पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मेहनत गरे, स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ । पछिल्लो समय व्यावसायिक कृषिमा लागेर युवा पुस्ताले विदेशमा जस्तै गाउँमै कमाइ गर्न थालेका छन् । कृषि र पोल्ट्री व्यवसाय अहिले युवाको रोजाइँमा परेको छ ।
कुखुरा विस्तारसँगै पोल्ट्री व्यवसायमा युवा आकर्षित भएको देखिन्छ । भारतबाट कुखुरा र चल्ला आयातमा सरकारले रोक लगाएर सहयोग पुर्याइदिएको छ । विदेशमा गर्ने मेहनत स्वदेशमै गर्छु भनेर पोल्ट्री व्यवसायमा हात हालेर विभिन्न ठक्कर खाँदै जमेका युवा हुन् बुटवलका राजुप्रसाद थारू ।
रोजगारीको सिलसिलामा ३ वर्ष साउदी अरब र ३ वर्ष मलेसियामा काम गरेर फर्किएका विपन्न परिवारका राजुले बुटवल उपमहानगरपालिका–१६ सेमलारमा व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । चौधरी कृषि फार्म एण्ड ह्याचरी उद्योग सञ्चालन गरेका थारुले विदेशभन्दा राम्रो कमाइ गरेर परिवारसँगै रमाएका छन् ।
राजु विदेशमा रहँदा सवारी चालकको रूपमा काम गरेका थिए । आम्दानी पनि राम्रै थियो । मासिक १ लाख रुपैयाँसम्म कमाइहुन्थ्यो । ऊर्जाशील समय विदेशमा बिताएपछि राजुलाई लाग्यो, अर्काको मुलुकमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा गएर मेहनत गर्छु । त्यसपछि राजुले आफ्नो सबै सोच परिवर्तन गरेर नेपाल फर्किए । बुटवल शहर नजिकै सेमलारमा आफ्नै प्रशस्त जग्गा थियो ।
विदेशबाट फर्किएपछि शुरूका २–३ वर्ष अन्य काम थालेका उनी त्यसबाट सन्तुष्ट भएनन् । त्यसपछि राजुले कुखुरा पाल्ने सोच बनाए । २०७२ सालमा आधुनिक खोर बनाएर लेयर्स (अण्डा दिने) कुखुरापालन शुरू गरे उनले ।
शुरूआतमा १ हजार लेयर्स कुखुरा फर्ममा राखेका राजुलाई पहिलो लटमै अण्डामा राम्रो उत्पादन हुन थाल्यो । आम्दानी बढ्दै गयो । व्यवसायबाट हौसिएका उनले त्यसको २ वर्षपछि थप २ हजार कुखुरा थपे ।
कुखुरा थप गर्नासाथ राजुलाई विपत्ति आइलाग्यो । कुखुरा थप हुनासाथ फर्ममा रानीखेत रोगले संक्रमण भयो । दैनिक रूपमा कुखुरा मर्दै जान थाले । बाँचेका कुखुराले पनि अण्डा उत्पादन गर्न सकेनन् । कुखुरा बचाउने अनेकन प्रयास गर्दागर्दै पनि २०७५ सालमा खोर नै रित्तियो ।
३० लाख रुपैयाँ लगानी गरेर लेयर्स कुखुरापालन गरेका राजुले ३ वर्षमा लगानी उठाउन सकेनन् । तर थारूले हिम्मत भने हारेनन् । लेयर्सबाट घाटा भए पनि लोकल कुखुरापालन गरेर घाटाको पूर्ति गर्ने योजना बनाए उनले । अनि पुनः फार्मको विस्तारमा लागे । त्यसपछि लोकल कुखुरापालन शुरू गरे । फर्ममा लगानी बढाए । ५८ लाख रुपैयाँको खोर मात्र बनाए ।
सेमलारमा रहेको आफ्नै २८ कठ्ठा जग्गामध्ये थारूले १३ कठ्ठामा फार्म विस्तार गरिसकेका छन् । हाल फार्ममा १ हजार ७०० लोकल कुखुरा, गिरिराज (अण्डा र मासु दुवै प्रयोजनका लागि पालिने कुखुरा) ४००, हाँस ३०० र ५० वटा कडकनाथ कुखुरा रहेका छन् । कुखुरापालन फस्टाएर राम्रो कमाइ हुन थालेपछि राजुले आफैं ह्याचरी गरी चल्ला समेत बिक्री थालेका छन । २ वटा ह्याचरी मशिन ल्याएर चल्ला उत्पादन गरी बिक्री पनि बढाउँदै लगेका छन् ।
फर्ममा बट्टाईको अण्डा पनि ह्याचरी गरेर चल्ला निकाल्ने गरिएको छ । हाँसको अण्डा ह्याचरी गर्न नमिल्ने भएकाले आफैं कोरल्ने र चल्ला बिक्री गर्ने गरेको राजु बताउँछन् ।
मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका राजुले फर्मलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएका छन् । राजुलाई व्यवसायमा सघाइरहेका छन् पत्नी मञ्जु, छोरा रवि र छोरी लक्ष्मीले । कुखुराकै आम्दानीबाट राजुले छोरा रविलाई रेडियोलोजिस्ट बनाएका छन् । राजुको मेहनत देखेर अहिले सबै छक्क मात्र परेका छैनन्, विदेशमा गर्ने मेहनत आफ्नै भूमिमा गर्दा राम्रो आम्दामी समेत गर्न सकिने शिक्षा लिएका छन् । राजु भन्छन्, ‘व्यवसायमा लगनशिलता, ध्यान र निपूर्णता भए नेपालमा पैसाको चिन्ता हुँदैन ।’
कुखुरालाई आवश्यक पर्ने दाना राजु आफैंले तयार गर्दै आएका छन् । गहुँ, धान, मकै मिश्रित दानाका लागि वार्षिक ३५ क्वीन्टल गहुँ खरिद गर्ने गरेको राजु बताउँछन् । पछिल्लो समय कडकनाथ कुखुराको माग बढी भएकाले कडकनाथलाई थप गर्ने योजना राजुको छ । राजुले हप्तामा ५० वटा मात्र चल्ला ह्याचरी गर्न सकिएकाले थप चल्ला निकाल्ने योजना बनाएको बताए । त्यसरी ह्याचरी गरी निस्कने चल्ला प्रतिगोटा २५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । आफ्ना प्रतिस्पर्धीप्रति चलाखी, कसरी बिक्री वितरण गर्दा व्यवसायलाई अगाडि बढाउन सकिन्छ भनेर ध्यान दिनुपर्ने थारूको सुझाव छ ।
सुत्केरीका लागि कडकनाथको मासु रोजाइमा पर्छ । अहिले ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म प्रतिगोटा कडकनाथको बिक्री हुने गर्छ । बट्टाईको पनि बजारमा माग बढेको राजुको भनाइ छ । घरमा सोखका लागि पनि पाल्ने भएकाले यसको माग बढेको राजु बताउँछन् ।
सानो स्थानमा पाल्न सकिने भएकाले पनि यसको माग बढेको उनले बताए । ३७ दिनमै तयार हुने बट्टाई ४५ दिनमा अण्डा दिन थाल्ने गर्छ । हाल राजुले बट्टाईको अण्डा १० रुपैयाँ, ४० रुपैयाँको चल्ला र खान मिल्ने बट्टाईलाई २०० प्रतिगोटामा बिक्री गर्दै आएका छन् । अहिले राजुले चल्ला र कुखुरा बिक्रीका लागि बजारको भने समस्या नभएको बताए । अहिले राजुको फार्ममै स्थानीय व्यापारी नियमित रूपमा कुखुरा र चल्ला खरिदका लागि आउने गर्छन् । बुटवल, भैरहवा, सैनामैना, लुम्बिनीका स्थानीय व्यापारीले फर्ममै आएर कुखुरा लैजान्छन् ।
वास्तविक कृषकले सरकारबाट अनुदान नपाएको गुनासो राजुको छ । स्थानीय सरकारले आफ्नै तह भित्रको फार्मलाई प्रोत्साहन गर्नुको साटो हतोत्साही गर्ने गरेको उनी बताउँछन् । नगरपालिकाबाट वितरण गरिने अनुदान पनि खास कृषकभन्दा पनि नेताको अघि–पछि गर्नेले बढी पाउने गरेको उनको भनाइ छ । ‘सरकारले दिने अनुदानलाई पारदर्शी ढंगले उत्पादनमा आधारित रहेर दिनुपर्छ । अनुदानका साथसाथै बजारीकरणमा सहयोग गर्नुपर्ने हुन्छ,’ उनले भने ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...