको जेठो हुँदा हुँदै पनि राजा बन्न पाएका थिएनन् । उनको सट्टा वलवान तथा ज्ञानी उनकै भाइ पाण्डु राजा बनेका थिए ।
तर पाण्डुको अल्पायुमै निधन भएपछि राजा बन्ने अवसर पुन अन्धा राजा धृतराष्ट्रमा गएको थियो ।
पाण्डुका पाँच छोरा सानै थिए भने धृतराष्ट्रका छोरा दुर्योधनसहित १०० भाइपनि सानै थिए ।
जब उनीहरुको शिक्षादिक्षा सकियो र युवराज घोषणा गर्ने बेला भयो त्यतिवेला देखिनै युवराज कसलाई घोषणा गर्ने भन्ने धृतराष्ट्र अन्योलमा परे । राजसभा, महामन्त्री विदूर, भीष्मपितामह लगायतकाले पाण्डु राजा भएको र उनको निधन भएका कारण धृतराष्ट्रले राजाबन्ने अवसर पाएको र पाण्डुका पुत्रहरु नै योग्य भएका कारण युधिष्ठिरलाई युवराज घोषणा गर्नुपर्ने र राजा बनाउनुपर्ने पक्षमा थिए ।
उता धृतराष्ट्र भने आफू कुरु बंशको जेठो सन्तान भएको तर आखा नदेखेका कारण मात्र राजा बन्न नपाएका कारण आफ्नो छोराले युवराज बन्ने अवसर पाउनुपर्छ भन्ने सोच्दथे । तर, उनका छोरा दुर्योधन भने घमण्डी, कुसंस्कारी, व्यभिचारी भएका कारण जनताले पनि उनलाई मन पराउँदैन थिए ।
विदुरले आफ्नो राजनीतिक आदर्श र भीष्मपितामहको विद्वताले केही गलत हुन दिइरहेको थिएन ।
तर, महाभारतका एक यस्ता पात्र थिए जसले सधै पाण्डुको विरोध र अन्धा भएका कारण राजा बन्न नपाएको भन्दै धृतराष्ट्रलाई पाण्डु र उनका पुत्र विरुद्धको भावना भड्काइरहन्थे । उनी थिए शकुनी ।
महाजार धृतराष्ट्रका साला एवं महारानी गान्धरीका भाइ शकुनीका कारण नै महाभारत युद्ध हुन पुगेको थियो । उनी आफ्ना भान्जा दूर्योधन राजा बनेको हेर्न चाहन्थे । यती मात्र होइन उनीसँग कुरु वंशको रिस पनि थियो ।
०००
धृतराष्ट्रको विवाह गान्धार देशकी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुले भने अनुसार उनको विवाह एक बाख्रासँग भएको थियो । पछि त्यो बाख्रोलाई बलि दिइएको थियो ।
यो कुरा गान्धारीको विवाहको समयमा लुकाइएको थियो । जब धृतराष्ट्रले यो कुरा थाहा पाए तब उसले गान्धारका राजा सुबाला तथा उसका १०० छोरालाई जेल सजाय दिएका थिए ।
उनले एक एक गरेर सुबालाका सबै छोरालाई मार्न थाले । उनीहरुलाई खानका लागी एक मुठ्ठी चामल मात्र दिन्थे ।
सुबालाले आफ्नो सबैभन्दा सानो छोरा सकुनीलाई प्रतिशोधका लागि तयार गरेका थिए । सबैले आफ्नो हिस्साको चामल सकुनीलाई दिन्थे किनकी उनी जिवित रहन सकुन् र कौरवको नास गर्न सकुन् ।
मृत्यु भन्दा पहिला सुबालाले धृतराष्ट्रसँग शकुनीलाई छाड्न गरेको बिन्तिलाई धृतराष्ट्रले माने । सुबालाले शकुनीलाई आफ्नो शरीरको हाडबाट पासा बनाउन भने । त्यही पासा कौरव वंश विनाको कारण बने ।
शकुनीले हस्तिनापुरमा सबैको विश्वास जिते र १०० भाइ कौरबको अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिर विरुद्ध भड्काएनन् मात्र महाभारतको युद्धको लागि आधारपनि तयार गरेका थिए ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...