×

NMB BANK
NIC ASIA

पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण हुँदै

असोज २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका वासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माण कार्य शुरू भएपछि अब यहाँका वासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानी सहितको धारा पाउने भएका छन् ।


Advertisment
Nabil box
Kumari

सम्झौता अनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका–९ का वडाध्यक्ष जनम तामाङले बताए । उनका अनुसार करीब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

Vianet communication
Laxmi Bank

‘पुसभित्र जसरी पनि स्थानीय वासिन्दाको घरघरमा खानेपानी पुर्‍याउने लक्ष्य पूरा गर्नेछौं,’ तामाङले भने, ‘तोकिएको समयमा नै काम सकाउने गरी निर्माण कार्य अगाडि बढिरहेको छ ।’ ३ महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।

स्थानीय वासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आएका छन् । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताए । ‘अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानी सहितको धारा पाउने भएका छन्,’ उनले भने, ‘पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।’

रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्यांकीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा १ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका वासिन्दा लाभाविन्त हुनेछन् । १ करोड २३ लाख ८९ हजार ६०४ भ्याट बाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ  ।

आयोजना जेभी कन्स्ट्रक्सनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरू गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्यांकीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीय उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीय खुशी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x