सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पेलेपछि नेयमार

दक्षिण अमेरिकाका तर्फबाट विश्वकपमा छनोटका लागि भएको खेलमा ह्याटट्रिक गरेर नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरूमा पेलेपछि दोस्रो स्थानमा पुगेका छन् । 
 

नेयमारले पेरुविरुद्ध ४–२ को विजयमा एक्लैले तीन गोल गरेका हुन् । 


Advertisement

यी २८ वर्षीय स्ट्राइकरले ब्राजिलका लागि ६४ गोल गरेका छन् र त्यसक्रममा रोनाल्डोको कीर्तिमान तोडेका छन् । 

पेरुको राजधानी लिमामा मंगलवार सम्पन्न खेलमा नेयमारले ह्याटट्रिक गरे । ब्राजिल दुईपटक पछि परेर पनि खेलमा फर्कियो र विजयी समेत भयो । 
 


Advertisement

नेयमार अब पेलेभन्दा १३ गोल मात्र पछि छन् । 

त्यसअघि अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो । कोलम्बिया र चिलीबीच २–२ गोलको बराबरी रह्यो भने उरुग्वेले इक्वेडरसँग ४–२ को पराजय बेहोर्‍यो । उता पाराग्वेले भेनेजुएलालाई १–० ले हरायो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्