यी महिलालाई पतिले डेढ वर्षसम्म थुने शौचालयमा (भिडियो)

भारतको पानीपतमा एक महिलालाई उनका पतिले डेढ वर्षसम्म शौचालयमा थुनेको अवस्थामा उद्धार गरिएको छ । 

ती ३५ वर्षीया महिलालाई तीन बाई तीन फीटको शौचालयमा १८ महिनासम्म राखिएको थियो । उनलाई प्रहरी र सामाजिक कार्यकर्ताहरूले मंगलवार उद्धार गरेका हुन् । 


Advertisement

पति नरेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 

अमानवीय व्यवहार गरेका पतिले उनलाई कैयौं दिनसम्म खाना र पानी नदिने गरेका थिए । महिलाका तीन सन्तान छन् । 


Advertisement

स्थानीयहरूले महिलाको अवस्थाका बारेमा थाहा पाएपछि महिला सुरक्षा अधिकारी रजनी गुप्तालाई खबर गरेका थिए । उनले प्रहरीलाई सूचना दिइन् र उनीहरू घरको छेउमा रहेको शौचालय पुगे । 

ती महिला शौचालयको भुइँमा लडिरहेको उनीहरूले भेटे । 

‘उनी दुब्लाएर हिँड्न समेत नसक्ने भएकी थिइन्,’ गुप्ताले भनिन् । ‘हामीले उनलाई खाना दिँदा उनले आठवटा रोटी खाइन् ।’

महिलाको नाम खुलाइएको छैन । उनको विवाह १७ वर्षअघि भएको थियो ।

पतिले पत्नी मानसिक रोगी भएको दाबी गरे अनि उनको उपचार चलिरहेको बताए । 

तर उनले मानसिक रोगको प्रमाण दिन सकेनन् । 

गुप्ताले महिलासँग कुरा गर्दा मानसिक रूपमा तन्दुरुस्त पाइन् ।

महिलालाई पहिला अस्पताल लगियो अनि उपचारपछि बहिनीको घरमा राखिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्