×

NMB BANK
NIC ASIA

कुश्माका सुरक्षा संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

असोज २८, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ ।

Muktinath Bank

विगत ४ वर्षअघिदेखि बिग्रेका क्यामेरा मर्मत गरी सीसीटीभी मंगलवारदेखि सञ्चालनमा ल्याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

‘सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामेरा जडान गरिएको छ,’ उनले भने, ‘चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पुर्‍याउने छ ।’
 
कुश्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्पलगायत ठाउँमा क्यामेरा जडान गरिएको छ । लोकतान्त्रिक चोक, प्रगतिचोक, मैत्रीचोक, आचार्यचोक, दुर्लुङचोक, शिवालयचोक, बन्जीचोक, अस्पताल चोकलगायत स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । यसअघि विक्रम संवत् २०७२ सालमा राखिएकामध्ये ५ वटा क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको छ भने १५ क्यामेरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिए पनि बजार क्षेत्रलाई केन्द्रित गरेर व्यावसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामेरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताए ।

Vianet communication
Laxmi Bank

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सीसीटीभीको शुभारम्भ गर्दै बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीसँगको सहकार्यमा सीसीटीभी क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको बताए । क्यामेरा पुनः सञ्चालनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

‘आपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रविधि सबैभन्दा उपयोगी छ,’ उनले भने, ‘जनशक्ति समेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठूलो सहयोग पुग्छ ।’
 
कुश्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरी क्यामेरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नुपरेको छैन । यसअघि विक्रम संवत् २०७२ सालमा धवलागिरि अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पर्वतको डिमुवाबाट पर्वतको सदरमुकाम कुश्माबजार र वारीबेनीमा समेत क्यामेरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामेरा जडान गरिएको थियो । सीसी क्यामेरा जडान गर्नका लागि पर्वत उद्योग वाणिज्य संघको संस्थागत पहल तथा जिल्ला विकास समिति र कुश्मा नगरपालिकाले समेत सहयोग पुर्‍याएका थिए ।  त्यसका लागि २२ लाख रुपैयाँभन्दा बढी खर्च गरेको तर मर्मतको अभावमा १ वर्षपछि नै सबै क्यामेरा बिग्रिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x