×

NMB BANK
NIC ASIA

विद्यालय मर्मतका लागि आएको रकम हिनामिना गर्ने इञ्जिनीयर, प्रअ र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालय माविको भवन मर्मतका लागि आएको रकममा हिनामिना गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिकाकी इञ्जिनियर निर्मला लामा स्याङ्तानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमबाट काम नगरी झुठा विवरण पेश गरी रकम निकासा गराएको अभियोगमा इञ्जिनियर स्याङ्तान, विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समिति अध्यक्ष छेवाङ लामाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूविरुद्ध ७ लाख ८४ हजार ४ सय ४६ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

हेर्नुहोस्, विज्ञप्ति :

Vianet communication
Laxmi Bank

प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२९ गते ।

श्री हिमालय मा.वि. रोशी-६, काभ्रेपलाञ्चोकमा जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकबाट बिल्डिङ्ग मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी झुक्याई मूल्याङ्कन गराई रकम निकासा गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतान, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासमेतले निर्माणस्थलमा भएको कार्यको एकिन र वास्तविक नापजाँच नगरी नभए नगरेको रु.७,८४,४४६।३४ बराबरको कार्यसमेत नापी किताबमा उल्लेख गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्णाणस्थलमा हुँदै नभएको कार्यको उक्त रकमसमेत भुक्तानी लिई निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतानले सरकारी रकमको हिनामिना,  हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिंदा बिगो रु.७,८४,४४६।३४ (अक्षेरुपी सात लाख चौरासी हजार चारसय छ्यालीस रुपैँया चौतीस पैसा) कायम गरी निजहरु बोधनाथ उप्रेती, छेवाङ लामा र निर्मल लामा स्याङतान तीनै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हिनामिना हानिनोक्सानी गरेको बिगो रकम निजहरुबाटै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर गरी हुँदै नभएको काम भएको भनी गलत नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी प्रमाणित गर्ने यी तीनैजना आरोपितहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x