×

NMB BANK
NIC ASIA

एक बिरामीलाई २ लाख !

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । जुन प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । यसमध्ये २० करोड ९९ लाख २० हजार रुपैयाँ कोरोना कोषबाट खर्च भएको छ ।

Muktinath Bank

सरकारी खर्चअनुसार कोरोना उपचार, रोकथाम र नियन्त्रण भने प्रभावकारी हुन नसकेको गुनासो छ । जटिल खालका बिरामीले उपचार अभावमा ज्यान गुमाएका छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएर छटपटाउँदाछटपटाउँदै १५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । संक्रमित बढेपछि प्रदेशमा दुई महिनायता लक्षण देखिएका बिरामीलाई पनि निःशुल्क स्वाब परीक्षण गर्न छोडिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना सर्ने प्रबल सम्भावना रहेका यात्रा इतिहास भएका व्यक्तिलाई पनि पीसीआर परीक्षण गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

१२ जिल्लाका जटिल खालका बिरामीलाई उपचार गर्न प्र्रदेशमा चारवटा कोरोना अस्पताल सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयका सहायक लेखापाल कृष्णबहादुर पौडेलका अनुसार ती अस्पताल व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारले अहिलेसम्म २१ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशमा शुक्रबार दिउँसोसम्म १४ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कोरोना अस्पतालमा १ हजार ८५ जनाले मात्रै उपचार गराएका छन् । अस्पतालमा भर्ना भएका ६६ जनाको मृत्यु भएको छ । यस हिसाबले एक जना बिरामी बराबर प्रदेश सरकारले १ लाख ९९ हजार २ सय ७ रुपैयाँ लगानी गरेको छ ।

Vianet communication
Laxmi Bank

बुटवल, भैरहवा, दाङ र बाँकेमा रहेका कोरोना अस्पतालमा जम्मा १ सय ९५ बेड मात्रै छन् । चारवटै अस्पतालमा गरेर ३४ आईसीयू, ३३ मोनिटर र १२ वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । जसमध्ये ७ वटा भेन्टिलेटर मात्रै सरकारले व्यवस्थापन गरेको हो । बुटवलमा रहेका ४ वटा भेन्टिलेटर र ८ वटा आईसीयू गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले दिएको हो । बाँकी एउटा भेन्टिलेटर लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघिदेखि नै सञ्चालनमा थियो ।

सरकारले कोरोना अस्पतालमा लगानी बढाइरहेको बताए पनि धेरै संक्रमित बेड अभावले र जटिल खालका संक्रमित महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले जटिल खालका बिरामीलाई मध्यनजर गर्दै बुटवलस्थित कोरोना अस्पतालको क्षमता विस्तार थालिएको बताए । ‘हाइडिपेन्डेन्सी युनिटका ३० र अक्सिजन पाइपलाइनयुक्त ५० बेड थप गर्दै छौं,’ उनले भने, ‘तर धागो कारखानाभित्रको जग्गामा अस्पताल विस्तार गर्दा उद्योग विभागको स्वीकृति लिनुपर्नेलगायत कारणले केही ढिलाइ भएको छ ।’

यसअघि सामाजिक विकास मन्त्रालयले भैरहवाको भीम अस्पतालमा आईसीयू र हाइडिपेन्डेन्सी युनिट विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमा भने प्रदेश मन्त्रिपरिषद्मा सहमति जुटेन । मुख्यमन्त्री एवं आर्थिक मामिला योजनामन्त्री शंकर पोखरेलले भीम अस्पतालमा सेवा विस्तार गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेपछि बुटवलमा क्षमता बढाउन लागिएको हो । सरकारका प्रवक्ता बैजनाथ चौधरीले दसैंतिहारको बीचमा जटिल खालका संक्रमित बढ्ने अनुमानसहित चुस्तदुरुस्त सेवा दिने ठाउँमा अस्पतालको सेवा बढाउन लागेको बताए ।

कोरोना अस्पतालमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकको जोखिम भत्ताका लागि मात्रै १० करोड ९८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकका लागि शतप्रतिशत भत्ता दिने मापदण्ड छ ।

अस्पतालमा एक्सरेलगायत विभाग र आकस्मिक कक्षमा खट्नेलाई ७५/७५ प्रतिशत र अन्यलाई ५० प्रतिशत भत्ता तोकिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भने कोरोना उपचारमा खटिएका चिकित्सकको साटो अस्पतालका कर्मचारीले नै कोरोना भत्ता लिएपछि छानबिन भइरहेको छ ।

प्रदेशमा हालसम्म ४ हजार ३ सय ३ जना कोरोना संक्रमित घरमै आइसोलेसन बसेका छन् । त्यसमध्ये ४ जनाको मृत्यु भएको छ । अहिले पनि २ हजार १ सय ६५ जना होम आइसोलेसनमै छन् । तिनमा सरकारी लगानी, निगरानी र हेरचाह छैन । होम आइसोलेसनमा बस्नेलाई आइसोलेसन अवधिभर एक पटक पनि फोन सम्पर्क गरिएको छैन । ‘उच्च ज्वरो आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराएँ । पोजिटिभ रिपोर्ट देखियो । १४ दिन घरमै बसें,’ सिद्धार्थनगर नगरपालिका–६ की सुस्मिता पाण्डेले भनिन्, ‘तर कसैले एक पटक फोन गरेर के भयो पनि भनेनन् ।’

यहाँका ७ वटा निजी अस्पतालमा कोरोना उपचार हुन्छ । ती अस्पतालले ४ सय ३ बेड कोरोना उपचारका लागि छुट्याएका छन् । तिनमा अहिलेसम्म ४ सय ३ जनाले उपचार गराएका छन् । यसमा पनि सरकारी लगानी छैन ।

प्रदेश सरकारले रूपन्देहीको भैरहवामा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । उक्त प्रयोगशा​ला व्यवस्थापन र सञ्चालनमा मात्रै ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका इन्चार्ज प्रेम यादवले प्रयोगशालामा अहिलेसम्म करिब ३० हजार बढी नमुना परीक्षण भएको बताए । चारवटा कोरोना अस्पताल खोल्न प्रदेश सरकारले गत चैत १०
गते २/२ करोडका दरले ८ करोड रुपैयाँ निकासा दिएको थियो । त्यसबाहेक २१ करोड ६१ लाख ४० हजार र कोरोना कोषबाट २० करोड ९९ लाख २० हजार गरी अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशअन्तर्गतका १३ अस्पताल, १२ जिल्ला स्वास्थ्य कार्यालय र १२ वटा आयुर्वेद अस्पताल छन् । तिनमा समेत माग र आवश्यकताका आधारमा रकम गएको सामाजिक विकासमन्त्री बरालले बताए । ‘कोरोना उपचार र अस्पताल सञ्चालनमा जुनसुकै समयमा रकम आवश्यक परे माग गर्न सक्ने र रकम दिने व्यवस्था गरेका छौं,’ उनले भने ।

सरकारको नियमित अनुगमन र निगरानी नहुँदा अन्य अस्पतालमा कोरोना रोकथाममा गएको रकम पनि नतिजा दिने गरी खर्च भएको छैन । मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले सरकारले उपचारका नाममा उपकरण थुपारे पनि दक्ष जनशक्ति भर्ना र सहजीकरण गरेर काम गर्न नसकेको बताए । ‘सरकारले कोरोना रोकथामका लागि भन्दै अस्पतालहरूमा लगानी गरेको गर्‍यै छ,’ उनले भने, ‘अब प्रतिफल हेरेर लगानी गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा अमृता अनमोलले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x