×

NMB BANK
NIC ASIA

यी १० कारण, जसले काठमाडौंमा कोरोना भाइरसलाई भाइरल बनायो

असोज २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • कौशिक नवराज

जतिबेला काठमाडौंमा खासै कोरोना संक्रमण थिएन, त्यतिबेला संक्रमित व्यक्ति धेरै भएका जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्ति काठमाडौं आए । ती व्यक्तिहरूलाई क्वारेन्टीनमा राखिएन ।

Muktinath Bank

विदेशबाट चार्टर उडानमा आएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टीनमा राखिएको छैन । उनीहरू घरमा पुगेपछि संक्रमित देखिएका छन् । यसरी देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित बन्दै गएको देख्न सकिन्छ । ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा अहिले संक्रमण पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ५० लाख मानिस बसोबास रहेको काठमाडौं उपत्यकामा दिन प्रतिदिन ४ अंकका दरमा र समग्र देशको करीब ६० प्रति संक्रमित यसै उपत्यकामा देखिन थाल्नुले थप चुनौती थपिनसक्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जतिधेरै परीक्षणको दायरा बढायो, त्यतिधेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो, संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यतिधेरै स्वास्थ व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसरी तीव्र गतिमा संक्रमण बढ्नुमा सडकमा निस्किने जुलुस, सभा र बजारमा देखिएको भीडलाई प्रमुख कारण मानेका छन् ।  सरकारले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको जनाएको छ । तर सर्वसाधारणले न्यूनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा संघीय राजधानीमा कोरोना तीव्र गतिमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानीमा कोरोना संक्रमण बढ्नुमा २ कारण रहेका बताउँदै आएका छन् । प्रवक्ता गौतमले काठमाडौंमा कोरोना फैलिनुको अर्को कारण नेपाल–भारत सीमालाई मानेका छन् । मेची–महाकाली खुला रहेको सीमाबाट मानिसहरू निष्फिक्री आउँदा उपत्यकामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयको निचोड छ ।

नेपाल–भारत सीमामा मानिसहरूलाई नियन्त्रण गर्न सकिएन । खुला सीमाको फाइदा उठाउँदै मानिसहरू निष्फिक्री आए । प्रवक्ता गौतमले कोरोना फैलिने पहिलो कारणमा राजधानीका सडकमा भएका सभा, जुलुस, भेला, सेमिनार र बैठकलाई ठानेका छन् । ‘हामीले भीड धेरै गर्‍यौं, जुलुस, सभा, गोष्ठी र सेमिनारका नाममा जथाभावी भीडभाड गर्दा कोरोना फैलियो,’ उनले भने, ‘अझै पनि भीड रोकेनौं भने कोरोना संक्रमण झनै बढ्छ ।’ 

काठमाडौं आएका व्यक्तिलाई क्वारेन्टीनमा बस्नु भन्दाखेरी नमानेकाले यस्तो परिणाम आएको उनको दाबी छ । ‘अझै पनि समय घर्किएको छैन, हामी सबैले राम्रोसँग मास्क प्रयोग गरी भौतिक दूरी कायम गरेमा संक्रमण रोक्न सकिन्छ,’ उनले भने, ‘कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । किनमेलको चहलपहल बढेको छ, चाडबाडमा जमघट गर्ने हाम्रो बानी नै भएको छ । यस पटक यो कुरामा ख्याल गरौं ।’ गौतमले कोभिड–१९ रोकथामका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताए ।

पछिल्ला दिनमा काठमाडौंमा संक्रमित के कसरी हजारभन्दा बढीका दरमा बढ्न थालेको छ भन्ने बुझ्न पछिल्लो केही दिनयता प्रकाशित समाचार अध्ययन गरे पुग्छ । जसमा कोरोना संक्रमित सम्पर्कविहीन भएका, कोरोना संक्रमितको अवस्थाबारे सरकारी निकायले निगरानी नराखेको, विभिन्न व्यापार व्यवसाय गर्नेमा संक्रमण देखिँदा पनि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको, कतिपय संक्रमितले कन्ट्याक्ट ट्रेसिङको झूटा विवरण दिने गरेको लगायत उदाहरण छन् ।

यसरी उपत्यकामा कोरोना संक्रमित थप हुन मलजल भइरहेको छ । जसआधारमा काठमाडौं उपत्यकामा संक्रमित बढ्नुका कारणहरूबारे यस्ता देखिन्छन् –

१. फितलो कन्ट्याक्ट ट्रेसिङ

उपत्यकामा संक्रमित बढ्नुको एक प्रमुख कारण फितलो कन्ट्याक्ट ट्रेसिङ हो । संक्रमितको सम्पर्कमा आएकाहरूको प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने साथै गलत विवरण दिएमा कारवाहीको भागिदार बनाउनुपर्नेमा नाम मात्रैको ट्रेसिङले थप संक्रमण बढाएको देखिन्छ । संक्रमितको सम्पर्कमा आएकाको सही र मिहिन ढंगले अध्ययन हुनपर्नेमा सो देखिएको छैन । संक्रमितले जे–जे विवरण दियो, त्यसैलाई नै सत्य मानेर अगाडि बढ्दा थप समस्या देखिएको पाइन्छ ।

हालै मात्र दक्षिण कोरियामा एक शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङका क्रममा गलत विवरण दिएको भनी ६ महिना जेल हाल्ने फैसला सुनाइयो । नेपालमा यस सम्बन्धमा कुनै व्यवस्था रहेको देखिँदैन । जे–जे विवरण दिए पनि सही/गलत विवरण ‘क्रस चेक’ गर्ने कुनै प्रावधान छैन ।

२. अनुगमन विनाका होम क्वारेन्टीन

उपत्यकामा संक्रमित बढ्नुको अर्को कारण हो कोरोना संक्रमित देखिएको व्यवस्थान घरमै गर्ने नीति अर्थात घरमै बसी संक्रमणलाई जित्नुपर्ने प्रावधान । यसरी घरमै बस्दा संक्रमितले अन्यलाई सार्ने जोखिम उच्च भएकोतर्फ न सरोकारवाला न अन्य कसैको ध्यान पुग्न सकेको छ । काठमाडौंमा अधिकांश मानिस डेरामा बस्ने गर्छन्, उनीहरू उपत्यका बाहिरी जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा एउटै कोठामा २–३ जनासम्म बसोबास गर्ने साझा शौचालय प्रयोग गर्ने देखिन्छ । यस्तो अवस्थामा कोही संक्रमित भएमा न स्वास्थ्य मन्त्रालय न स्थानीय तह न प्रहरीले नै खोजबिन गर्ने देखिन्छ । सबै मिडियाबाजीमा मात्रै रमाएका छन् ।

पर्याप्त अनुगमन नहुँदा यसरी होम क्वारेन्टीनमा बसेका संक्रमितहरू खुलमखुल्ला बाहिर निस्किने, घुमफिर गर्ने गरेका कारण अन्यलाई सर्ने क्रम बढिरहेको देखिन्छ । होम क्वारेन्टीनमा बसेकाहरूलाई स्वास्थ्य मन्त्रालय, वडा कार्यालय र प्रहरीले एक पटक पनि खोजबिन त के एक कल फोन समेत गरेको देखिँदैन । कतिपय अवस्थामा घरमा बसेका डेरावाल संक्रमित भए घरधनीले समेत थाहा नपाउने स्थिति बनेको देख्न सकिन्छ ।

३. मास्कको गलत प्रयोग

मास्कको प्रयोगले मानिसको हाच्छ्यु र खोकीको क्रममा निस्किने थुकका छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्छ । कोरोना भाइरस मुख्यगरी खोकी र हाच्छ्युको छिटाबाट सर्ने गर्छ । मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो । धेरै मानिसले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन् । जसका कारण संक्रमण फैलिन सक्ने खतरा रहने चिकित्सकहरू बताउँछन् ।

काठमाडौंवासीले कोरोनालाई अत्यन्तै खेलाची रूपमा लिएको देखिन्छ । सार्वजनिक स्थानमा समेत मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने, मास्क प्रयोग गर्दा समेत नाक मुन्तिर मात्रै लगाउने, हातमा मास्क लगाउने प्रवृत्तिले कोरोनाको जोखिम थप बढाइरहेको देखिन्छ । सरकारले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने भने पनि प्रभावकारी हुन नसकेको देखिन्छ । उच्च शिक्षित वर्ग समेत सार्वजनिक स्थानका साथै आफ्ना आफन्त भेटिँदा, गफ गर्दा मास्क खोलेर गफ गर्ने प्रवृत्ति देखिन्छ । 

४. सार्वजनिक यातायात

उपत्यकालाई थप आक्रान्त पार्ने अर्को कारण हो सार्वजनिक यातायात । उपत्यकामा चल्ने सार्वजनिक यातायात हेर्दा यस्तो लाग्छ कि यहाँ न कहिले कोरोना लागेको थियो, न लाग्ने छ, न कोरोनाले कोही मरेको छ । यस्तो गलत बुझाइले गर्दा कोरोना संक्रमण बढ्न मद्दत पुगेको देखिन्छ । साविकभन्दा थप ५० प्रतिशत बढी भाडा लिने तर साविकभन्दा आधा मात्रै सिट क्षमतामा सार्वजनिक यातायातमा यात्रु राखी सञ्चालन गर्नु भने पनि कार्यान्वयन हुन नसकेको देखिन्छ । क्षमताभन्दा बढी यात्रु राखेको, ड्राइभर खलासीले भौतिक दूरी त परको कुरा मास्क समेत नलगाएको तथा स्यानिटाइजर र अन्य सुरक्षाका उपाय नअपनाएका कारण डढेलो लागेसरह संक्रमित थपिन पुगेको देखिन्छ । सार्वजनिक यातायातमा कोचाकोच यात्रु राख्दा न ट्राफिक प्रहरीले केही गर्न सकेको छ, न अन्य कुनै निकायले । यात्रुहरू बाध्यतावश बसमा चढ्न पुगेका छन् ।

५. फूटपाथ र शैलुन

बजारमा भीडभाड नगर्ने, व्यक्तिगत दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारवाही गरिएको छैन । न्यूरोड, असन, रत्नपार्क, सुन्धारादेखि कोटेश्वरसम्म फूटपाथ हेर्दा कोरोना केही होइन भन्ने आमबुझाइ पाइन्छ । न फूटपाथमा भौतिक दूरी कायम भएको देखिन्छ, न सुरक्षाका कुनै उपाय नै अवलम्बन गरिएको छ ।

भौतिक दूरी कायम गर्न नसकिने अर्को क्षेत्र हो शैलुन व्यवसाय । तर जीवनभन्दा रोजगारीलाई प्राथमिकता दिनुपर्ने बाध्यताका कारण शैलुन व्यवसाय सञ्चालनमा आए । जसमा न भौतिक दूरी कायम हुन सकेको पाइन्छ, न शैलुन सञ्चालकले स्वास्थ्य सुरक्षाका उपाय मास्क र पीपीई प्रयोग गरेको देख्न सकिन्छ । यसले समेत उपत्यका जस्तो संवेदनशील क्षेत्रका कोरोना संक्रमण वृद्वि गर्न थप मलजल गरेको देख्न सकिन्छ । यसका साथै रक्सी भट्टि, पसलदेखि डान्सबार जहाँ भौतिक दूरी कायम गर्न नसकिए पनि सञ्चालनमा आएर थप जोखिम बढाएको देख्न सकिन्छ ।

६. गैरव्यावसायिक र अमर्यादित अस्पताल 

सरकारले पहिलो पटक चैत्र ११ गतेदेखि लकडाउन लागू गर्दा देशमा जम्मा १ जना मात्रै संक्रमित केश देखिएको अवस्था भए पनि मानिसमा कोरोनाप्रति अत्याधिक भय थियो । अत्यावश्यकबाहेक मानिसहरू घरबाहिर निस्किने त परको कुरा अस्पतालबाट समेत सर्ने जोखिम भएको भन्दै अस्पताल पनि जादैन्थे । तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोभिड टेस्ट गर्न निजी ल्याब र अस्पताललाई समेत दियो । हरेक अस्पतालमा कोभिडको लागि न्यूनतम वेड सुरक्षित गर्नुपर्ने भनी निर्देशन गर्‍यो । तर देशमा ठूला व्यावसायिक घरानाबाट सञ्चालित अस्तपालले सरकारको निर्णयलाई बेवास्ता गर्दै न्युनतम बेड छुट्याउन त परको कुरा सरकारले तोकेभन्दा बढी रकममा कोरोना टेस्ट शुल्क लिन थाल्यो । कोरोना संक्रमितलाई वेड होइन, गेटबाट नै फर्काउन थाल्यो । यसरी राज्यबाट एम्बुलेन्स, गाडी लगायत सर्जिकल आइटममा भन्सार छुट सुविधा पाइरहेका अस्पतालले मनोमानी गर्दा न संघीय सरकार बोल्न सक्यो, न प्रदेश सरकार, न अन्य उपभोक्तावादी ।

यसमा सरकारी अस्पताल पनि कम छैनन् । पछिल्लो पटक धेरै मिडियामा वीर अस्पतालको मनोमानी बाहिर आइरहेको छ, पर्याप्त मापदण्ड पूरा गर्न नसकेको, तलब सुविधा नपाएको, मास्क, पीपीई लगायत सुरक्षाका उपकरण दिन नसकेको । यसरी जोखिमको समयमा अस्पतालहरू जसरी मर्यादित र व्यावसायिक हुनुपर्ने थियो, त्यसो हुन नसकेका कारण उपत्यका थप असुरक्षित बन्दै गएको देखिन्छ ।

७. समन्वयको अभाव

कोरोना नियन्त्रण गर्न पछिल्लो समय सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको छ । स्थानीय तह, प्रदेश र संघीय निकायबीच तालमेल हुन सकेको देखिँदैन । संघीय सरकारले जारी गरेका परिपत्र र आदेशको परिपालना स्थानीय र प्रादेशिक कार्यालयले गरेका छैनन् । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कसले गर्ने, संक्रमितको सम्पर्कमा को रहने जस्ता विषयका सम्बन्धमा अन्योल देखिन्छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पनि स्थानीय तहले परिपालना गरेनन् । भाटभटेनी सुपरमार्केट वडाको क्षेत्राधिकारभित्र पर्ने कि जिल्ला प्रशासनको हालसम्म पनि यकिन हुन सकेको देखिँदैन । यातायात व्यवस्था विभागले जारी गरेको एक सिट एक यात्रु सम्बन्धी निर्देशिका न स्थानीय तहले परिपालना गरेका छन्, न ट्राफिक प्रहरीले नै । सुरक्षाका मापदण्ड विना नै खचाखच यात्रु राख्दा पनि ट्राफिक किन मौन ? विभाग किन मौन ?

८. कोरोना केही होइन भन्ने भ्रम

आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ । सही तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दूरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षा विधि झारा तार्ने प्रवृत्तिको रूपमा स्थापित छ । उपत्यकावासीले कोरोनालाई सामान्य रुघाखोकी सरह पनि सम्झेनन् । यस पछाडिको कारण खोज्न टाढा जानैपर्दैन । स्वयं देशको कार्यकारी प्रमुखले नै कोरोना केही होइन, सामान्य रुघाखोकी जस्तै हो, तातोपानी खाने हाच्छ्युसाछ्यु गरेर उडाउने, बेसार पानी खाने भनेर गरेको हल्का टिप्पणी नै उपत्यकावासीको लागि कोरोना डढेलो बनेर आयो । देशको कार्यकारीले नै यसरी हल्का टिप्पणी गरेका कारण निजका कार्यकर्तामार्फत समर्थनमा उत्रिन साथै यसैलाई सही ठानेर अघि बढ्नु नै गलत सावित भएको देखिन्छ ।

देशको नीति निर्माण र कार्यान्वयनको तहमा रहनेले नै भीडभाड गर्ने, पार्टी बैठक गर्ने, मास्क हातमा झुण्ड्याएर हिँड्ने, सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्ने प्रवृत्ति नै उपत्यकामा कोरोना जोखिम बढाउने अर्काे कारण हुन पुगेको देखिन्छ । स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बाैंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोच्नेसम्म फुर्सद छैन । नेपालीले हिमालको चिसो र मिनरल मिश्रित पानी, शुद्व खाना खाएका कारण इम्युन पावर उच्च रहेको भनी अप्रमाणित तर्क गर्नु नै नेपालीमा कोरोना केही होइन, यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने आम बुझाइका कारण उपत्यका जस्तो घना बस्ती भएको स्थानमा दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै कोरोना बढिरहेको देख्न सकिन्छ ।

९. ‘इम्युन पावर’को आधारहीन अपव्याख्या

‘इम्युन पावर’को कारण समेत कोरोना संक्रमणको जोखिम बढेको पाउन सकिन्छ । कुनै एक व्यक्तिमा कोरोना लाग्यो, यदि उसको ‘इम्युन पावर’ राम्रो रहेको अवस्थामा उसलाई कोरोनाले केही गर्न नसक्ने हुन्छ । तर व्यक्तिको शरीरमा भएको तर उसलाई असर गर्न नसकिरहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने र सरेको भाइरले कुनै ‘इम्युन पावर’ कमजोर भएको व्यक्तिमा असर गर्न सक्ने देखिन्छ । यसको उदाहरणको रूपमा एकैघरका पतिमा संक्रमण देखिँदा पत्नीमा नदेखिनु साथै आमामा देखिँदा छोराछोरीमा नदेखिनुको पछाडि ‘इम्युन पावर’को कारण हुन सक्छ । कोरोनाले जहिले पनि कमजोर ‘इम्युन पावर’ भएका व्यक्तिलाई सताउने भएको कारण चुरोट, रक्सी खाएर कलेजो कमजोर भएका व्यक्तिमा अन्य ‘इम्युन पावर’ राम्रो भएका मानिसबाट सर्ने जोखिम उच्च रहेको तर उच्च ‘इम्युन पावर’ भएका व्यक्तिको शरीरमा कोरोना भाइरस हुनसक्ने तर त्यसले उसलाई कुनै असर गर्न नसके पनि अन्य व्यक्तिमा सर्न सर्ने देखिएको अवस्था अनुसन्धानले देखाएको छ । उपत्यकामा कम परीक्षणको कारण यसरी संक्रमण फैलिरहेको एक कारण यो पनि हो ।

१०. स्वयं जनता

उमेर ५५ भए पनि बानी–व्यवहारमा वचपना भएका नागरिकलाई वृद्व बालक भनिन्छ भनेर टिकटकतिर खुब सुनियो । हो रहेछ, पछिल्लो समय काठमाडौंमा यही वृद्व बालकको वचपनाको कारण कोरोना भाइरस भाइरल बन्दै गएको देखिन्छ । सार्वजनिक स्थानमा मास्क लगाउने तर बोल्ने बेलमा चिउडोमुनि सार्ने, साथीभाइ वरिपरि टेबलमा जम्मा भएर खाजा–नास्ता गर्ने बेलमा मास्क खोल्ने, यी मेरा आफन्त हुन्, साथीभाइ हुन्, यिनीहरूलाई कोरोना लागेको छैन, मलाई पनि लागेको छैन, यसो भएपछि कोरोना सर्दैन भन्ने भ्रममा बाँचेका काठमाडौंवासीको कारण कोरोना भाइरस भाइरल बन्दै गएको छ । जोखिमको बेला घरमै पकाएर खानुपर्ने, घरमै पकाएको कार्यालयमा लगेर खानुपर्नेमा अरु बेलाको जस्तो होटलमा गएर खाने, साथीभाइ भेला भएर दारु पार्टी गर्ने, भौतिक दूरी र सुरक्षाका उपाय बेगर कार्यक्रम आयोजना गर्ने, भेला हुने प्रवृत्ति देखियो । जुन अनपढभन्दा शिक्षित शहरीया वर्गले बढी गरेको पाइन्छ ।

काठमाडौंवासी त सही र गलत नै नबुझी बेसार पुराणतिर लागे । नेपालीलाई कोरोना लाग्दैन भन्दा सोही न्युज शेयर गर्नतिर लागे । नेपालीको इम्युन पावर राम्रो छ भन्दा विना कुनै आधार र तथ्य हो मा हो मिलाए अनि नेपालमा कोरोना भाइरल हुँदैन, काठमाडौंसम्म आइपुग्दैन भनेर सचेत बन्न सकेनन्, वीरगञ्ज, उदयपुर देखेर पनि सचेत हुन सिकेनन् ।

सार्वजनिक स्थानमा हात धुने ठाउँ छ तर हात धोएको कोही देखिँदैन । सार्वजनिक बसमा भीड छ, अर्को बस कुर्ने समय हुँदा पनि भीडमै चढ्नुपर्ने । चिया पसलमा चिया–चुरोट २ महिना नखाँदा केही नबिग्रिनेमा चुरोट खानैपर्ने । भौतिक दूरी र सुरक्षाका उपाय बेगर सञ्चालित होटलमा घण्टौं मास्क खोलेर निर्धक्क गफ गर्न प्रचलनले उपत्यकामा कोरोनाको भेल उर्लियो । उपत्यकावासीको सबैभन्दा प्रमुख समस्या के हो भने उनीहरू अरुको हेरेर रमाइलो गर्छन्, आफू चेतिँदैनन्, सिक्दैनन् । अरुको समस्या केही होइन भन्ने ठान्छन्, आफूजति जान्ने सुन्ने कोही छैन भन्न भ्रम पालेर बस्छन् । यही नै हो अहिले उपत्यकामा जोखिम बढ्दै जाने कारण । यस्ता नचेतिने जमातले चुनेका जनप्रतिनिधि र तिनै जनप्रतिनिधिले उपत्यकालाई खै कसरी पो सुरक्षित अवतरण गराउन सक्लान् र ?

(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यरत छन् ।)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x