×

NMB BANK
NIC ASIA

स्याफ्रु – मैलुङ राजमार्गमा सुधारको काम अगाडि बढ्यो

कात्तिक १, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु – मैलुङ राजमार्गमा  सुधारका  काम अगाडि बढेको छ ।

Muktinath Bank

अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस नियन्त्रणको मापदण्ड पूरा गरी केही  उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियमानुसार निर्माण व्यवसायी कम्पनी छनोट गर्ने काम सम्पन्न भई गत भदौदेखि स्थलगत रूपमा राजमार्ग सुधारको काम  अगाडि बढेको प्राविधिकहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुधारका काम सम्पन्न गराउन भारतीय कन्स्ट्रक्सन  कम्पनी तथा सिद्धि शाही जेभीलाई जिम्मा दिइएको छ ।

Vianet communication
Laxmi Bank

रू एक अर्ब ४५ करोडका लागतमा सम्पन्न हुने राजमार्गको सतह ११ मिटर फराकिलो हुने छ । सुधारको काम  ३० महिनाभित्र  सम्पन्न गर्न  आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता  भइसकेको बताइएको छ  ।

नेपाल–चीनबीच व्यापारिक कारोेवार गर्ने एक मात्र नेपालको जेठो उत्तरीनाका रसुवागढीको व्यवस्थापनअन्तर्गत गल्छीदेखि रसुवागढीसम्म डबल लेनको  राजमार्गका पूरै भागमा  सुधारको काम भइरहेको प्राविधिक हरूले जानकारी दिएका छन् ।

भौगोलिक कठिनाइ भएका स्थानमा नेपाली सेनाले डबल लेनको ट्रयाक निर्माण गरी रक्षामन्त्री ईश्वर पोखरेलमार्फत सडक विभागमातहतको  सुधार  आयोजनालाई हस्तान्तरण भएको थियो ।

उक्त राजमार्गमा थप मर्मत सुधार एवं कालोपत्र गर्ने काम सम्पन्न भएपछि सामान आयातनिर्यातमा अन्यन्तै सरलता आउने व्यापारी व्यवसायीले  बताएका छन् ।

धादिङको गल्छीदेखि नुवाकोटको  देवीघाट, ढुङ्गे र  बेत्रावती, रसुवाको मैलुङ,  स्याफ्रुबेँसी हुँदै  रसुवागढी अन्तरराष्ट्रिय सिमानासम्म  ८५ किमी  दूरी छ ।  राजमार्गमा निर्माण गर्नुपर्ने ३२ सानाठूला  पक्की पुलमध्ये  तीन वटाको काम ९० प्रतिशत र  आठ वटाको काम करीब ५० प्रतिशत  भइसकेको छ । निर्माण गर्न बाँकी २१  पुलको भने निर्माण कम्पनी  नियुक्तिका लागि  कानूनी प्रक्रिया अगाडि बढिरहेको प्राविधिकले जनाएका छन् । 

बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै  स्याफ्रुबेँसीसम्म  ५४ किमी तथा बेत्रावती– मैलुङतर्फको दूरी २९ किमी छ । 

नदी किनारबाट निर्माण भएको राजमार्ग  उकालोओरालोरहित भएकाले मोटर गुडाउन  सजिलो  र दुर्घटनामा समेत न्यूनीकरण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
यस्तै मैलुङतर्फको राजमार्गमा सुधार अगाडि बढेको र  आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

गाउँगाउँमा यातायात सञ्चालन

बाढीपहिराका कारण अवरूद्व ग्रामीण सडक पुनःसञ्चालनमा आएको छ । स्काभेटरको सहायताले उत्तरगया, नौकुण्ड  र कालिका गाउँपालिका अन्तर्गतका करीब १७० किमी  सडक सञ्चालनमा आइसकेका छन् । ग्रामीण सडक पुनः सञ्चालनमा आएसँगै अत्यावश्यक खाद्य  सामग्री ढुवानी र बिरामी अस्पताल लान सहज भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।

गत साउन तथा भदौमा परेको अविरल वर्षाले अवरूद्व गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका ग्रामीण सडकसमेत पुनः सञ्चालनमा ल्याउन काम अगाडि बढिरहेको  बताइएको छ ।

नौकुण्ड गाउँपालिकाका यार्सा, पारच्याङ,  सरमथली, सिङ्बन्दी, सरसिउँ र  भोर्लेसम्मका  आफ्ना आधार इलाका क्षेत्रको छ वटा वडाका सडकमा आएका पहिरो हटाई सवारी साधन सञ्चालन गराउन रू ३२ लाख खर्च भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घलेले जानकारी दिए ।

कालिका गाउँपालिकाले भने राम्चेको पलेप, धारापानीदेखि भदौरे हुँदै ज्याङ्लाङ, धारापानी, कुडुल्ले, घुम्ती बजार, धोबीखोला र जिबजिबे ग्रामीण सडक सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष सीता पौडेलले ग्रामीण सडकका ससाना पहिरो पन्छाउन गाउँपालिकाकै स्वामित्वमा रहेको सानो डोजर परिचालन गरिएको र ठूलाखाले पहिरो पन्छाउन ठूलै क्षमताको डोजर भाडामा ल्याई प्रयोग गरिएको राससलाई बताए। सोका लागि करीब १० लाख लाग्ने जनाइएको छ ।

उत्तरगया गाउँपालिकाको सडक सुधारका लागि रू १५ लाख विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले वर्षा याममा क्षति भएका अधिकांश ग्रामीण सडक सञ्चालनमा आइसकेको जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने रोङ्गादेखि थुमन एवं सानो भार्खुदेखि ठूलो स्याफ्रुसम्मको सडक मर्मतको काम अगाडि बढिसकेको बताए। गाउँपालिका क्षेत्रमा रहेको करीब ४५ किमी ग्रामीण सडक चारपाँच दिनभित्र सञ्चालनमा ल्याइसकिने छ ।  काम सम्पन्न गराउन रू १५ लाख खर्च हुने अनुमान गरिएको  अध्यक्ष तामाङले जानकारी दिए । आमाछोदिङ्मो गाउँपालिकाको  विवरण भने आउन बाँकी  छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x