×

NMB BANK
NIC ASIA

जसको अन्याय र रोगसँग लड्दालड्दै भयो अवसान

असोज २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध तथा महिला र दलितको हक दिलाउन लड्ने एउटा नाम हो, सानु पहाडी । उनको जीवन जहिल्यै अन्यायविरुद्ध लडेरै बित्यो ।
  सानु शिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएकी थिइन् । परिवारमा नौ दाजुभाइ, दिदीबहिनीमध्ये शिवा जेठी छोरी थिइन् । सानै उमेरदेखि गीतसङ्गीतमा रुचि राख्ने शिवा ग्रामीण भेगका सांस्कृतिक कार्यक्रममा रमाउने गर्थिन् । समाजमा हुने जातीय भेदभावले शिवालाई नराम्ररी प्रभाव पा¥यो ।

Muktinath Bank

 सोही कारणले उनी जनताका गीत गाउँदै जनवादी गायिका बनिन् । “म समाजमा परिवर्तन चाहन्थे,म गाउँघरका दिदीबहिनीसँग घाँसदाउरा गर्दै गीत गाउँथे”, शिवा भन्थिन्,“महिलालाईं साह्रै भेदभाव गरिएको थियो जुन कुरा मलाई सहन गाह्रो हुन्थ्यो ।” शिवा महिला, पुरुष बराबर भएको देख्न चाहन्छिन् तर समाजका लागि  त्यो पाच्य थिएन ।
 उनी भन्थिन्,“श्रीमतीले केलाएर, सबै थोक गरेर बनाएको गुन्द्रुक पनि बेच्नका लागि श्रीमान्को अनुमति चाहिने कस्तो संस्कार ?” शिवा २०४८ साल मङ्सिर ३ गते इलामका डम्बर पहाडीसँग ‘स्टेज म्यारिज’ गरेर इलाम झरिन् । साहित्यकार पहाडीसँग विवाद भएपछि शिवालाई साङ्गीतिक क्षेत्रमा जम्न झनै सहज भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नेपालमै हाम्रो पहिलो स्टेज म्यारिज भएको होला, त्यसभन्दा पहिले भएकै थिएन, जम्मा एक हजार सात सय रुपियाँमा विवाह भएको थियो” शिवाले कुनै बेला विगत स्मरण गर्दै भनेकी थिइन्, “पत्रपत्रिकामा पनि हाम्रो विवाहको राम्रै कभरेज भएको थियो ।”


Advertisment
Nabil box
Kumari

 विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा
  विसं २०३६÷०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा शिवा सहभागी भइन् । विशेष गरी शिवाले महिलाका पक्षमा आवाज उठाएको देखिन्छ । “म जनवादी गीतबाट प्रभावित भएर त्यतैतिर लागेँ”, शिवा भन्थिन् । उनका रचना प्रायः महिलामाथि हुने अन्यायअत्याचारका विषय हुन्थे ।

Vianet communication
Laxmi Bank

विसं २०६२÷६३ को आन्दोलन चलिरहेका बेला उनका दुवै मिर्गौला फेल भए । विसं २०६३ मा उनका दुवै मिर्गौला फेरिए । भारत, तमिलनाडुमा रहेको एपोलो हस्पिटलमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  त्यसको एक वर्षपछि पाठेघरमा ट्युमर भएको थियो । पछि शल्यक्रिया गरेर पाठेघर फालियो । त्यसको दुई वर्षपछि फेरि हृदयाघात भएर मुटुको दुई  भल्भ हाल्नुपरेको थियो । एउटा आँखामा मोतीविन्दु भयो । विसं २०७२ मा एउटा आँखाको शल्यक्रिया गरिन् ।

उनी भन्थिन्, “म यति रोगी हुँदाहुदै पनि आफूलाई रोगी ठान्दिन र कहिल्यै बिरामी जस्तो भएर ओछ्यानमा बसेको पनि छैन । म पहिलेदेखि गीत गाउनुभन्दा पनि अगाडिदेखि नै के भन्थेंँ भने हामी क्रान्तिकारीहरू रोग लागेर ओछ्यानमा मर्नु नपरोस् । बरु सङ्घर्षको मैदानमा गोली खाएर मर्नुपरोस् भन्दै हिँडेको मान्छे त्यही भएर रोग लागेर ओछ्यानमा मर्न चाहन्न, सङ्घर्षको मैदानमा जनताको लागि लड्दालड्दै मर्न चाहन्छु ।” शिवाले ‘चौँरी गाईं चर्ने ठाउँ, कोइलीले गाउने गाउँ’ ,‘टारी खेत साहुलाई बन्धकीमा राखी, विदेशियौ धन कमाउन’लगायत थुप्रै गीत गाएकी छिन्।

साङ्गीतिक जगत् र राजनीतिक क्षेत्रकी हस्ती सानु पहाडीको निधन आज बिहान काठमाडौमा भयो । केही दिनयता शारीरिक रूपमा अस्वस्थ्य देखिएपछि उनलाई काठमाडौंँ मेडिकल कलेजमा भर्ना गरिएको थियो । सानुको मृत्युपछि राजनीतिक क्षेत्रका व्यक्तिले समेत दुःख व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x