मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् ।
लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् ।
टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायी बताउँछन् ।
‘यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी लिन सक्छन्,’ केरा व्यवसायी शेरबहादुर साउदले भने, ‘लकडाउनको ५ महिना घाटा भयो । त्यो घाटा अहिले पूर्ति गर्ने सोचले हामी ढुक्क भएका छौं । अहिले केरा धमाधम गइरहेको छ ।’
अघिल्ला वर्षजस्तो व्यापार नभए पनि अहिलेको अवस्थाअनुसार राम्रै व्यापार भइरहेको साउदले बताए । ‘विगतमा भारतीय केराले बजार ढाक्थ्यो, हाम्रो उत्पादनले मूल्य पाउन कठिन हुन्थ्यो,’ साउदले भने, ‘यस वर्ष बजार पनि पाइएको छ र मूल्य पनि पाउन सहज भएको छ । सबै बजार नेपाली केराले ओगटेको छ ।’
अहिले केरा व्यवसायीको बारीबाटै प्रतिदर्जन ३५ देखि ४० रुपैयाँमा र किलोका हिसाबमा बिक्री गर्ने व्यवसायीले प्रतिकिलो २० देखि २४ रुपैयाँमा काँचो केरा बेचिरहेका छन् । आफूले सोचेअनुसार केराको व्यापार गर्न नसके पनि अहिलेको समयअनुसार यो मूल्य राम्रै भएको अर्का केरा व्यवसायी नेपबहादुर चौधरीले बताए । ‘लकडाउनको समयमा मैले पनि लाखौंको घाटा व्यहोरे, पाकेका केरा बारीमै सडे,’ चौधरीले भने, ‘त्यो बेला बिक्री नभएका केरा क्वारेन्टीनमा बसेका नागरिकलाई बाँडे, अहिले व्यापार राम्रो छ ।’
कोरोना भाइरस संक्रमणको जोखिमपछि भारतबाट आउने केरा सजिलै आउन सकेको छैन । सरकारले पनि भन्सारमा कडाइ गरेका कारण यहाँका केराले बजार पाएको केरा व्यवसायी विनोदकुमार शाह बताउँछन् । ‘भन्सारमा कडाइ गरिँदा नेपाली केरा किसानले राहत पाए, लकडाउनमा मेरो त करोडौं घाटा भयो, अहिले चित्त बुझेको छ,’ शाह भन्छन्, ‘अहिले दैनिक ६ ट्रकसम्म केरा बाहिरी जिल्ला जाने गरेको छ ।’
कैलालीमा उत्पादन भएको केरा सुदूरपश्चिमका पहाडी जिल्लालगायत नेपालका ठूला शहर सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ । अहिले उत्पादन भएको केरा बजारमा पठाउने समय हो । चैतमा उत्पादन भएका केरा बजार पठाउने समयमा लकडाउनका कारण घाटा व्यहोरेका केरा व्यवसायी अहिले पनि लकडाउनको हल्लाले चिन्तित भएका छन् ।
‘दैनिक ६ ट्रक केरा बाहिरी जिल्ला जान्छ, लकडाउन भए हामी त बर्बाद हुन्छौं,’ व्यवसायी शाहले भने, ‘अब बजार, यातायात बन्दजस्ता कार्य गर्नुहुन्न । अब कृषि नै अर्थतन्त्रको आधार हो । कृषिका लागि सहज वातावरण चाहिन्छ ।’
केरा व्यवसायी संघ कैलालीकाअनुसार कैलालीमा १ हजार हेक्टर जमिनमा केराखेती भइरहेको छ । १ हजार हेक्टरमध्ये रानी जमरा, कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मात्र ७५० हेक्टरमा केराखेती भइरहेको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...