×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सभाले स्थायी राजधानी र नामकरणको विषय झण्डै ३ वर्षपछि टुंगो लगाएको दिन गत मंगलवार प्रदेश सभामा मतविभाजन हुँदा सांसद सुष्मा यादव अग्रपंक्तिमा नै थिइन् । यादव प्रदेश सभाकी कान्छी माननीय हुन् ।

Muktinath Bank

प्रदेशसभा स्थापना भएको लामो समयपछि राजधानीको विषय टुंग्याउँदा उनको मनमा ठूलो हर्ष थियो । किनभने कपिलवस्तुका जनताले उनलाई पटक–पटक ‘सांसदज्यू राजधानी र नामकरणको विषय कहिले टुंगो लाग्छ’ भनेर सोध्ने गर्थे । त्यसको जवाफ कामबाटै दिने समय आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकमा संघीयता कार्यान्वनसँगै २०७४ सालमा प्रदेश सभामा छिर्दा सांसद यादव २७ वर्षकी थिइन् । २०४७ पुस १ गते कपिलवस्तुको मायादेवी गाउँपालिका–१ सेमरामा जन्मिएकी हुन् यादव ।


Advertisment
Nabil box
Kumari

२०६३ सालदेखि तत्कालीन एमालेको भातृ संगठन युथ फोर्सबाट राजनीतिमा आवद्ध भएकी यादवलाई १० वर्षको कम अवधिमै प्रदेश सांसद बन्ने अवसर जुर्‍यो । उनी नेकपा कपिलवस्तुबाट प्रदेश सभाकी समानुपातिका सांसद हुन् ।

Vianet communication
Laxmi Bank

‘राजनीति सोचेजस्तो हुने रहेनछ । बिस्तारै बुझ्दै छु । मधेशकी चेली म केही माथि उठेर संसदसम्म आइपुगेकी छु । मधेशमा पछाडि परेका महिला, मधेशी महिला र बालबालिकाको उत्थानको क्षेत्रमा काम गर्ने धेरै मन छ,’ उनी भन्छिन्, ‘राजनीतिमा जे देखिन्छ, त्यो नहुने । नसोचेको कुरा झयाप्पै भइहाल्ने रहेछ । तर पछाडि परेको मधेशका बारेमा योजना र कार्यक्रममा भन्दा अन्यमा जोड देखिने रहेछ ।’

प्रदेशको स्थायी राजधानी तोक्ने विषयले पनि उनलाई अचम्म लागेको छ । पार्टीका केही नेताले राजधानी र नामकरणको प्रस्ताव छिट्टै आउँदैछ भनेर भने पनि एक्कासी आउँला भन्ने उनलाई लागेको थिएन । प्रस्ताव आएर प्रदेश सभामा पेश हुँदाको दिन उनी कपिलवस्तु थिइन् । 

यादव अहिले नेकपा कपिलवस्तुकी जिल्ला सदस्य हुन् । उनका पति काशीराम यादव पनि राजनीतिमै लागेकाले सुष्मालाई विवाहपछि पनि राजनीतिमा अगाडि बढ्न सहज भएको अनुभव सुनाउँछिन् उनी । उनका बुवा वृजलाल यादव तत्कालीन एमालेबाट गाविस अध्यक्ष थिए । 

बुवा राजनीतिमा लागेको देखेपछि उनलाई पनि राजनीति बुझ्ने अवसर बनेसँगै एसएलसी उत्तीर्ण गरिन् । बिहेपछि उनका पति माओवादी जनयुद्धमा समेत लागेकाले उनी पनि पार्टी परिवर्तन गरी माओवादीमा आवद्ध भइन् । किनभने उनका पति काशीराम माओवादी थिए ।

माओवादीमा आवद्ध भएपछि उनी कपिलवस्तुको दक्षिणी क्षेत्रमा संगठन विस्तारसँगै पार्टीका विभिन्न काममा खटिइन् । राजनीतिसँगै उनले कपिलस्तुको तौलिहवा बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण समेत गरिन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा उम्मेदवाहरू पूर्व कृषिमन्त्री चक्रपाणि खनाल, प्रदेससभा सांसद विष्णु पन्थी लगायतका नेतालाई निर्वाचनमा जिताउन सधै खटिरहिन् । उनको जिम्मा कपिलवस्तुको दक्षिणी क्षेत्र थियो । यादव खटिएको क्षेत्रमा दुवै उम्मेदवार विजयी भए । त्यसपछि उनलाई पनि पार्टीले समानुपातिकबाट प्रदेश सभामा सांसद बनाउने निर्णय गर्‍यो ।

कपिलवस्तुबाट प्रदेश सभामा ४ जनाको नाम छनोट गरी पठाएको थियो । त्यसमध्ये पूर्व माओवादीबाट २ जना र पूर्व एमालेबाट २ जना थिए । त्यसमा पूर्व माओवादीबाट यादव र पूर्व एमालेबाट फौजिया नसिम समानुपातिकमा छनोट भए । छनोटसँगै उनको प्रदेशसभा प्रवेशको ढोका खुल्यो । प्रदेश सभामा धेरै बैठक भए पनि उनले हालसम्म जम्मा ५ पटक मात्र बोलेकी छिन् ।

उनी भन्छिन्, ‘सदनमा धेरै त बोल्न पाएकी छैन । बोल्दा किसानलाई मलखाद, कपिलस्तुका दक्षिणी क्षेत्रमा डुबानको समस्या लगायतका जनताका विषय उठाएकी छु ।’ महिला र बालबालिकाका विभिन्न योजनाका लागि सामाजिक विकास मन्त्रालयमा योजना पारिदिन पनि प्रस्ताव गरेको उनी बताउँछिन् ।

दाङको देउखुरी स्थायी राजधानी बनाएकाले सबैको अपनत्व भएको उनले बताइन् । ‘हाम्रो मुख्यमन्त्रीजीले कसैलाई पनि काखा र पाखा गर्नुभएको छैन । सबैको भावना समेटिएको छ । हामीले पनि कपिलवस्तु बनाउनुपर्छ । बुटवललाई मात्र हेरेर भएन, बर्दियादेखि रुकुमपूर्वसम्मलाई पनि हेर्नुपर्‍यो नि !’ अब आउने निर्वाचनमा यादवले प्रत्यक्ष चुवान लड्ने इच्छा राखेकी छन् । ‘पार्टीले टिकट दियो भने आउँदो निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेर आउने चाहना छ,’ उनले भनिन् ।

राजधानीका लागि चर्चामा रहेका ठाउँमध्ये एउटालाई केन्द्र तय गर्दा अर्काे ठाउँमा विरोध हुने स्वाभाविक रहेको यादवले बताइन् । ‘कपिलवस्तुका हामी सांसदहरू पनि कपिलवस्तुलाई राजधानी बनाउनुपर्छ भनेर लागेका हौं । तर एक ठाउँ त तय गर्नुपर्‍यो नि ! देउखुरी उपत्यका राजधानीका लागि उत्तम ठाउँ हो । त्यहाँ राजधानी बनेपछि मधेशको पनि विकासमा टेवा पुग्छ,’ उनले भनिन् । समाजसेवी र जनमुखी नेत्री बन्ने यादवको दृढ इच्छा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x