×

NMB BANK
NIC ASIA

भारतले आगोसँग खेल्ने भूल नगरोस् : ग्लोबल टाइम्स

असोज २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दुस्तान टाइम्सले सोमवार एक सम्पादकीय प्रकाशन गर्‍यो जसको शीर्षक छ ः ‘चीनलाई स्मरण होस् ः भारत स्वतन्त्र छ’ । सम्पादकीयले ताइवान टापुको ‘राष्ट्रिय दिवस’ मनाउने केही भारतीय सञ्चारमाध्यमको कामलाई जायज ठहर्‍याउन खोजेको छ । 

Muktinath Bank

‘भारत गर्विलो लोकतन्त्र हो । यहाँ स्वतन्त्र र जीवन्त मिडिया छ,’ सम्पादकीयमा लेखिएको छ । यसले चीनको सल्लाहलाई कथित प्रभुत्व र मिडियाको दमनसँग जोडेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दुस्तान टाइम्सको सम्पादकीयले एक आधारभूत तथ्यलाई बेवास्ता गरेको छ ः चीनको सार्वभौमसत्ताको सवालमा भारत स्वतन्त्र छैन । चीनले अन्य मुलुकलाई यो आधाररेखा तोड्न दिँदैन र लोकतन्त्र वा स्वतन्त्रसँग यसको कुनै साइनो छैन । 


Advertisment
Nabil box
Kumari

भारतले एक चीन नीति स्वीकार गरेको छ र चीन–भारत कूटनीतिक सम्बन्धको यो नै आधार हो । भारतका केही मिडियाहरूले ताइवानको ‘राष्ट्रिय दिवस’ मनाएर एक चीन नीतिलाई धज्जी उडाएका छन् र चिनियाँ दूतावासले उनीहरूलाई यस विषयमा कुरा राख्दा उनीहरूले गलत अडानलाई सच्याउन पनि चाहेनन् । 

Vianet communication
Laxmi Bank

चीन–भारत सीमा तनावको पृष्ठभूमिमा भारतका केही सञ्चारमाध्यमहरू ताइवानको प्रश्न उठाइरहेका छन् । सेप्टेम्बर महिनामा न्युज लाइन आईएफईले चिनियाँ जनमुक्ति सेनाको सु–३५ लडाकू विमान ताइवानले खसाएको भनी झूटो समाचार प्रकाशन गर्‍यो जसको तत्कालै खण्डन गरियो । 

भारतीय सञ्चारमाध्यमहरूले ताइवानका पृथक्तावादी शक्तिलाई सबल बनाइरहेका छन् अनि केही भारतीय सम्भ्रान्तहरू ताइवानको प्रश्नमा छलछाम गरिरहेका छन् । उनीहरू एकपक्षीय रूपमा चीन–भारत सम्बन्धलाई विषाक्त बनाइरहेका छन् ।

कुनै पनि सरकारले अन्य मुलुकलाई आफ्नो सार्वभौमसत्ताका विषयमा विवाद उत्पन्न गर्न दिँदैन । चीनको सञ्चारमाध्यमले पूर्वोत्तर भारतमा पृथक्तावादी शक्तिहरूलाई खुला समर्थन गरेमा वा भारतका विभिन्न पृथक्तावादी शक्तिहरूको अनुकूल हुने सामग्री प्रकाशन गरेमा नयाँ दिल्लीको प्रतिक्रिया कस्तो होला ? चीनको भन्दा नरम प्रतिक्रिया भारतले दिने छैन । अन्य मुलुकको सार्वभौमसत्तामाथि प्रश्न उठाउने आवाजको विरोध गर्नुपर्दैन ?

भारतका केही सञ्चारमाध्यमलाई एक चीन नीतिमा प्रश्न उठाउने स्वतन्त्रता छैन । भारत आफूलाई ‘गर्विलो लोकतन्त्र’ भन्छ र चीनलाई पश्चिमी मुलुकहरूको दृष्टिकोणले हेर्छ । 

चीन र अमेरिकाबीचको तनाव चर्किरहँदा वाशिङटनले ताइवान कार्ड खेल्न थालेको छ । भारतका केही मानिस वाशिङटनको कदमको अनुसरण गर्न थालेका छन् र यसबाट फाइदा उठाउन खोज्दैछन् । 

आफूले अमेरिका र अन्य पश्चिमी मुलुकको समर्थन हासिल गरेको विश्वास नयाँ दिल्लीले लिएको छ । त्यसैले ऊ चीनविरुद्ध उत्तेजक गतिविधि बढाउन थालेको छ र चीनको आधार रेखालाई चुनौती दिन खोज्दैछ । 

तर अमेरिकाको समर्थन भरपर्दो छैन भने चीनको प्रत्याक्रमण कठोर हुन्छ । भारत अहिले आगोसँग खेलिरहेको छ र ऊ दुवैतर्फबाट निराश हुने मात्र सम्भावना छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x