×

NMB BANK
NIC ASIA

नयाँ अर्थमन्त्रीप्रति निजी क्षेत्र आशावादी- 'आफूहरूलाई विश्वासमा लिएर अर्थतन्त्र चलायमान बनाउनेमा विश्वस्त'

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीको बीचमा देशले नयाँ अर्थमन्त्री पाएको छ ।

Muktinath Bank

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेको ४० दिनपछि नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका बीच अर्थमन्त्री बनेका पौडेल यसअघि पनि अर्थमन्त्रीका रूपमा काम गरिसकेका पात्र हुन् । यस हिसाबले हेर्दा उनलाई मन्त्रालयको कार्यसम्पादनमा केही सहज देखिन्छ ।


Advertisment
Nabil box
Kumari

यद्यपि कोरोनाले थिलोथिलो पारेको अर्थतन्त्र चलायमान बनाउनका लागि भने उनलाई अवसर र चुनौति दुवै रहेको व्यवसायीहरूले बताउन थालेका छन् । 

Vianet communication
Laxmi Bank

अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण थलिएको अर्थ व्यवस्थालाई समुचित ढंगले अगाडि बढाउनुपर्ने अवस्था छ भने निजी क्षेत्रलाई पनि उत्तिकै महत्त्वका साथ चलायमान बनाउनका लागि काम गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । 

यसअघि निजी क्षेत्रलाई राज्यले बेवास्ता गरेको आरोप लाग्दै आएको छ । नव नियुक्त अर्थमन्त्री पौडेलले यसलाई चिर्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।

सकारात्मक सोच राखेर अगाडि बढ्नु अहिलेको आवश्यकता : सतिश मोर, अध्यक्ष–नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले नव नियुक्त अर्थमन्त्री विष्णु पौडेल अर्थतन्त्रका विषयमा अनुभवी रहेकाले अहिले सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

लोकान्तरसँग उनले भने, ‘नव नियुक्त अर्थमन्त्री पौडेल यसअघि पनि अर्थमन्त्री भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ, उहाँमा कामको अनुभव छ, सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने देखिन्छ ।’

कोरोना महामारीको यस अवस्थामा अर्थमन्त्री पौडेलले निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

‘महामारीका कारण थलिएको अर्थतन्त्रलाई माथि उकास्नु छ, यस विषम परिस्थितिमा उहाँले निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्नुहुनेछ भन्नेमा मैले विश्वास लिएको छु,’ उनले भने । 

अहिले निजी क्षेत्रसँग राज्य मिलेर अगाडि बढ्नुको विकल्प नदेखिएको भन्दै उनले अहिले अर्थतन्त्र चलायमान बनाउनका लागि कोरोना भनेर रोएर मात्रै नहुने र सुरक्षा प्रोटोकल पालना गर्दै काम गर्न सहयोग गर्नुपर्ने बताए ।

‘अर्थमन्त्रीलाई चुनौती त छ, तर त्यस चुनौतीलाई उहाँले अवसरका रूपमा लिएर काम गर्ने वातावरण तयार गर्नुपर्छ, उनले भने ।

निजी क्षेत्रका लागि पनि राज्यले सोच्नुपर्ने अनि निजी क्षेत्र पनि राज्यको एक हिस्सा हो भन्ने कुराको सोच नव नियुक्त अर्थमन्त्रीले राख्नुपर्नेमा उनको जोड छ । 

राहत महसूस भयो : दीपक मल्होत्रा, उपाध्यक्ष, चेम्बर्स अफ कमर्स

चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मल्होत्रा नव नियुक्त अर्थमन्त्रीलाई अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँछन् ।

उनले राज्यको ढुकुटी र अर्थतन्त्रको आकार नै सुकिरहेको यस अवस्थामा अर्थमन्त्री पौडेललाई चुनौती रहने बताए । उनले भने, ‘चुनौतीका बावजुद पनि उहाँ पहिला अर्थमन्त्री भइसक्नुभएकाले व्यवसायीहरूमा सकारात्मक सन्देश गएको र अहिले आशावादी भएको देखिन्छ ।’

अर्थमन्त्री पौडेलको जनमुखी स्वभावका कारण अहिले निजी क्षेत्र सकारात्मक रहेको उनले बताए । 

मल्होत्राले भने, ‘विगतका दिनहरूमा राज्यले निजी उद्योगी व्यवसायीलाई समय नदिएको भएपनि नव नियुक्त अर्थमन्त्रीको स्वभाव त्यस्तो नरहेको र उहाँले सबैलाई समेट्नुहुनेछ भन्ने आशा छ ।’

उनले थपे, ‘अहिले काम गर्न सक्ने, नसक्नेभन्दा पनि काम कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण रहेकाले अर्थमन्त्रीले पनि सबै कुरा मनैदेखि गरे चुनौतीलाई छिचोल्न सकिने देखिन्छ,’ उनले भने । 

सरकारसँग अहिले केही माग्न पनि छाडिसकेको भन्दै उनले नव नियुक्त अर्थमन्त्रीले व्यवसायीहरूलाई सहज हुनेगरी महामारीलाई पनि सम्बोधन हुनेगरी काम गर्नुपर्ने देखिएको बताए ।

उनले भने, ‘अनुभवी हुनुहुन्छ, अहिले हामी सबैले केही न केही राहत महसूस गरेका छौं ।’

विशेष प्याकेज ल्याउनुहुन्छ भन्ने अपेक्षा गरौं : पशुपति मुरारका, पूर्व अध्यक्ष उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नव नियुक्त अर्थमन्त्रीले चुनौतीका बावजुद पनि अर्थतन्त्रलाई उकास्न काम गर्नुपर्नेमा जोड दिए ।

लोकान्तरसँग उनले भने, ‘नकारात्मक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उकास्न नयाँ अर्थमन्त्रीले कुनै विशेष प्याकेज ल्याउनुहुनेछ भन्नेमा निजी क्षेत्रका उद्योगी, व्यवसायीहरू विश्वस्त छौं ।’

उनले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने भन्दै सानातिना राहतले अर्थतन्त्र चलायमान नहुने र त्यो अवस्थालाई नयाँ अर्थमन्त्रीले बुझ्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘सानातिना राहतले अहिले अर्थतन्त्र माथि उठ्दैन, केही विशेष प्याकेज नयाँ अर्थमन्त्रीले ल्याउनुहुन्छ भन्ने अपेक्षा गरौं ।’ 

साना तथा मझौला व्यवसायीहरू अहिले एकदमै शिथिल बनेको भन्दै मुरारकाले उनीहरूलाई उकास्नका लागि नयाँ अर्थमन्त्रीको भूमिका उल्लेखनीय हुने विश्वास व्यक्त गरे ।

स्वाभाविक रूपमा उहाँसँग अपेक्षा छ : दिनेश श्रेष्ठ

संकटको अवस्थामा नव नियुक्त अर्थमन्त्रीसँग स्वाभाविक रूपमा अपेक्षा रहेको उद्योग वाणिज्य महासंघका बाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

उनले भने, ‘वर्तमान अवस्थामा सर्वप्रथम नव नियुक्त अर्थमन्त्रीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ ।’ 

निजी क्षेत्र बलियो भएमा राज्य स्वतस्फूर्त बलियो हुने भन्दै उनले निजी क्षेत्र तथा सरकारबीच समन्वय गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले सबै क्षेत्र बाँच्नका लागि व्यवसायलाई सहज हुने तरिकाले नीति आउनुपर्ने भन्दै नव नियुक्त अर्थमन्त्रीले यस्ता व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । 

‘कोरोना सधैँ रहँदैन भन्ने मनस्थिति राखेर नयाँ अर्थमन्त्रीज्यूले अहिले व्यवसाय सञ्चालनका लागि नयाँ नीतिहरूको व्यवस्था ल्याउनुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने ।

उनले नव नियुक्त अर्थमन्त्रीले निजी क्षेत्रका राम्रा विचारलाई कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

‘चुनौतीका बीचमा नयाँ अर्थमन्त्री पाउँदा साना व्यवसायलाई समेत समेटेर कामलाई सहज बनाउने गरी केही स्टिमुलस प्याकेज ल्याउनुहुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राज्य र निजी क्षेत्रबीच सन्तुलन आवश्यक हुने भन्दै उनले यस्तो प्रकृतिको सन्तुलन नव नियुक्त अर्थमन्त्री पौडेलले राख्नुपर्नेमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x