×

NMB BANK
NIC ASIA

विभिन्न कार्यक्रम गरी चेम्बर अफ कमर्सले मनायो ७०औं वार्षिकउत्सव

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चेम्बर अफ कमर्सले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आफ्नो ७० औं वार्षिकउत्सव मनाएको छ । 

Muktinath Bank

चेम्बर दिवस–२०७७ तथा आफ्नो वार्षिकउत्सवको अवसरमा चेम्बरले विभिन्न कार्यक्रम आयोजना गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारा  चेम्बर अफ कमर्सले बारा जिल्लाजितपुर सिमरा वडा नं. २२ चकरीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका पचास जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई शैक्षिक समाग्री र खेलकुद समाग्री वितरण गरेको छ । करिव तिस हजार मुल्य बराबरको उक्त समाग्री वितरणमा विद्यालय संचालक समितिका अध्यक्ष प्रेम बहादुर लोप्चन र प्रधानाध्यापक भुपेन्द्र दहालले सहजिकरण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

कोभिड १९ को स्वास्थ्य प्रोटोकल अनुसार गोदावरी नगर चेम्बर अफकमर्स कार्य समितिका पच्चिस जनाले रक्तदान गरेका थिए ।

Vianet communication
Laxmi Bank

चेम्बर दिवस तथा नेपाल चेम्बर अफकमर्सको सत्तरीऔं बर्षकाअवसरमापोखरा चेम्बर अफकमर्स, कास्कीको आयोजनामा “संघीयतामा समृद्घि–२०७७” नामक स्मारिकाविमोचन गरेको छ ।

गण्डकी प्रदेस सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीको कार्यालयमा एक समारोह बिचबिमोचन भएको थियो । उनले संघीयतालाई आत्मसातगर्दे बिधान शंसोधन गरी सबै तहमाविस्तार भएको चेम्बरले सबै ठाउमा पहुच र प्रतिनिधित्व बढाउन सुझाव दिए ।

झापा चेम्बर अफ कमर्सले यस अवसरमाबिर्तामोढ स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका करिव चालीस जना वृद्धवृद्धालाई खाना खुवाएको छ ।

कंचनपुर चेम्बर अफ कमर्सले यस अवसरमास्थानिय रौटोलाधाम स्थित बैजनाथधाम जेष्ठ नागरिकसेवा केन्द्रकाकरिव विसजना वृद्धवृद्धालाई फलफुल उपलब्धगराएको छ ।

धनुषा चेम्बर अफ कमर्सबाट चेम्बर दिवस तथा नेपाल चेम्बर अफकमर्सको सत्तरी बर्षको अवसरमा जानकी बृद्धाश्रम, सन्तबाल अनाथालयमा खाध्यान्न, फलफुल वितरण गरेको छ । त्यसैगरी जनकपुरधाम बजार परिक्रमा गरी मास्क, सेनीटाइजर तथाकोरोना सचेतनाकालागि चेम्बरले तयार गरेको पर्चा वितरण गरेको थियो ।

बाँके चेम्बर अफ कमर्सले यस अवसरमा नीलसागर आश्रम नेपालगंजमा रहेका वृद्धवृद्धालाई फलफुल उपलब्ध दिएको थियो । सो अवसरमा आश्रमलाई नगद रु. सातहजार दिईएको थियो

महोत्तरी चेम्बर अफकमर्सबाट चेम्बर दिवस तथा नेपाल चेम्बर अफकमर्सको सत्तरी बर्षको अवसरमापारेर हालै गठन भएको चेम्बर अफकमर्सकोकार्यालय उद्घाटन गरियो । बर्दिवासमा रहेको कार्यालयको प्रदेससभा सदस्य शारदा देवीथापाले एक समारोह विच उद्घाटन गरेकी थिइन्  ।   

काभ्रे चेम्बरअफ कमर्सले यस अवसरमालायन्स क्लवअफ काठमाण्डौं टेम्पल चण्डेश्वरीको संयुक्तआयोजनामा रोगले भन्दाभोकले नमरुनभन्ने सोचले बनेपामा एक सय भन्दा बढीलाई भोजन गराईएको थियो । 

गुल्मी चेम्बर अफ कमर्सले यस अवसरमा स्थानिय गुल्मी अस्पताललाई सर्जिकलमास्क, सेनिटाइजर उपलब्ध गराएको थियो ।

चितवन चेम्बरअफ कमर्सले यस अवसरमा कोरोना संक्रमितको आव्हान, हाम्रो साझाअभियान, मैले जितें कोरोना, गर्छु  प्लाज्मादान”भन्ने नाराका साथ प्लाज्मा संकलनका लागी रक्तदानको आयोजना गरेको थियो । कार्यालय रहेको नारायणगढमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईबाट नेपाल चेम्बरको सत्तरी बर्षको लोगो रहेको झण्डाको झण्डोत्तलन संगै प्रारम्भ भएको रक्तदानमा शसस्त्र प्रहरी बलका बाह्रजनाले रक्तदान गरेको र यसलाई अझ केहि दिन संचालन गरी एक सय पचास पाउण्ड रगत संकलन गरिने कार्यक्रम रहेको छ । यस कार्यमा राप्तीनगरपालिका प्रमुख प्रभाव बरालको सक्रिय सहयोग र भरतपुर महानगरपालिकाको सहयोग रहेको छ ।

जिल्ला विपद ब्यवस्थापन समितिमार्फत अर्घाखांची चेम्बर अफ कमर्सले सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीलाई हालै आएको पहिरोबाट पिडित भएकाहरुलाई राहत उपलब्ध गराउन रु. पच्चिस हजारको चेक हस्तान्तरण गरेको छ ।

गोरखा चेम्बर अफकमर्स र लायन्स क्लवको संयुक्त आयोजनामा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ। करिव चालिस पाउण्ड रगत संकलनभएको थियो । यसका साथै चेम्बर कार्यालयमा जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स तथा चेम्बरको सत्तरी बर्षको लोगो अंकित झण्डा फहराइएको थियो । 

रुपन्देही चेम्बरअफ कमर्सले रक्तदानको आयोजना गर्यो । कोभिड १९ को प्रकोपमा रक्तअभावभईरहेकोले कार्यक्रमआयोजनागरिएको थियो । उक्तकार्यक्रमबाट ७२ प्वाईण्ट रगत संकलनभएको थियो ।

लुम्बिनी प्रदेस सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यता, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा चन्द्रौटा उबासंघका महासचिव दमन भाटको उपस्थितीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियो । त्यसै गरी कोभिड १९ को कारण शिवराजनगरपालिकाको आईसोलेसन सेण्टरमा रहेका तिस जनालाई खाजा तथा फलफुल वितरण गरिएको थियो ।

चेम्बर दिवसकाअवसरमा मलंगवा स्थित सर्लाही अस्पताल तथा बाल मन्दिरमा फलफुल तथा मास्क बितरण गरेको छ ।

प्रभात फेरीको रुपमा बजारमा मास्क तथा सेनीटाइजरको वितरण र प्रयोग गर्नुपर्ने भन्ने जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो ।

बीरगंज चेम्बरअफ कमर्सले मानव सेवा आश्रम बीरगंजमा फलफुल वितरण गरिएको थियो ।

 
काठमाण्डौमा
चेम्बर
अफ कमर्सले पशुपतिनाथ मन्दिर परिसरमा फलफुल तथा मास्क  वितरण गरिएको थियो ।

तारकेश्वर नगर चेम्बर अफ कमर्सले तारकेश्वर नगरपालिका वडा नं. ६को अपांग सेवा समाजमा फलफुल, कुखुराको मासु तथा खाध्य समाग्री हस्तान्तरण गरिएको थियो ।

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x