२६ जेठ २०८३, मंगलबार

खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु

असोज २९, २०७७
खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिहीवार खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर ८ का ५० वर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

‘बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्,’ उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।’

प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्