क्रिस्टियानो रोनाल्डोमा कोरोना संक्रमण पुष्टि

स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हाल युभेन्टससँग आबद्ध पोर्चुगाली खेलाडी रोनाल्डोमा मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै उनी आइसोलेशनमा बस्नुपर्ने भएपछि उनी स्वीडेन विरुद्धको खेलमा पोर्चुगाली टोली बाहिर हुने भएका छन् ।

पोर्चुगाली फुटबल महासंघले मंगलबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘क्रिस्टियानो रोनाल्डोमा कोरोना पोजेटिभ पुष्टि भएपछि राष्ट्रिय टिममा रहेर भइरहेको प्रशिक्षणबाट उनी बाहिरिएका छन् । उनी स्वीडेनविरुद्धको खेलमा टोलीमा रहने छैनन् ।’


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्