मोबाइल फोनमा २८ दिनसम्म बाँच्न सक्छ कोरोनाभाइरस

अनुसन्धानकर्ताहरुले कोरोनाभाइरस मोबाइल फोनमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने खुलासा गरेका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायका अनुसार यो भाइरस यति लामो समयसम्म बाँच्न सक्ने देखिएको छ ।  पहिले सोचेभन्दा लामो समय यसरी भाइरस जीवित रहनसक्ने अध्ययनको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ।
कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन्।


Advertisement

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ। यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो।

 


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्