×

NMB BANK
NIC ASIA

सामान्यतया राजनीतिक र गैरराजनीतिक क्षेत्रमा आफ्नो उद्देश्य वा स्वार्थ पूरा गर्न गुटहरूको निर्माण गरिन्छ । यी गुटले गुट निर्मातालाई बलियो बनाउन र उसको हितलाई प्रवद्र्धन गरी सुरक्षित गर्न भरमग्दुर प्रयत्न गर्छन् ।

Sagarmatha Cement
Muktinath Bank

गुटबन्दीमा पोख्त वा पारंगत व्यक्ति आफूले चाहेको ठाउँ वा भूमिकामा सहजै पुग्ने र गुटबन्दी गर्न नजान्ने वा नचाहने व्यक्ति क्षमता र योगदान हुँदाहुदै पनि चाहेको स्थानमा पुग्न नसक्ने यथार्थ जतासुकै देख्न पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविकसित र अल्पविकसित समाजमा यस्तो प्रवृत्ति स्थापित नै छ । यहाँ यसैको बोलबाला पनि छ । यस्तो प्रवृत्ति राजनीतिक दलमा ज्यादा छ । सामाजिक, धार्मिक, शैक्षिक लगायतका संस्थाहरू पनि गुटबन्दीका शिकार छन् । कर्मचारीतन्त्रमा समेत चर्को गुटबन्दी छ । स–साना क्लब समेतमा गुटबन्दीको रोग सल्किएको पाइन्छ । आफूलाई महान् धर्म गुरु ठान्ने सन्त महन्तले समेत गुट चलाएर आफ्नो पद र प्रतिष्ठालाई सुरक्षित राख्ने प्रयत्न गरेका छन् ।


Advertisment
Nabil box
Kumari

यी सबै गुटबन्दी बिल्कुलै अस्वस्थ छन् र निहित स्वार्थबाट अभिप्रेरित छन् । गुटबन्दीको केन्द्रविन्दुमा सामूहिक हित पटक्कै छैन । आफ्नो संस्थाको उद्देश्यलाई प्राप्त गर्न र सफलता हासिल गर्न कुनै पनि गुटबन्दी परिलक्षित देखिँदैन । अक्सर प्रतिस्पर्धी समूहलाई अर्घेलो देखाएर आफूले अवसर र शक्ति आर्जन गर्ने प्रवृत्ति देखिन्छ ।

Vianet communication
Laxmi Bank

यस्ता गुटबन्दीका धेरै प्रकार देखिन्छन् । उपलब्ध सबै उच्च पद चाहिएको वा त्यस्तो महत्त्वाकांक्षा भएको व्यक्तिले संस्थाका सदस्य वा आबद्ध व्यक्तिलाई जथाभावी आश्वासन बाँडेर गुटबन्दी गर्ने प्रचलन छ । यसैगरी पैसा बाँडेर, बाहुबल प्रयोग गरेर, आफ्नो प्रतिस्पर्धीबारे अफवाह फैलाएर, सैद्धान्तिक र नीतिगत विचलन देखाएर, डर त्रास देखाएर, साम्प्रदायिक आधारमा, कथित लोकप्रियता भजाएर समेत गुटबन्दी गरिन्छ ।

जनताले त जे माग्यो त्यही दिएका छन् । बहुमत माग्यो बहुमत, दुईतिहाइ माग्दा झण्डै दुईतिहाइ । अनि जे माग्यो त्यही दिने जनतालाई राज्यले गर्ने व्यवहार यही हो ?

कामको प्रतिस्पर्धाका आधारमा र चिन्तन एवं क्रियाशीलताका आधारमा हुनुपर्ने गुटबन्दीको सर्वथा अभाव छ । यसलाई नेतृत्वको चेतना स्तरले तय गर्दछ । आफू संलग्न भएको क्षेत्रलाई प्रतिष्ठित तुल्याउन, त्यसमार्फत समाज र राष्ट्रको उन्नति गर्न र आफूसँगै काम गरिरहेका व्यक्तिको समेत हित गर्न प्रयत्नशील व्यक्ति यस्ता अस्वस्थ कार्यमा संलग्न हुँदैन । साँच्चै भन्ने हो भने दूरदर्शी नेताले आफू बाँचुञ्जेलसम्मका लागि मात्र काम गर्दैन ।

आफ्नो संस्थाप्रति आममानिसको आस्था सुदूर भविष्यसम्म कायमै राखिरहन र आफ्नो जीवनकालमा भएका कार्यबाट संस्थाको गौरवशाली व्यक्तित्व निर्माण गर्न इमान्दार र ठोस प्रयत्न गर्दछ ।

नेपाल जस्ता देशमा गुटबन्दीको चरम नकारात्मक प्रभाव छ । खासगरी यहाँको राजनीतिलाई अस्वस्थ गुटबन्दीले गाँजेको छ । राजनीतिक दललाई बाह्रमासे आन्तरिक कलहले गाँजेको छ । यसको कारण निरर्थक र तर्कहिन गुटबन्दी हो । दलका नेताहरू आ–आफ्ना स्वार्थका बन्धक जस्ता छन् । आफ्नै दलको आफूजस्तै साथीले आफूसरह र कतिपय अवस्थामा आफूभन्दा ज्यादा पुर्‍याएको राजनीतिक योगदानलाई उपेक्षा गर्दछन् ।

आफू एक्लैले वा आफ्नो गुटले मात्र सबै काम गरेको ठान्दछन् र सहोदर साथीको निरन्तर मानमर्दन गर्दछन् । गुटको सदस्य वा आफ्नो बफादार कार्यकर्ताले वर्षौं पुरानो साथीलाई गाली गर्दा रमाउँछन् र त्यस्ता व्यक्तिलाई त्यही गाली गर्ने उसको विशिष्ट योग्यताबापत पुरस्कृत गर्दछन् । 

गुटका बैठकमा संस्था वा दललाई उभो लगाउने बिमर्श चल्दैन । दलका बैठकहरू नियमित बस्दैनन् तर गुटका बैठक चाहिनेभन्दा ज्यादा बस्छन् । यी बैठकमा गुटको मुखियाको प्रशंसा र अर्को गुटको अतिरञ्जित र निर्लज्ज भत्र्सना गरिन्छ । राजनीतिक दलका सदस्यको योग्यता र क्षमताको कुनै दरकार हुँदैन ।

मुखिया खुशी हुँदा पनि योग्यता र योगदानको आवश्यकता पर्दैन र मुखिया रिसाउँदा पनि योग्यता र योगदानको अर्थ हुँदैन । थोरै सुयोग्य सहयोगी हैन कि औंठाछाप भजनमण्डलीको ठूलो जमातमा रमाउने विवेक शून्य गुटको मुखियाको सनक र मनोगत लहडमा राजनीतिक दल सञ्चालित हुने गर्छन् । यसले समाजलाई कसरी उन्नतिमा लैजानसक्छ ?

गुट प्रवृत्ति कुनै दल विशेषमा मात्र सीमित छैन, नेपालका सबैजसो राजनीतिक दलको अपसंस्कृति भइसकेको छ । लोकतान्त्रिक मूल्यमान्यतासँग कुनै साइनो नभएका राजनीतिक दलको चरित्र र आन्तरिक कार्यशैली अलोकतान्त्रिक हुनु कुनै नयाँ र अनौठो कुरा होइन । तर लोकतन्त्रका उदार र सर्वस्वीकृत मान्यता अँगालेको राजनीतिक दलमा समेत यस्तो प्रवृत्ति रहनु साँच्चै नै उदेकलाग्दो देखिन्छ ।

यस सन्दर्भमा एउटा प्रसंग बडो रोचक र मननीय छ । प्रा.डा. अभि सुवेदीले केही समयअघि कान्तिपुर दैनिकमा उल्लेख गरेको प्रसङ्ग हो यो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति र प्रतिष्ठित प्राध्यापक केदारभक्त माथेमा जापानका लागि नेपालको राजदूत रहँदा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा जापान जानुभएको रहेछ ।

बीपी कोइराला जीवित छँदै नेपालका लागि जापानका राजदूत भएका र कोइरालालाई भेटेका एक जापानी कूटनीतिज्ञलाई माथेमाले आफ्नो निवासमा खानाको लागि बोलाउनुभएको रहेछ । कुराकानीकै क्रममा माथेमाले सोध्नुभएछ, ‘तपाईंले अहिलेका नेताहरू र बीपीलाई कसरी तुलना गर्नुहुन्छ ?’ उनले भनेछन्, ‘बीपी आफूपछि आफ्नो पार्टीलाई कसले नेतृत्व गर्ला भनेर सोच्नुहुन्थ्यो र चिन्तित पनि हुनुहुन्थ्यो, अहिलेका नेताहरूको बारेमा म भन्न सक्दिनँ ।’ एक हरफको यो जवाफले कति गहिरो सन्देश दिएको छ ? यस सन्दर्भमा गणेशमान सिंहको भनाई उत्तिकै सान्दर्भिक छ । उहाँ भन्नुहुन्छ, ‘नेपालका राजनीतिज्ञहरू आउने निर्वाचनको मात्र चिन्ता गर्दछन् । तर हामीलाई त नयाँ पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ ।’ हिजोआज यस्तो कसले सोच्ला ? यसको जवाफ धेरै उत्साहजनक पाइँदैन ।

माथिको प्रसंग किन उदृत गरिएको हो भने नेपालको राजनीतिले नेपाली जनतालाई उत्साहित बनाउनै सकेन । यसको कारण नै राजनीतिक दलभित्रको अस्वस्थ गतिविधि हो । मुख्यकुरा नेतृत्वको कार्यशैली हो । दलका सदस्यले नेतृत्वमा आफ्नो प्रतिबिम्ब देख्न सक्नुपर्छ । दलको उद्देश्य, राष्ट्रिय हित र सदस्यको भविष्य प्रतिको चिन्ताले ओतप्रोत भएको नेतृत्व समाजको आवश्यकता हो ।

यस्तो नेतृत्व पाएको समाजले छोटो समयमा नै धेरै प्रगति गर्‍यो र आफूलाई प्रतिष्ठित तुल्यायो । तर नेपाल माथि उठ्न किन सकेन ? यसको एउटै उत्तर छ, राजनीतिक नेतृत्व । शाहवंशीय राजाका उत्तराधिकारीहरू सुयोग्य भइदिएका भए र बीपी कोइरालाले काम गर्न पाएको भए नेपालको यस्तो हविगत हुने थिएन । जब नेतृत्वले आफ्नो स्थान अर्थात् पद र प्रतिष्ठाको मात्र ख्याल गर्दछ र यसका लागि संस्था छाडेर फगत गुटलाई मात्र पक्षपोषण गर्न थाल्छ, दशा यस्तै हुन्छ र दिशा हराउँदै जान्छ । दुःखका साथ भन्नुपर्छ, यतिबेला नेपालको अवस्था ठ्याक्कै त्यस्तै छ ।

देशका प्रधानमन्त्रीका लागि दलभित्रको आफ्नो गुट र आफूले ओगटेको ओहोदा सर्वप्रिय छ । गुट बलियो पार्न र पद जोगाउन उनी जे गर्न पनि तयार छन् । बसेको ठाउँबाट उठ्नै नसक्ने हुँदा पनि उनले प्रधानमन्त्री पदबाट त्याग पत्र दिएनन् । भर्खरै एक पूर्व प्रधानमन्त्रीले त्यत्रो ठूलो भष्टाचारको आक्षेप लगाएका छन् । यसलाई कि त निराधार फत्तुर सावित गर्नुपर्‍यो कि त चुनौती स्वीकार गरेर आरोप लगाउने व्यक्तिलाई कठघरामा उभ्याएर जनताको चित्त बुझाउन सक्नुपर्‍यो । यसरी निरुत्तरित भएर बस्न मिल्दैन । राजनीतिक व्यक्तिका लागि कार्यकारी प्रधानमन्त्री र दलको अध्यक्ष उसको जीवनको उपल्लो मुकाम हो ।

यस्तो मुकाममा सधैँभरि बस्न पाइँदैन । त्यसैले यस्तो अवसर पाएको बेला आफूलाई राष्ट्रिय हितमा केन्द्रित गर्नुपर्छ । देश भनेको बाक्लो र ठूलो मानवीय जंगल हो । यहाँ हावाहुरी आइरहन्छ । जब हावाहुरी आउँछ, नेतृत्वले सामान्य चरा जस्तो आफूलाई जोगाउन गुटको ‘सेल्टर’ वा गुँड खोज्नु हुँदैन । उसले त बाजले झैं माथिल्लो उचाइबाट हावाहुरी नियालेर समाधानको सूत्र पहिल्याउन सक्नुपर्छ । यो मुकाम वा टाकुरामा पुगेको व्यक्तिलाई छुद्र गुटको दरकार किन पर्‍यो ? सही नेताले त मृत्यु पछिका लागि पो काम गर्छ त ! तर दुर्भाग्य, नेपालको राजनीतिक नेतृत्व कि त आफ्नो अवश्यम्भावी मृत्युसँग बेखबर छ वा राजनीतिक चेतनाको उचाइमा छैन । नत्र देशको यस्तो हविगत हुने नै थिएन । जनताले त जे माग्यो त्यही दिएका छन् । बहुमत माग्यो बहुमत, दुईतिहाइ माग्दा झण्डै दुईतिहाइ । अनि जे माग्यो त्यही दिने जनतालाई राज्यले गर्ने व्यवहार यही हो ?

आज देशमा सर्वत्र निराशा व्याप्त छ । सरकारको आँखा राष्ट्रिय ढुकुटीमा छ । दलका आँखा दलको भावी नेतृत्वमा छ । प्रधानमन्त्री राष्ट्रको बागडोर नछाड्ने र यसका लागि जे पनि गर्न पछि नपर्ने मनस्थितिमा छन् भने दलका नेता आफ्नो दलको नेतृत्व लिन जे पनि गर्ने तयारीमा देखिन्छन् । नागरिक र दलका कार्यकर्ता र शुभचिन्तकहरू उनीहरूको प्राथमिकतामा छैनन् । यसले समाजमा घोर निराशा पैदा गरेको छ । यस्तो विडम्बना झेलिरहेका नेपालीको आशा जगाउने नेतृत्व आजको राष्ट्रिय आवश्यकता हो । गुटमा रमाउने र आफ्नो प्रतिष्ठाको मात्र चिन्ता गर्ने नेतृत्वबाट राष्ट्रिय संकटको समाधान सम्भव छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x