×

NMB BANK
NIC ASIA

सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार सबैभन्दा सक्रिय उमेर समूहमा बढी संक्रमित देखिनुले यसको व्यापकता र जटिलता दुवै देखाउँछ । ‘यो डरलाग्दो तथ्यांक हो, नेपालले आफ्नो सारा अवसर गुमायो, दक्षिण एसियामा सबैभन्दा नराम्रो अवस्थामा पुग्ने डर भयो,’ उनले भने, ‘खास गरेर राजधानी काठमाडौं नै कोल्याप्स भयो भने देशभरिको अरू भाग त सबै कोल्याप्स हुन्छ ।’


Advertisment
Nabil box
Kumari

काठमाडौं जिल्लामा काम गर्ने उमेर समूहअन्तर्गत २१ देखि ५० वर्षसम्मका कोभिड संक्रमित ७२.८२ प्रतिशत छन् । ‘दिनहुँ हजार–दुई हजारभन्दा बढी नयाँ कोभिड संक्रमित काठमाडौंमा देखिएका मात्र हुन्,’ उनले भने, ‘काठमाडौंमा संक्रमण भएर पनि पहिचान नभई घुमिरहेकाको संख्या कति छ कति । अब गम्भीर हुनुपर्ने स्थिति आइसक्यो ।’

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा कोभिड संक्रमण समुदायमा गइसकेको भए पनि आधिकारिक स्तरबाट प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स सर्भे’ को नतिजा पर्खनुपर्ने अवस्था छ । काठमाडौंमा कोभिड संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना भएको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘कोरोना भाइरसको काठमाडौं केन्द्रबिन्दु भयो । पछिल्लो दुई महिनामा कोभिडका चार गुणा केस बढेको छ । आईसीयूको त के कुरा, जनरल बेड पनि पाउन नसकिने अवस्था आएको छ ।’

स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरूले समेत काठमाडौंमा कोभिड बिरामीका लागि बेड पाउन गाह्रो भएको, नपाइएको गुनासो बढ्दै गएपछि बाध्य भएर सबै सरकारी अस्पतालमा कोभिडको उपचार गर्न थालिएको बताए । उनीहरूले अझै बेडको समस्या कायमै रहेको जनाए ।

काठमाडौंका सबै अस्पताल कोभिड बिरामीले भरिइसकेको र ठाउँसमेत नरहेको जनाउँदै डा. वन्त भन्छन्, ‘हामीभन्दा श्रीलंका धेरै माथि थियो, सानो जनसंख्या भएको माल्दिभ्स अत्यन्त जोखिममा थियो, उसले रोक्यो । पाकिस्तान, बंगलादेशले रोके । भुटानले पनि राम्रो गर्‍यो । भारतले राम्रो गर्न नसके पनि त्यहाँ निको हुने दर बढी भएकाले संक्रमितको संख्या घट्दै छ तर हामी कहाँ थियौं र गलत नीतिले गर्दा कहाँ पुग्यौं ?’

चिकित्सक संघले पनि काठमाडौंलगायत देशभर कोभिड संक्रमित बिरामीहरूको उपचारका लागि अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजन र रेमडेसिभिरलगायत अत्यावश्यक औषधिहरूको अभावका कारण संक्रमितहरू सडकमा भौंतारिन बाध्य भएको जनाउँदै सहज उपलब्धताको माग गरेको छ ।

सरकारले काठमाडौंको कोभिड संक्रमणविरुद्घ चाँडै स्मार्ट एक्सन नलिए यसको प्रसार देशभरि हुने र थेग्न नसकिने अवस्था आउने विज्ञहरूले चेतावनी दिएका छन् । ‘अब सरकारले स्वास्थ्य उपचारको स्रोत र साधनलाई पाँच गुणा नबढाए भयावह अवस्था निम्तिन्छ,’ डा. कार्कीले भने, ‘बेड नपाएर घरकै आइसोलेसनमा, सडकमा भौंतारिएर संक्रमितहरू मर्न थाले ।’ विज्ञहरूले राजधानीमा कम्तीमा १० हजार जनालाई पुग्ने आइसोलेसन सेन्टर स्थापनासँगै, एउटा ठूलो अस्पताल र मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिए मात्र आइसोलेसन
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड–१९ बिरामीहरूका उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताएका हुन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x