×

NMB BANK
NIC ASIA

ओली र दाहालबीचको संवादहीनताले कर्णालीका नेता अलमलमा

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विवाद समाधान गर्न कर्णाली प्रदेशबाट काठमाडौं बोलाइएका नेताहरू नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताले अलमल्ल परेका छन् ।

Muktinath Bank

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलभित्रै अविश्वासको प्रस्ताव आएपछि कस्सिएको विवादको गाँठो फुकाउन ओली र दाहालले दुवै पक्षलाई काठमाडौं झिकाएका थिए । बुधबार र बिहीबार आइपुगेका उनीहरूले कर्णालीको विवादका विषयमा अध्यक्षद्वयसँगै बसेर छलफल गर्न पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कार्यालयबाट गरिएको पत्राचारबमोजिम मुख्यमन्त्री शाही र नेकपा सहइन्चार्ज यामलाल कँडेलका छुट्टाछुट्टै टोली बिहीबार केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । उनीहरूले केहीबेर कुर्दा पनि अध्यक्षद्वय ओली र दाहाल धुम्बाराहीमा पुगेनन् । ‘उहाँहरूले २९ गतेभित्र आइपुग्नु भनेपछि हामी कार्यालयमा पुगेका हौं तर दुवै अध्यक्ष नआएपछि फर्कियौं,’ नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले कान्तिपुरसँग भने, ‘छलफलका लागि कतैबाट कुनै सूचना आएको छैन, दुई अध्यक्ष पनि सँगै बसेको जस्तो लाग्दैन ।’


Advertisment
Nabil box
Kumari

कर्णालीबाट बोलाइएका नेता काठमाडौं आइनसक्दै बुधबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसपछि अध्यक्षद्वयबीच संवाद टुटेको छ । त्यसअघि उनीहरूले दिनहुँजसो भेट गर्दै आएका थिए । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनले केन्द्रीय अध्यक्षहरूमै चिसोपना बढेकाले आफूहरूसँग संयुक्त संवाद हुन नसकेको बताए । ‘पार्टी केन्द्रीय कार्यालयबाट पत्राचार भएपछि हामी काठमाडौं आयौं,’ उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनपछि पार्टीभित्र अलिअलि समस्या सिर्जना भएको र दुई अध्यक्षबीच नै संवाद स्थगित भएजस्तो देखिन्छ । उहाँहरूले बोलाएपछि छलफल गरेर कर्णाली जान्छौं ।’

Vianet communication
Laxmi Bank

दुवै अध्यक्षले संयुक्त रूपमा छलफल नगरे पनि कर्णालीका नेताहरूसँग कार्यकारी अध्यक्ष दाहालले छुट्टाछुट्टै कुराकानी गरेका छन् । उनले शुक्रबार बिहान कर्णालीका नेकपा सहइन्चार्ज कँडेल, सांसद गुलाबजंग शाह र कर्णाली प्रदेशका पार्टी सचिव मायाप्रसाद शर्मासँग छलफल गरेका थिए । ‘अध्यक्ष दाहालले ब्रिफिङ लिनुभयो, यामलालजीले अविश्वासको प्रस्ताव ल्याउनुपर्नाको कारण बताउनुभयो,’
शर्माले भने, ‘दुवै पक्षको कुरा सुनेपछि उहाँले अध्यक्षद्वयबीच छलफल गरेर निर्णय गर्छौं, तपाईंहरू मानेर जानुपर्छ भन्नुभएको छ ।’

दाहालसँगको छलफलमा कँडेलले आफूले पहिलेदेखि नै कर्णालीको हितमा काम गर्ने लक्ष्य लिएको र उक्त लक्ष्यअनुसार सरकार नचलेपछि अविश्वासको प्रस्ताव ल्याउनुपरेको बताएका थिए । ‘मैले आफ्नो प्रदेश निर्माणको रुचि पहिलेदेखि नै राखेकै हो,’ उनको भनाइ थियो, ‘तर काम पनि भएन, ढिलासुस्ती भयो, अनियमितता भयो, सबै साथीलाई चित्त बुझेको थिएन, सल्लाह गरेर यही निष्कर्ष निस्कियो, विधिसम्मत् तरिकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौं ।’ त्यसपछि दाहालले उक्त निर्णय समय, परिवेश र परिस्थितिका हिसाबले प्रतिकूल भएको टिप्पणी गरेका थिए । पार्टी एकताको कामसमेत नसकिएको अवस्थामा यस्ता गतिविधि हुँदा समझदारीभन्दा बाहिर जान नहुने उनको भनाइ थियो ।

‘कर्णालीको समस्या पूर्वएमाले र पूर्वमाओवादीका हिसाबले बाँडिएको विचारले निम्त्याएको छ । त्यसले पार्टी एकतालाई प्रतिकूल असर पार्छ,’ दाहालको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘पार्टीको स्थायी कमिटी बैठकमा संघ र प्रदेशका सबै सरकारलाई आवश्यकताका आधारमा आंशिक या पूर्ण रूपमा पुनर्गठन गर्ने कुरा भएको छ, यसलाई हामी दसैंपछि लागू गर्ने तयारीमा थियौं । तर तपाईं हतारिनुभयो । यसले सबैतिर आशंका र अविश्वास पैदा गर्‍यो ।’ त्यसअघि शाहीलगायत दाहाल र नेपाल पक्षीय नेताहरूले बिहीबार नै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग खुमलटारमा छलफल गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x