×

NMB BANK
NIC ASIA

रेस्टुरेन्टमा काम गर्न गएका दुर्गाबहादुर यसरी बने ‘डेभिड डन’, मलेसियाका पूर्व एआईजीलाई सल्लाहकारमा नियुक्ति

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सीआईबीका एक उच्च अधिकारीलाई फोन आयो– ‘डेभिडलाई तत्काल छाडिदिनुस्, नत्र अप्ठ्यारो पर्ला !’

Muktinath Bank

फोन गर्ने व्यक्ति थिए, प्रतिनिधि सभाका एक सदस्य । उनले छाडिहाल्नुस् भनेका व्यक्ति हुन्– डेभिड भनिने गुण्डा नाइके दुर्गाबहादुर श्रेष्ठ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईंहरूलाई अप्ठ्यारो पर्ला, उहाँलाई छाडिदिनुस् भन्दै फोन आएको थियो,’ ती प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उहाँलाई एम्बेसीले समेत क्लीन चीट दिएको छ, किन समाउनुभएको भन्नुभयो ।’


Advertisment
Nabil box
Kumari

तर, डेभिडविरुद्ध आफूहरूसँग पर्याप्त प्रमाण रहेको र उजुरी समेत परेकाले छाड्न नमिल्ने जवाफ ती अधिकृतले दिए ।

Vianet communication
Laxmi Bank

श्रेष्ठले काठमाडौंको सिनामंगलमा म्यानपावर चलाउँदै आएका छन् ।

उनले सोही म्यानपावरको शाखा मलेसियामा पनि खोलेको र त्यसैमार्फत् ठगी धन्दा र गुण्डागर्दी गर्ने गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले बताए । 

प्रवक्ता पाण्डेका अनुसार उनले नेपालीहरूलाई मलेसिया लैजाने र आफ्नै रेस्टुरेन्टमा काम लगाउने गरेका थिए । मलेसियाका विभिन्न स्थानमा उनको १४ वटा रेस्टुरेन्ट रहेको प्रहरीले जनाएको छ ।

आफ्नै म्यानपावरमार्फत नेपाली कामदार लैजाने र विभिन्न बहानामा उनीहरूलाई तलब कम दिने, कसैलाई दिँदै नदिने र भिसा म्याद सकिएका कामदारलाई दुःख दिने गरेको प्रवक्ता पाण्डले बताए ।

‘नेपाली कामदारलाई टुरिस्ट भिसामा मलेसिया लैजाने र त्यहाँ पुगेपछि उनीहरूलाई विभिन्न बहानामा ठगी गर्ने गरेको पाइएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘यदि नमानेको खण्डमा प्रहरी लगाइदिने र जेलसम्म पठाएर दुःख दिने गरेको पाइयो ।’

उनको मुख्य निशानामा भिसा सकिएका कामदार पर्ने गरेका थिए । भिसा सकिएका कामदारलाई काम लगाउने, तलब नदिने र तलब मागेको खण्डमा मलेसियन प्रहरीलाई बोलाएर जेल पठाउने गरेको पीडितले प्रहरीलाई बताएको प्रवक्ता पाण्डेले बताए ।

काठमाडौंमा अलिशान बगंला

​डेभिडको काठमाडौंको बाँसबारीमा साढे २ तल्लाको आलिशान बंगला छ । 

२३ आनामा बनेको बंगला उनको श्रीमती माया श्रेष्ठको नाममा रहेको छ । डेभिडकी श्रीमती माया श्रेष्ठ भुटानी  हुन् । 

उनले नेपाली नागरिकता माया श्रेष्ठको नामबाट लिएको र उनको भुटानको नामा धनमाया राई रहेको अनुसन्धानमा देखिएको छ ।

सन् २००० मा रेस्टुरेन्टमा कामदारको रूपमा मलेसिया पुगेका डेभिड र भुटानी नागरिक धनमाया बीच त्यहीँ रेस्टुरेन्टमा भेट भएको थियो । उनीहरूले सन् २०११ विवाह गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

त्यसबेला एक चाइनिजले धनमायालाई उपहार स्वरूप एउटा रेस्टुरेन्ट दिएका थिए, त्यसैलाई विस्तार गर्दै उनीहरूले १४ वटा पुर्‍याएका रहेछन् ।

मलेसियामा समेत चिनिएका गुण्डा नाइके

सीआईबीले पक्राउ गरेका डेभिड मलेसियामा समेत चिनिएका गुण्डा नाइके भएको उनीबाट पीडित एक नेपालीले बताए ।

उनकै रेस्टुरेन्टमा काम गरेका ती नेपालीका अनुसार उनलाई मलेसियामा समेत डेभिड डनका नामले चिनिन्छ । उनले मलेसियाको प्रहरी, स्थानीय अधिकारी र नेपालको राजदूतावाससँग सम्बन्ध विस्तार गरेका छन् ।

‘उनको शरीरमा एउटा ट्याटू छ, जसले त्यहाँको गुण्डा समूहको संकेत जनाउने गर्दछ,’ उनले भने, ‘डेभिडको रेस्टुरेन्टमा आउनेहरूले यो ट्याटू हाम्रो ग्याङको हो, यसको प्रमुख डेभिड हुन् भनेका थिए ।’

उनले सल्लाहकारको रूपमा मलेसियाका पूर्व एआईजीलाई तलब दिएर राखेको प्रहरी अनुसन्धानमा खुलेको सीआईबीका एक अधिकारीले बताए ।

‘डेभिडले सल्लाहकारको रूपमा मलेसिया पुलिसका रिटायर्ड एआईजीलाई तलब दिएर समेत राखेको देखिन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

आफूविरुद्ध उजुरी पर्न लागेको अप्ठ्यारो पर्ने देखिएपछि सेटिङ मिलाउने प्रयोजनका लागि सुटुक्क नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

‘अनुसन्धान गर्दै जाँदा नेपालमा पनि प्रहरीमा सेटिङ गर्न सकिन्छ कि भन्ने सोच देखिन्छ,’ ती अधिकारीले भने, ‘तर उनको त्यो प्रयास असफल भएको छ ।’

डेभिडले काठमाडौंको शेर्पा मलमा हार्ड भन्ने कपडा पसल समेत सञ्चालन गर्दै आएका छन् । उनले त्यो पसल केही समयअगाडि किनेको देखिने प्रहरीले जनाएको छ ।

सीआईबीमा डेभिडविरुद्ध ५ जना महिला र ९ जना पुरुषले उजुरी दिएका छन् । 

ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक र चितवनका २४ वर्षीया, २९ वर्षीया, ३१ वर्षीया र २७ वर्षीया महिला तथा काठमाडौं, उदयपुर, रामेछाप, धनकुटा र झापाका ३५ देखि ४५ वर्ष उमेरका ९ पुरुषले उजुरी दिएको सीआईबीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x