आदिपुरुष फिल्ममा अजय देवगण भगवान् शिवको भूमिकामा

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास नायक रहेको फिल्म आदिपुरुषमा अजय देवगणले भगवानको शिवको भूमिका निर्वाह गर्ने भएको चर्चा छ । फिल्म निर्माताहरूले यसको पुष्टि गरिसकेका चाहिँ छैनन् । 

फिल्ममा सैफ अली खान लंकेशको भूमिकामा देखिनेछन् । 


Advertisement

ओम राउतको निर्देशनमा बनेको थ्री डी फिल्मको व्यापक चर्चा भइरहेको छ । 
 

सैफ र अजयको जोडीलाई यसअघि तान्हाजी फिल्ममा देखिएको थियो । उनीहरूको कामलाई अत्यधिक रुचाइएकाले अन्य प्रोजेक्टहरूमा उनीहरूलाई लिने विषयमा उत्साह बनेको थियो । 


Advertisement

यो फिल्म सन् २०२२ मा रिलीज गर्ने तयारी भइरहेको छ । अनेकौं भाषामा फिल्म सार्वजनिक गरिनेछ । 

यसमा निकै धेरै पैसा खर्च गरिँदैछ र सुपरस्टारहरूलाई कास्ट गरिँदैछ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्