‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टरसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्टर मार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।


Advertisement

कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पूर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन । 

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्भिस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ ।


Advertisement

फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्